World English Bible

Nepali

Isaiah

54

1“Sing, barren, you who didn’t bear; break forth into singing, and cry aloud, you who did not travail with child: for more are the children of the desolate than the children of the married wife,” says Yahweh.
1ए बाँझी स्त्रीहरू हो, खुशी होऊ! तिमीहरूका नानीहरू छैनन्, तर तिमीहरू खुशी हुनुपर्छ। परमप्रभु भन्नुहुन्छ, “त्यो स्त्री जो एक्लै छे, लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।”
2“Enlarge the place of your tent, and let them stretch forth the curtains of your habitations; don’t spare: lengthen your cords, and strengthen your stakes.
2तिमीहरूका डेरालाई ठूलो बनाऊ, तिमीहरूका ढोकाहरू फराकिलो पार। तिमीहरूको घर बढाउन नरोक। तिम्रा डेरा ठूलो र बलियो बनाऊ।
3For you shall spread out on the right hand and on the left; and your seed shall possess the nations, and make the desolate cities to be inhabited.
3किन? किनभने तिमीहरू एकदम बडी हाल्नेछौ। तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्, तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए।
4“Don’t be afraid; for you shall not be ashamed: neither be confounded; for you shall not be disappointed: for you shall forget the shame of your youth; and the reproach of your widowhood you shall remember no more.
4नडराऊ! तिमीहरू निराश हुनेछैनौ। मानिसहरूले तिमीहरूको विरूद्ध अनिष्ट कुराहरू गर्ने छैनन्। जब तिमीहरू जवान थियौ, तिमीहरू लज्जित थियो। तर तिमीहरूले अहिले त्यो लाज बिर्सयौ। तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ। तिमीहरूले व्यक्त गर्यौ जतिबेला तिमीहरूका लोग्ने मेर।
5For your Maker is your husband; Yahweh of Armies is his name: and the Holy One of Israel is your Redeemer; the God of the whole earth shall he be called.
5किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
6For Yahweh has called you as a wife forsaken and grieved in spirit, even a wife of youth, when she is cast off,” says your God.
6तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो। परमेश्वरको विषयमा तिमी तिम्रो अन्तर आत्मामा एकदमै दुखित थियौ, तर उहाँले तिमीलाई आफ्नो बनाउन बोलाउनु भयो। तिमी त्यस्ती आइमाई हौ जसले सानो उमेरमा विवाह गरेकी थिई। अनि उसको लोग्नेले परित्याग गरेको थियो। तर परमेश्वरले तिमीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।
7“For a small moment have I forsaken you; but with great mercies will I gather you.
7परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ। तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु।
8In overflowing wrath I hid my face from you for a moment; but with everlasting loving kindness will I have mercy on you,” says Yahweh your Redeemer.
8म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके। तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
9“For this is like the waters of Noah to me; for as I have sworn that the waters of Noah shall no more go over the earth, so have I sworn that I will not be angry with you, nor rebuke you.
9परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”
10For the mountains may depart, and the hills be removed; but my loving kindness shall not depart from you, neither shall my covenant of peace be removed,” says Yahweh who has mercy on you.
10परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्, अनि डाँडाहरू धूलो हुनसक्छन्, तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्। म तिमीहरूसँग शान्ति कायम गर्नेछु अनि यसको कहिल्यै अन्त हुनेछैन्।” परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ। अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।
11“You afflicted, tossed with storms, and not comforted, behold, I will set your stones in beautiful colors, and lay your foundations with sapphires.
11तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
12I will make your pinnacles of rubies, and your gates of sparkling jewels, and all your walls of precious stones.
12भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जडनेछु।
13All your children shall be taught of Yahweh; and great shall be the peace of your children.
13तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्। अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
14In righteousness you shall be established: you shall be far from oppression, for you shall not be afraid; and from terror, for it shall not come near you.
14तिमी धार्मिकतामाथि निर्माण हुनेछौ। यसैले तिमी सुरक्षित हुनेछौ। केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्। तिमी डराई रहनु पर्नेछैन्।
15Behold, they may gather together, but not by me: whoever shall gather together against you shall fall because of you.
15मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन। यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ।
16“Behold, I have created the smith who blows the fire of coals, and brings forth a weapon for his work; and I have created the waster to destroy.
16हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।
17No weapon that is formed against you will prevail; and you will condemn every tongue that rises against you in judgment. This is the heritage of the servants of Yahweh, and their righteousness which is of me,” says Yahweh.
17मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।” परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।”