1“They say, ‘If a man puts away his wife, and she goes from him, and become another man’s, will he return to her again?’ Wouldn’t that land be greatly polluted? But you have played the prostitute with many lovers; yet return again to me,” says Yahweh.
1“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।
2“Lift up your eyes to the bare heights, and see! Where have you not been lain with? You have sat for them by the ways, as an Arabian in the wilderness. You have polluted the land with your prostitution and with your wickedness.
2“माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरूभूमिमा फिरन्ते झैं आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि “दूषित” पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।
3Therefore the showers have been withheld, and there has been no latter rain; yet you have a prostitute’s forehead, you refused to be ashamed.
3तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
4Will you not from this time cry to me, ‘My Father, you are the guide of my youth?’
4तर अहिले तिमीले मलाई पुकारिरहेछौ, ‘पिता’ तिमीले भन्यौ, ‘तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।’
5“‘Will he retain his anger forever? Will he keep it to the end?’ Behold, you have spoken and have done evil things, and have had your way.”
5तिमीले पनि भन्यौ, ‘परमेश्वर मसित सधैं क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”
6Moreover, Yahweh said to me in the days of Josiah the king, “Have you seen that which backsliding Israel has done? She has gone up on every high mountain and under every green tree, and there has played the prostitute.
6योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
7I said after she had done all these things, ‘She will return to me;’ but she didn’t return; and her treacherous sister Judah saw it.
7मैले आफैलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बाहिनी यहूदाले देखी।
8I saw, when, for this very cause that backsliding Israel had committed adultery, I had put her away and given her a bill of divorce, yet treacherous Judah, her sister, didn’t fear; but she also went and played the prostitute.
8इस्राएल अविश्वासी थिए अनि तिनले चाल पाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चाल पाइ कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं कर्म गर्नु लागि।
9It happened through the lightness of her prostitution, that the land was polluted, and she committed adultery with stones and with stocks.
9यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।
10Yet for all this her treacherous sister, Judah, has not returned to me with her whole heart, but only in pretense,” says Yahweh.
10इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।
11Yahweh said to me, “Backsliding Israel has shown herself more righteous than treacherous Judah.
11परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।
12Go, and proclaim these words toward the north, and say, ‘Return, you backsliding Israel,’ says Yahweh; ‘I will not look in anger on you; for I am merciful,’ says Yahweh. ‘I will not keep anger forever.
12यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर ‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।
13Only acknowledge your iniquity, that you have transgressed against Yahweh your God, and have scattered your ways to the strangers under every green tree, and you have not obeyed my voice,’ says Yahweh.”
13तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।
14“Return, backsliding children,” says Yahweh; “for I am a husband to you. I will take you one of a city, and two of a family, and I will bring you to Zion.
14“हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।
15I will give you shepherds according to my heart, who shall feed you with knowledge and understanding.
15तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्।
16It shall come to pass, when you are multiplied and increased in the land, in those days,” says Yahweh, “they shall say no more, ‘The ark of the covenant of Yahweh!’ neither shall it come to mind; neither shall they remember it; neither shall they miss it; neither shall it be made any more.
16त्यस समयमा देशमा तिमीहरूको संख्या बढनेछ।” यो सन्देश परमेश्वरबाट आएको हो।” “त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्।
17At that time they shall call Jerusalem ‘The throne of Yahweh;’ and all the nations shall be gathered to it, to the name of Yahweh, to Jerusalem. Neither shall they walk any more after the stubbornness of their evil heart.
17त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।
18In those days the house of Judah shall walk with the house of Israel, and they shall come together out of the land of the north to the land that I gave for an inheritance to your fathers.
18ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाट सँगै आउनेछन। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेछन।
19“But I said, ‘How I would put you among the children, and give you a pleasant land, a goodly heritage of the armies of the nations!’ and I said, ‘You shall call me “My Father,” and shall not turn away from following me.’
19“म, परमप्रभुले भनें, ‘म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।’ तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैं मेरो अनुसरण गर्नेछौ।
20“Surely as a wife treacherously departs from her husband, so you have dealt treacherously with me, house of Israel,” says Yahweh.
20तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।
21A voice is heard on the bare heights, the weeping and the petitions of the children of Israel; because they have perverted their way, they have forgotten Yahweh their God.
21नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ। इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्। तिनीहरू एकदमै दुष्ट भए। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
22Return, you backsliding children, I will heal your backsliding. “Behold, we have come to you; for you are Yahweh our God.
22हे विशवसहीन छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु। मानिसहरूले भन्नै पर्छ, “हामी तपाईं कहाँ आउँदैछौ तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।
23Truly in vain is help from the hills, the tumult on the mountains. Truly the salvation of Israel is in Yahweh our God.
23“डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ।
24But the shameful thing has devoured the labor of our fathers from our youth, their flocks and their herds, their sons and their daughters.
24हामीहरू युवास्था देखि नै झूटो देवताले हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए। तिनीहरूका भेडा, गाई-गोरूका बथानहरू अनि छोरा छोरीहरू पनि लगिदिए।
25Let us lie down in our shame, and let our confusion cover us; for we have sinned against Yahweh our God, we and our fathers, from our youth even to this day. We have not obeyed the voice of Yahweh our God.”
25आफ्नौ लाजले हामी डुबौ अनि हामीलाई अपमानले छोपोस्। किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौ। हाम्रा पिता-पुर्खाहरूले पाप गरे अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।”