1Meanwhile, when a multitude of many thousands had gathered together, so much so that they trampled on each other, he began to tell his disciples first of all, “Beware of the yeast of the Pharisees, which is hypocrisy.
1हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यदि विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस।
2 But there is nothing covered up, that will not be revealed, nor hidden, that will not be known.
2प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ।
3 Therefore whatever you have said in the darkness will be heard in the light. What you have spoken in the ear in the inner rooms will be proclaimed on the housetops.
3ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”
4 “I tell you, my friends, don’t be afraid of those who kill the body, and after that have no more that they can do.
4त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।
5 But I will warn you whom you should fear. Fear him, who after he has killed, has power to cast into Gehenna. or, Hell Yes, I tell you, fear him.
5तर कोसित डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसंग डराउनु पर्छ जससित मारे पछि नरकमा फयाँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।
6 “Aren’t five sparrows sold for two assaria coins An assarion was a small copper coin worth about an hour’s wages for an agricultural laborer. ? Not one of them is forgotten by God.
6“पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।
7 But the very hairs of your head are all numbered. Therefore don’t be afraid. You are of more value than many sparrows.
7हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ।
8 “I tell you, everyone who confesses me before men, him will the Son of Man also confess before the angels of God;
8“म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो।
9 but he who denies me in the presence of men will be denied in the presence of the angels of God.
9तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।
10 Everyone who speaks a word against the Son of Man will be forgiven, but those who blaspheme against the Holy Spirit will not be forgiven.
10“यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।
11 When they bring you before the synagogues, the rulers, and the authorities, don’t be anxious how or what you will answer, or what you will say;
11“जब मानिसहरूले तिमीहरूलाई सभा घरहरुमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ।
12 for the Holy Spirit will teach you in that same hour what you must say.”
12त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्न पर्ने कुराहरू सिकाउनु हुनेछ।”
13One of the multitude said to him, “Teacher, tell my brother to divide the inheritance with me.”
13भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरु, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसंग अंश-बण्डा गर्नलाई मेरो दाज्युलाई भनिदिनु होस्।”
14But he said to him, “Man, who made me a judge or an arbitrator over you?”
14तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”
15He said to them, “Beware! Keep yourselves from covetousness, for a man’s life doesn’t consist of the abundance of the things which he possesses.”
15फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ , तर त्यले उसलाई जीवन दिन सक्तैन।”
16He spoke a parable to them, saying, “The ground of a certain rich man brought forth abundantly.
16अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।
17 He reasoned within himself, saying, ‘What will I do, because I don’t have room to store my crops?’
17त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।
18 He said, ‘This is what I will do. I will pull down my barns, and build bigger ones, and there I will store all my grain and my goods.
18तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछुर त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु।
19 I will tell my soul, “Soul, you have many goods laid up for many years. Take your ease, eat, drink, be merry.”’
19तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
20 “But God said to him, ‘You foolish one, tonight your soul is required of you. The things which you have prepared—whose will they be?’
20तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?
21 So is he who lays up treasure for himself, and is not rich toward God.”
21यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरु धनि होइनन्।”
22He said to his disciples, “Therefore I tell you, don’t be anxious for your life, what you will eat, nor yet for your body, what you will wear.
22येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?
23 Life is more than food, and the body is more than clothing.
23खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ।
24 Consider the ravens: they don’t sow, they don’t reap, they have no warehouse or barn, and God feeds them. How much more valuable are you than birds!
24चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ।
25 Which of you by being anxious can add a cubit to his height?
25तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ?
26 If then you aren’t able to do even the least things, why are you anxious about the rest?
26यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?
27 Consider the lilies, how they grow. They don’t toil, neither do they spin; yet I tell you, even Solomon in all his glory was not arrayed like one of these.
27जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन।
28 But if this is how God clothes the grass in the field, which today exists, and tomorrow is cast into the oven, how much more will he clothe you, O you of little faith?
28परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
29 Don’t seek what you will eat or what you will drink; neither be anxious.
29त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।
30 For the nations of the world seek after all of these things, but your Father knows that you need these things.
30संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।
31 But seek God’s Kingdom, and all these things will be added to you.
31यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।
32 Don’t be afraid, little flock, for it is your Father’s good pleasure to give you the Kingdom.
32“हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ।
33 Sell that which you have, and give gifts to the needy. Make for yourselves purses which don’t grow old, a treasure in the heavens that doesn’t fail, where no thief approaches, neither moth destroys.
33आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल । त्यो भन्डार सँधैका लागी रहन्छ। स्वर्गमा तिम्रो भण्डार चोरहरुले चोर्न सक्तैन, न त किराहरुले नै नष्ट पार्न सक्छ।
34 For where your treasure is, there will your heart be also.
34तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
35 “Let your waist be dressed and your lamps burning.
35“तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्।
36 Be like men watching for their lord, when he returns from the marriage feast; that, when he comes and knocks, they may immediately open to him.
36त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ।
37 Blessed are those servants, whom the lord will find watching when he comes. Most certainly I tell you, that he will dress himself, and make them recline, and will come and serve them.
37धन्य हुन ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँचो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाँउछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ।
38 They will be blessed if he comes in the second or third watch, and finds them so.
38तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई र्पखिरहेका पाउनेछन्।
39 But know this, that if the master of the house had known in what hour the thief was coming, he would have watched, and not allowed his house to be broken into.
39यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन।
40 Therefore be ready also, for the Son of Man is coming in an hour that you don’t expect him.”
40यसर्थ, तिमीहरू पनि सर्तक हौं! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।” विश्वासी नोकर को होला?
41Peter said to him, “Lord, are you telling this parable to us, or to everybody?”
41पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?”
42The Lord said, “Who then is the faithful and wise steward, whom his lord will set over his household, to give them their portion of food at the right times?
42प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
43 Blessed is that servant whom his lord will find doing so when he comes.
43मालिक आँउदा आफुले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो नोकर अति खुशी हुनेछ।
44 Truly I tell you, that he will set him over all that he has.
44म तिमीहरूलाई साँचो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।
45 But if that servant says in his heart, ‘My lord delays his coming,’ and begins to beat the menservants and the maidservants, and to eat and drink, and to be drunken,
45तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै र्फकदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला।
46 then the lord of that servant will come in a day when he isn’t expecting him, and in an hour that he doesn’t know, and will cut him in two, and place his portion with the unfaithful.
46जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसंग पठाइदिनेछ।
47 That servant, who knew his lord’s will, and didn’t prepare, nor do what he wanted, will be beaten with many stripes,
47“त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ।
48 but he who didn’t know, and did things worthy of stripes, will be beaten with few stripes. To whomever much is given, of him will much be required; and to whom much was entrusted, of him more will be asked.
48उसको मालिकले जे चहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”
49 “I came to throw fire on the earth. I wish it were already kindled.
49येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने।
50 But I have a baptism to be baptized with, and how distressed I am until it is accomplished!
50म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइञ्जेल सम्म म विचलित नै रहनेछु।
51 Do you think that I have come to give peace in the earth? I tell you, no, but rather division.
51के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ।
52 For from now on, there will be five in one house divided, three against two, and two against three.
52अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुई जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।
53 They will be divided, father against son, and son against father; mother against daughter, and daughter against her mother; mother-in-law against her daughter-in-law, and daughter-in-law against her mother-in-law.” Micah 7:6
53बाबु र छोराहरू विभाजनमा आउनेछः पुत्र बाबुको विरुद्धमा हुनेछ। अनि बाबु छोराको बिरुद्धमा हुनेछ। आमा छोरीको विरुद्धमा हुन्छे। सासू र बुहारी माझ फाटो आउनेछः बुहारी सासूको विरूद्धमा हुन्छे। सासू बुहारीको विरुद्धमा हुन्छे।”
54 He said to the multitudes also, “When you see a cloud rising from the west, immediately you say, ‘A shower is coming,’ and so it happens.
54येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ
55 When a south wind blows, you say, ‘There will be a scorching heat,’ and it happens.
55त्यसरी नै, जब दक्षिणबाट बतास चल्नु थाल्छ, तिमीहरू भन्नेछौ, अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हौ।
56 You hypocrites! You know how to interpret the appearance of the earth and the sky, but how is it that you don’t interpret this time?
56तिमीहरू कपटीहरू हौ! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बझ्नु।
57 Why don’t you judge for yourselves what is right?
57“के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ?
58 For when you are going with your adversary before the magistrate, try diligently on the way to be released from him, lest perhaps he drag you to the judge, and the judge deliver you to the officer, and the officer throw you into prison.
58मानिलेऊ, कुनै मानिससंग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ।
59 I tell you, you will by no means get out of there, until you have paid the very last penny. literally, lepton. A lepton is a very small brass Jewish coin worth half a Roman quadrans each, which is worth a quarter of the copper assarion. Lepta are worth less than 1% of an agricultural worker’s daily wages. ”
59तिमीलाई भन्छु, जब सम्म तिमीमाथि तोकिएको पैसा सम्म तिमी चुक्ता गर्दैनौ तिमीले त्यहाँबाट छुटकारा पाउनेछैनौं।”