1The word that came to Jeremiah from Yahweh, saying,
1परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो।
2Thus speaks Yahweh, the God of Israel, saying, Write all the words that I have spoken to you in a book.
2परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
3For, behold, the days come, says Yahweh, that I will turn again the captivity of my people Israel and Judah, says Yahweh; and I will cause them to return to the land that I gave to their fathers, and they shall possess it.
3यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
4These are the words that Yahweh spoke concerning Israel and concerning Judah.
4परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।
5For thus says Yahweh: We have heard a voice of trembling, of fear, and not of peace.
5उहाँले भन्नुभयो “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्। त्यहाँ शान्ति छैन।
6Ask now, and see whether a man does travail with child: why do I see every man with his hands on his waist, as a woman in travail, and all faces are turned into paleness?
6यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?
7Alas! for that day is great, so that none is like it: it is even the time of Jacob’s trouble; but he shall be saved out of it.
7हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।
8It shall come to pass in that day, says Yahweh of Armies, that I will break his yoke from off your neck, and will burst your bonds; and strangers shall no more make him their bondservant;
8“त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।
9but they shall serve Yahweh their God, and David their king, whom I will raise up to them.
9तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
10Therefore don’t you be afraid, O Jacob my servant, says Yahweh; neither be dismayed, Israel: for, behold, I will save you from afar, and your seed from the land of their captivity; and Jacob shall return, and shall be quiet and at ease, and none shall make him afraid.
10“यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
11For I am with you, says Yahweh, to save you: for I will make a full end of all the nations where I have scattered you, but I will not make a full end of you; but I will correct you in measure, and will in no way leave you unpunished.
11हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
12For thus says Yahweh, Your hurt is incurable, and your wound grievous.
12परमेश्वर भन्नुहुन्छ “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
13There is none to plead your cause, that you may be bound up: you have no healing medicines.
13तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
14All your lovers have forgotten you; they don’t seek you: for I have wounded you with the wound of an enemy, with the chastisement of a cruel one, for the greatness of your iniquity, because your sins were increased.
14तिमीहरूका प्रेमीहरूले तिमीहरूलाई भूलेका छन् अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।
15Why do you cry for your hurt? Your pain is incurable: for the greatness of your iniquity, because your sins were increased, I have done these things to you.
15इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले तिमीहरूलाई यस्तो पारेको छु।
16Therefore all those who devour you shall be devoured; and all your adversaries, everyone of them, shall go into captivity; and those who despoil you shall be a spoil, and all who prey on you will I give for a prey.
16यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन। तिनीहरू आफै नष्ट हुनेछन। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।
17For I will restore health to you, and I will heal you of your wounds, says Yahweh; because they have called you an outcast, saying, It is Zion, whom no man seeks after.
17अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
18Thus says Yahweh: Behold, I will turn again the captivity of Jacob’s tents, and have compassion on his dwelling places; and the city shall be built on its own hill, and the palace shall be inhabited in its own way.
18परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
19Out of them shall proceed thanksgiving and the voice of those who make merry: and I will multiply them, and they shall not be few; I will also glorify them, and they shall not be small.
19तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
20Their children also shall be as before, and their congregation shall be established before me; and I will punish all who oppress them.
20तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।
21Their prince shall be of themselves, and their ruler shall proceed from their midst; and I will cause him to draw near, and he shall approach to me: for who is he who has had boldness to approach to me? says Yahweh.
21तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।
22You shall be my people, and I will be your God.
22तिमीहरू मेरो प्रजा हुनेछौ। अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
23Behold, the storm of Yahweh, his wrath, has gone forth, a sweeping storm: it shall burst on the head of the wicked.
23“हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
24The fierce anger of Yahweh will not return, until he has executed, and until he has performed the intentions of his heart. In the latter days you will understand it.
24परमप्रभुको क्रोध तबसम्म शेष हुदैन जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न। पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।”