World English Bible

Nepali

Isaiah

65

1“I am inquired of by those who didn’t ask; I am found by those who didn’t seek me: I said, See me, see me, to a nation that was not called by my name.
1परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरे जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’
2I have spread out my hands all the day to a rebellious people, who walk in a way that is not good, after their own thoughts;
2“म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।
3a people who provoke me to my face continually, sacrificing in gardens, and burning incense on bricks;
3ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्।
4who sit among the graves, and lodge in the secret places; who eat pig’s flesh, and broth of abominable things is in their vessels;
4ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुंगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्।
5who say, Stand by yourself, don’t come near to me, for I am holier than you. These are a smoke in my nose, a fire that burns all the day.
5“तर ती मानिसहरूले अरूलाई भन्दछन, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारूञ्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”
6“Behold, it is written before me: I will not keep silence, but will recompense, yes, I will recompense into their bosom,
6“हेर, यहाँ एक हिसाब छ त्यो तिर्नै पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउछ। यो हिसाब नतिरूञ्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु।
7your own iniquities, and the iniquities of your fathers together,” says Yahweh, “who have burned incense on the mountains, and blasphemed me on the hills; therefore will I first measure their work into their bosom.”
7“तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”
8Thus says Yahweh, “As the new wine is found in the cluster, and one says, ‘Don’t destroy it, for a blessing is in it:’ so will I do for my servants’ sake, that I may not destroy them all.
8परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंश पार्ने छैन।
9I will bring forth a seed out of Jacob, and out of Judah an inheritor of my mountains; and my chosen shall inherit it, and my servants shall dwell there.
9म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ।
10Sharon shall be a fold of flocks, and the valley of Achor a place for herds to lie down in, for my people who have sought me.
10तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।
11“But you who forsake Yahweh, who forget my holy mountain, who prepare a table for Fortune, and who fill up mixed wine to Destiny;
11“तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।
12I will destine you to the sword, and you shall all bow down to the slaughter; because when I called, you didn’t answer; when I spoke, you didn’t listen; but you did that which was evil in my eyes, and chose that in which I didn’t delight.”
12तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”
13Therefore thus says the Lord Yahweh, “Behold, my servants shall eat, but you shall be hungry; behold, my servants shall drink, but you shall be thirsty; behold, my servants shall rejoice, but you shall be disappointed;
13यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।
14behold, my servants shall sing for joy of heart, but you shall cry for sorrow of heart, and shall wail for anguish of spirit.
14मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दुखले रूनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दुखी छौ।
15You shall leave your name for a curse to my chosen; and the Lord Yahweh will kill you; and he will call his servants by another name:
15तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ।” परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले डाक्नु हुन्छ।
16so that he who blesses himself in the earth shall bless himself in the God of truth; and he who swears in the earth shall swear by the God of truth; because the former troubles are forgotten, and because they are hidden from my eyes.
16अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशिर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ उहाँको नाउँमा आशिर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किन? किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।
17“For, behold, I create new heavens and a new earth; and the former things shall not be remembered, nor come into mind.
17“म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।
18But be you glad and rejoice forever in that which I create; for, behold, I create Jerusalem a rejoicing, and her people a joy.
18मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन् किन? किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।
19I will rejoice in Jerusalem, and joy in my people; and there shall be heard in her no more the voice of weeping and the voice of crying.
19तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्।
20“There shall be no more there an infant of days, nor an old man who has not filled his days; for the child shall die one hundred years old, and the sinner being one hundred years old shall be accursed.
20त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।
21They shall build houses, and inhabit them; and they shall plant vineyards, and eat their fruit.
21त्यस शहरमा, यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ।
22They shall not build, and another inhabit; they shall not plant, and another eat: for as the days of a tree shall be the days of my people, and my chosen shall long enjoy the work of their hands.
22कहिल्यै पनि एकजनाले घर बनाउने छैन अनि अर्को मानिस त्यसमा बस्ने छैन्। कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्। मेरा मानिसहरू रूखहरू बाचुञ्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्।
23They shall not labor in vain, nor bring forth for calamity; for they are the seed of the blessed of Yahweh, and their offspring with them.
23स्त्रीहरू मरेका नानी जन्माउनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। सारा मेरा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्।
24It shall happen that, before they call, I will answer; and while they are yet speaking, I will hear.
24तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।
25The wolf and the lamb shall feed together, and the lion shall eat straw like the ox; and dust shall be the serpent’s food. They shall not hurt nor destroy in all my holy mountain,” says Yahweh.
25ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।