World English Bible

Nepali

Isaiah

42

1“Behold, my servant, whom I uphold; my chosen, in whom my soul delights— I have put my Spirit on him. He will bring justice to the nations.
1“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।
2He will not shout, nor raise his voice, nor cause it to be heard in the street.
2उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्।
3He won’t break a bruised reed. He won’t quench a dimly burning wick. He will faithfully bring justice.
3ऊ भद्र हुनेछ। उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।
4He will not fail nor be discouraged, until he has set justice in the earth, and the islands will wait for his law.”
4उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर हुने छैन। नत शिथिल नै हुने छ। अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।
5Thus says God Yahweh, he who created the heavens and stretched them out, he who spread out the earth and that which comes out of it, he who gives breath to its people and spirit to those who walk in it.
5परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।
6“I, Yahweh, have called you in righteousness, and will hold your hand, and will keep you, and make you a covenant for the people, as a light for the nations;
6“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।
7to open the blind eyes, to bring the prisoners out of the dungeon, and those who sit in darkness out of the prison.
7तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।
8“I am Yahweh. That is my name. I will not give my glory to another, nor my praise to engraved images.
8“म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन जुन मेरो हुनुपर्नेछ।
9Behold, the former things have happened, and I declare new things. I tell you about them before they come up.”
9शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”
10Sing to Yahweh a new song, and his praise from the end of the earth, you who go down to the sea, and all that is therein, the islands and their inhabitants.
10परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
11Let the wilderness and its cities raise their voices, with the villages that Kedar inhabits. Let the inhabitants of Sela sing. Let them shout from the top of the mountains!
11मरूभूमि र शहरहरू, केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर। सेलामा बस्ने मानिसहरू, खुशीको गीत गाओ। तिम्रो पर्वतको चुचुरा देखि गाओ।
12Let them give glory to Yahweh, and declare his praise in the islands.
12परमप्रभुलाई महिमा प्रदान गर, सबैले उहाँको प्रशंसा गर, जो टाढा टाढामा छन्।
13Yahweh will go out like a mighty man. He will stir up zeal like a man of war. He will raise a war cry. Yes, he will shout aloud. He will triumph over his enemies.
13परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ। उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साह्रै उत्तेजित हुनुहुनेछ। उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।
14“I have been silent a long time. I have been quiet and restrained myself. Now I will cry out like a travailing woman. I will both gasp and pant.
14“धेरै लामो समय देखि मैले केही पनि भनेको छैन्। मैले स्वयलाई नै नियन्त्रण गरें अनि केही पनि भनिनँ। तर अब म शिशुलाई जन्म दिइरहेकी स्त्री जस्तै कराउनेछु म तेज जबरजस्ती गरेर सास फेर्नेछु।
15I will destroy mountains and hills, and dry up all their herbs. I will make the rivers islands, and will dry up the pools.
15म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु म त्यहाँ उम्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु। म नदीहरूलाई सुक्खा धर्तीमा परिर्वतन गर्नेछु। म पानीका इनारहरू पनि सुकाइदिनेछु।
16I will bring the blind by a way that they don’t know. I will lead them in paths that they don’t know. I will make darkness light before them, and crooked places straight. I will do these things, and I will not forsake them.
16तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।
17“Those who trust in engraved images, who tell molten images, ‘You are our gods’ will be turned back. They will be utterly disappointed.
17तर कतिपय मानिसहरूले मलाई पछ्याउन छाडे। ती मानिसहरूसँग मूर्तिहरू छन् जुन सुनै सुनले ढाकिएको छ। तिनीहरूले ती झूटा मूर्तिहरूलाई, ‘तपाईं मेरो देवताहरू हुनुहुन्छ’ भन्छन्। ती मानिसहरू आफ्ना झूटा देवताहरूमा भरोसा गर्छन् तर ती मानिसहरू निराश हुनेछन्।
18“Hear, you deaf, and look, you blind, that you may see.
18“हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ! हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।
19Who is blind, but my servant? Or who is as deaf as my messenger whom I send? Who is as blind as he who is at peace, and as blind as Yahweh’s servant?
19सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्। सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ। जोसँग मैले करार गरे-परमप्रभुको दास उ अत्यन्त अन्धो छ।
20You see many things, but don’t observe. His ears are open, but he doesn’t listen.
20मरो दासले निकै हेर्छ तर उसले मेरो आज्ञा पालन गर्दैन्। उसले आफ्नो कानले सुन्न सक्छ तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”
21It pleased Yahweh, for his righteousness’ sake, to magnify the law, and make it honorable.
21परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ। परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।
22But this is a robbed and plundered people. All of them are snared in holes, and they are hidden in prisons. They have become a prey, and no one delivers; and a spoil, and no one says, ‘Restore them!’
22तर मानिसहरूमा हेर! अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे। सारा जवान मानिसहरू डराएका छन्। तिनीहरू झ्यालखानामा बन्द छन्, मानिसहरूले तिनीहरूका रूपिया पैसा लगेर गए अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन। अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए। “यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।
23Who is there among you who will give ear to this? Who will listen and hear for the time to come?
23के तिमीहरू मध्ये कसैले पनि परमेश्वरका वचनहरूमा ध्यान दियौ? अहँ! तर तिमीहरूले उहाँको वचनहरूलाई अत्यन्त गहिरो प्रकारले ध्यान दिनुपर्छ अनि के हुने हो भन्ने कुरा सोच्नुपर्छ।
24Who gave Jacob as plunder, and Israel to the robbers? Didn’t Yahweh, he against whom we have sinned? For they would not walk in his ways, and they disobeyed his law.
24याकूब र इस्राएलबाट धन लिनलाई कसले मानिसहरूलाई लगायो? परमप्रभुले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनु भयो! हामीले परमेश्वरको विरूद्धमा पाप गर्यौं। यसैकारण परमप्रभुले मानिसहरूलाई हाम्रो धन-सम्पत्ति लैजाने अनुमति दिनु भयो। इस्राएलका मानिसहरूले परमप्रभुले चाहनु भएको बाटोमा बाँच्न चाहेनन्। इस्राएलका मानिसहरूले उहाँको व्यवस्थाहरू सुन्न रूचाएनन्।
25Therefore he poured the fierceness of his anger on him, and the strength of battle; and it set him on fire all around, but he didn’t know; and it burned him, but he didn’t take it to heart.”
25यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विरूद्ध शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो। तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहेनन्।