1The word which came to Jeremiah from Yahweh, when king Zedekiah sent to him Pashhur the son of Malchijah, and Zephaniah the son of Maaseiah, the priest, saying,
1यर्मियाकहाँ परमप्रभुबाट आएको यो सन्देश हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए।
2Please inquire of Yahweh for us; for Nebuchadnezzar king of Babylon makes war against us: perhaps Yahweh will deal with us according to all his wondrous works, that he may go up from us.
2पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”
3Then Jeremiah said to them, You shall tell Zedekiah:
3तर यर्मियाले पशहूर र सपन्याहलाई भने। उनले भने, “राजा सिदकियाहलाई भन
4Thus says Yahweh, the God of Israel, Behold, I will turn back the weapons of war that are in your hands, with which you fight against the king of Babylon, and against the Chaldeans who besiege you, without the walls; and I will gather them into the midst of this city.
4यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु। “‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।
5I myself will fight against you with an outstretched hand and with a strong arm, even in anger, and in wrath, and in great indignation.
5म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु।
6I will strike the inhabitants of this city, both man and animal: they shall die of a great pestilence.
6म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा रूढीले मर्नेछन्।”‘
7Afterward, says Yahweh, I will deliver Zedekiah king of Judah, and his servants, and the people, even such as are left in this city from the pestilence, from the sword, and from the famine, into the hand of Nebuchadnezzar king of Babylon, and into the hand of their enemies, and into the hand of those who seek their life: and he shall strike them with the edge of the sword; he shall not spare them, neither have pity, nor have mercy.
7यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’
8To this people you shall say, Thus says Yahweh: Behold, I set before you the way of life and the way of death.
8“यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन। परमप्रभुले भन्नुहुन्छ ‘मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।
9He who remains in this city shall die by the sword, and by the famine, and by the pestilence; but he who goes out, and passes over to the Chaldeans who besiege you, he shall live, and his life shall be to him for a prey.
9ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफै सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।
10For I have set my face on this city for evil, and not for good, says Yahweh: it shall be given into the hand of the king of Babylon, and he shall burn it with fire.
10मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिन।”‘ यो परमप्रभुको सन्देश हो “‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’
11Touching the house of the king of Judah, hear the word of Yahweh:
11“यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन परमप्रभुका वचनहरूलाई महत्व देऊ।
12House of David, thus says Yahweh, Execute justice in the morning, and deliver him who is robbed out of the hand of the oppressor, lest my wrath go forth like fire, and burn so that none can quench it, because of the evil of your doings.
12हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’
13Behold, I am against you, O inhabitant of the valley, and of the rock of the plain, says Yahweh; you that say, Who shall come down against us? or who shall enter into our habitations?
13हे यरूशलेम! म तिम्रो विरूद्धमा छु। तिमी मैदानमा भञ्जयाङ माथिको पहाडमाथि बस्छौ। तिमी यरूशलेमका मानिसहरू भन्छौ, ‘कसैले तिमीहरूलाई आक्रमण गर्न र तिमीहरूको शक्तिशाली शहर जित्न सक्तैन।’ तर परमप्रभुबाट आएको वचनहरूलाई ध्यान देऊ।
14I will punish you according to the fruit of your doings, says Yahweh; and I will kindle a fire in her forest, and it shall devour all that is around her.
14‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘