World English Bible

Nepali

Job

10

1“My soul is weary of my life. I will give free course to my complaint. I will speak in the bitterness of my soul.
1म आफ्नो जवीनलाई घृणा गर्दछु। यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु। मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।
2I will tell God, ‘Do not condemn me. Show me why you contend with me.
2म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्। मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु? मसित विरोध गर्ने तपाईंसंग के कारण छ?
3Is it good to you that you should oppress, that you should despise the work of your hands, and smile on the counsel of the wicked?
3परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।
4Do you have eyes of flesh? Or do you see as man sees?
4परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्? तपाईं मानिसहरूले देखे जस्तै देख्नु हुन्छ?
5Are your days as the days of mortals, or your years as man’s years,
5के तपाईंको आयु मानिसको जस्तै छोटो छ? के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?
6that you inquire after my iniquity, and search after my sin?
6तपाईंले मेरो दोष खोज्नु हुन्छ अनि मेरो पाप खोज्नु हुन्छ।
7Although you know that I am not wicked, there is no one who can deliver out of your hand.
7म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।
8“‘Your hands have framed me and fashioned me altogether, yet you destroy me.
8परमेश्वर, तपाईंको हातले मलाई बनाउनु भयो अनि मेरो शरीरको आकार बनाउनु भयो। के तपाईंले मलाई नष्ट गर्नु हुन्छ?
9Remember, I beg you, that you have fashioned me as clay. Will you bring me into dust again?
9परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?
10Haven’t you poured me out like milk, and curdled me like cheese?
10तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो र कसैले पनीर बनाए जस्तै निचोर्नु भयो।
11You have clothed me with skin and flesh, and knit me together with bones and sinews.
11तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो। अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो।
12You have granted me life and loving kindness. Your visitation has preserved my spirit.
12तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो। तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो।
13Yet you hid these things in your heart. I know that this is with you:
13तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ ? म जान्दछु।
14if I sin, then you mark me. You will not acquit me from my iniquity.
14यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ। यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।
15If I am wicked, woe to me. If I am righteous, I still shall not lift up my head, being filled with disgrace, and conscious of my affliction.
15जब म पाप गर्छु, म दोषी हुन्छु अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ। तर म निर्दोष भएता पनि आफ्नो शिर उठाउन सक्तिनँ। म अपमानित तथा चिन्ताग्रस्त छु।
16If my head is held high, you hunt me like a lion. Again you show yourself powerful to me.
16यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो, जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो।
17You renew your witnesses against me, and increase your indignation on me. Changes and warfare are with me.
17तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ।
18“‘Why, then, have you brought me forth out of the womb? I wish I had given up the spirit, and no eye had seen me.
18यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो? म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।
19I should have been as though I had not been. I should have been carried from the womb to the grave.
19म इच्छा गर्छु म कल्यिै नबाचेको भए हुने थियो। आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो।
20Aren’t my days few? Cease then. Leave me alone, that I may find a little comfort,
20मेरो जीवन प्रायः बितिसकेको छ। यसकारण मलाई एक्लो छोडी दिनु होस्।
21before I go where I shall not return from, to the land of darkness and of the shadow of death;
21जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।
22the land dark as midnight, of the shadow of death, without any order, where the light is as midnight.’”
22अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला, अघिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्।