1He looked up, and saw the rich people who were putting their gifts into the treasury.
1येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो।
2He saw a certain poor widow casting in two small brass coins. literally, “two lepta.” 2 lepta was about 1% of a day’s wages for an agricultural laborer.
2त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो।
3He said, “Truly I tell you, this poor widow put in more than all of them,
3येशूले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई।
4 for all these put in gifts for God from their abundance, but she, out of her poverty, put in all that she had to live on.”
4किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”
5As some were talking about the temple and how it was decorated with beautiful stones and gifts, he said,
5केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो । परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”
6 “As for these things which you see, the days will come, in which there will not be left here one stone on another that will not be thrown down.”
6तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुगां नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”
7They asked him, “Teacher, so when will these things be? What is the sign that these things are about to happen?”
7ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घटना हुनेछ? यी घटनाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”
8He said, “Watch out that you don’t get led astray, for many will come in my name, saying, ‘I am he or, I AM ,’ and, ‘The time is at hand.’ Therefore don’t follow them.
8येशूले भन्नुभयो, “सर्तक बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रीष्ट हुँ, अनि, सही समय आएको छ! तर तिनीहरूलाई नपछयाउनु।
9 When you hear of wars and disturbances, don’t be terrified, for these things must happen first, but the end won’t come immediately.”
9जब तिमीहरूले लडाई र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”
10Then he said to them, “Nation will rise against nation, and kingdom against kingdom.
10तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरूमाझ लडाई चल्नेछ। राज्य-राज्यहरूमाकझ झगडा चल्नेछ।
11 There will be great earthquakes, famines, and plagues in various places. There will be terrors and great signs from heaven.
11ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घटनाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।
12 But before all these things, they will lay their hands on you and will persecute you, delivering you up to synagogues and prisons, bringing you before kings and governors for my name’s sake.
12तर यी घटनाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झयालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ।
13 It will turn out as a testimony for you.
13तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ।
14 Settle it therefore in your hearts not to meditate beforehand how to answer,
14तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन।
15 for I will give you a mouth and wisdom which all your adversaries will not be able to withstand or to contradict.
15म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।
16 You will be handed over even by parents, brothers, relatives, and friends. They will cause some of you to be put to death.
16तिमीहरूको बाबु-आमा, दाज्युभाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्।
17 You will be hated by all men for my name’s sake.
17सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्।
18 And not a hair of your head will perish.
18तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन।
19 “By your endurance you will win your lives.
19तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।
20 “But when you see Jerusalem surrounded by armies, then know that its desolation is at hand.
20“तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ।
21 Then let those who are in Judea flee to the mountains. Let those who are in the midst of her depart. Let those who are in the country not enter therein.
21त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्।
22 For these are days of vengeance, that all things which are written may be fulfilled.
22त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।
23 Woe to those who are pregnant and to those who nurse infants in those days! For there will be great distress in the land, and wrath to this people.
23त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किन? किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ।
24 They will fall by the edge of the sword, and will be led captive into all the nations. Jerusalem will be trampled down by the Gentiles, until the times of the Gentiles are fulfilled.
24कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।
25 There will be signs in the sun, moon, and stars; and on the earth anxiety of nations, in perplexity for the roaring of the sea and the waves;
25“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।
26 men fainting for fear, and for expectation of the things which are coming on the world: for the powers of the heavens will be shaken.
26मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङिकत हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्।
27 Then they will see the Son of Man coming in a cloud with power and great glory.
27तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ।
28 But when these things begin to happen, look up, and lift up your heads, because your redemption is near.”
28जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”
29He told them a parable. “See the fig tree, and all the trees.
29त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो।
30 When they are already budding, you see it and know by your own selves that the summer is already near.
30जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो।
31 Even so you also, when you see these things happening, know that the Kingdom of God is near.
31त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ।
32 Most certainly I tell you, this generation will not pass away until all things are accomplished.
32“म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घटनाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्।
33 Heaven and earth will pass away, but my words will by no means pass away.
33आकाश र पृथ्वी ध्वंस हुनेछ; तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
34 “So be careful, or your hearts will be loaded down with carousing, drunkenness, and cares of this life, and that day will come on you suddenly.
34“होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।
35 For it will come like a snare on all those who dwell on the surface of all the earth.
35पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ।
36 Therefore be watchful all the time, praying that you may be counted worthy to escape all these things that will happen, and to stand before the Son of Man.”
36यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
37Every day Jesus was teaching in the temple, and every night he would go out and spend the night on the mountain that is called Olivet.
37येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतुन भन्ने पाहाडमा बिताउनु भयो।
38All the people came early in the morning to him in the temple to hear him.
38[This verse may not be a part of this translation]