1The word that came to Jeremiah concerning all the people of Judah, in the fourth year of Jehoiakim the son of Josiah, king of Judah (the same was the first year of Nebuchadnezzar king of Babylon),
1यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो वर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम वर्षमा भएको हो।
2which Jeremiah the prophet spoke to all the people of Judah, and to all the inhabitants of Jerusalem, saying:
2यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भने
3From the thirteenth year of Josiah the son of Amon, king of Judah, even to this day, these twenty-three years, the word of Yahweh has come to me, and I have spoken to you, rising up early and speaking; but you have not listened.
3यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ।
4Yahweh has sent to you all his servants the prophets, rising up early and sending them (but you have not listened, nor inclined your ear to hear)
4परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।
5saying, Return now everyone from his evil way, and from the evil of your doings, and dwell in the land that Yahweh has given to you and to your fathers, from of old and even forevermore;
5ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर।
6and don’t go after other gods to serve them or worship them, and don’t provoke me to anger with the work of your hands; and I will do you no harm.
6अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रीस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोक्सान गर्नेछु।”
7Yet you have not listened to me, says Yahweh; that you may provoke me to anger with the work of your hands to your own hurt.
7परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तैजित पार्यौ अनि आफैमा नोक्सान ल्यायौ।”
8Therefore thus says Yahweh of Armies: Because you have not heard my words,
8यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले,
9behold, I will send and take all the families of the north, says Yahweh, and I will send to Nebuchadnezzar the king of Babylon, my servant, and will bring them against this land, and against its inhabitants, and against all these nations around; and I will utterly destroy them, and make them an astonishment, and a hissing, and perpetual desolations.
9यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”
10Moreover I will take from them the voice of mirth and the voice of gladness, the voice of the bridegroom and the voice of the bride, the sound of the millstones, and the light of the lamp.
10म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।
11This whole land shall be a desolation, and an astonishment; and these nations shall serve the king of Babylon seventy years.
11त्यो सम्पूर्ण क्षेत्र नै मरूभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी वर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।
12It shall happen, when seventy years are accomplished, that I will punish the king of Babylon, and that nation, says Yahweh, for their iniquity, and the land of the Chaldeans; and I will make it desolate forever.
12“तर सत्तरी वर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु। यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।
13I will bring on that land all my words which I have pronounced against it, even all that is written in this book, which Jeremiah has prophesied against all the nations.
13मैले त्यस देशको विषयमा जे भनेकोछु र यर्मियाले विरोधमा यसको जे अगमवाणी गरेकोछ अनि पुस्तकमा जे लखिएकोछ म त्यो देशकोको विरूद्ध सबै ल्याउनेछु।
14For many nations and great kings shall make bondservants of them, even of them; and I will recompense them according to their deeds, and according to the work of their hands.
14बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”
15For thus says Yahweh, the God of Israel, to me: take this cup of the wine of wrath at my hand, and cause all the nations, to whom I send you, to drink it.
15परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।
16They shall drink, and reel back and forth, and be mad, because of the sword that I will send among them.
16तिनीहरूले यो पिउनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”
17Then took I the cup at Yahweh’s hand, and made all the nations to drink, to whom Yahweh had sent me:
17यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए।
18Jerusalem, and the cities of Judah, and its kings, and its princes, to make them a desolation, an astonishment, a hissing, and a curse, as it is this day;
18मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरूभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
19Pharaoh king of Egypt, and his servants, and his princes, and all his people;
19मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसहरू,
20and all the mixed people, and all the kings of the land of the Uz, and all the kings of the Philistines, and Ashkelon, and Gaza, and Ekron, and the remnant of Ashdod;
20अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै
21Edom, and Moab, and the children of Ammon;
21अनि एदोम, मोआब र अम्मोनिहरूका सबै राजाहरू पनि गाभिन्छन्, सबैलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
22and all the kings of Tyre, and all the kings of Sidon, and the kings of the isle which is beyond the sea;
22मैले सोर र सीदोनका सबै राजाहरू अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए।
23Dedan, and Tema, and Buz, and all who have the corners of their beard cut off;
23ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए।
24and all the kings of Arabia, and all the kings of the mixed people who dwell in the wilderness;
24मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरूभूमिमा बस्छन्,
25and all the kings of Zimri, and all the kings of Elam, and all the kings of the Medes;
25जिम्री, एलाम र मादैका सारा राजाहरूलाई पनि यो पिउन लगाँए।
26and all the kings of the north, far and near, one with another; and all the kingdoms of the world, which are on the surface of the earth: and the king of Sheshach shall drink after them.
26मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका” राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।
27You shall tell them, Thus says Yahweh of Armies, the God of Israel: Drink, and be drunk, vomit, fall, and rise no more, because of the sword which I will send among you.
27“यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’
28It shall be, if they refuse to take the cup at your hand to drink, then you shall tell them, Thus says Yahweh of Armies: You shall surely drink.
28“ती मानिसहरूले तिम्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ।
29For, behold, I begin to work evil at the city which is called by my name; and should you be utterly unpunished? You shall not be unpunished; for I will call for a sword on all the inhabitants of the earth, says Yahweh of Armies.
29मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।”‘ यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।
30Therefore prophesy you against them all these words, and tell them, Yahweh will roar from on high, and utter his voice from his holy habitation; he will mightily roar against his fold; he will give a shout, as those who tread grapes, against all the inhabitants of the earth.
30“यर्मिया! तिनीहरूलाई भन्छन् ‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ। उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ। परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ। उहाँ दाखरस बनाउनेले अङ्गुर किच्चाउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ। ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।
31A noise shall come even to the end of the earth; for Yahweh has a controversy with the nations; he will enter into judgment with all flesh: as for the wicked, he will give them to the sword, says Yahweh.
31त्यो हल्लाको प्रतिध्वनि पृथ्वीको आखिर सम्म पुग्छ। पृथ्वीका मानिसहरूका विरूद्धमा परमप्रभुको एउटा अभियोग छ। उहाँले मानिसहरूलाई न्याय र दुष्टहरूलाई तरवारले मार्नु हुनेछ।”‘ परमप्रभु भन्नुहुन्छ।
32Thus says Yahweh of Armies, Behold, evil shall go forth from nation to nation, and a great storm shall be raised up from the uttermost parts of the earth.
32यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “हेर, महा सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”
33The slain of Yahweh shall be at that day from one end of the earth even to the other end of the earth: they shall not be lamented, neither gathered, nor buried; they shall be dung on the surface of the ground.
33परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।
34Wail, you shepherds, and cry; and wallow in dust, you principal of the flock; for the days of your slaughter and of your dispersions are fully come, and you shall fall like a goodly vessel.
34हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।
35The shepherds shall have no way to flee, nor the principal of the flock to escape.
35गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्। बथानका मालिकहरूले भाग्न सक्तैनन्।
36A voice of the cry of the shepherds, and the wailing of the principal of the flock! for Yahweh lays waste their pasture.
36म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू र बथानका मलिकहरूका चित्कार सुन्छु। परमप्रभुले तिनीहरूको र्खक नै ध्वंस पार्नु भयो।
37The peaceable folds are brought to silence because of the fierce anger of Yahweh.
37शान्तमय र्खकहरू नष्ट गरिए। परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो।
38He has left his covert, as the lion; for their land has become an astonishment because of the fierceness of the oppression, and because of his fierce anger.
38परमप्रभु हिसंक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ। परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।