1Now when morning had come, all the chief priests and the elders of the people took counsel against Jesus to put him to death:
1भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे।
2and they bound him, and led him away, and delivered him up to Pontius Pilate, the governor.
2तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
3Then Judas, who betrayed him, when he saw that Jesus was condemned, felt remorse, and brought back the thirty pieces of silver to the chief priests and elders,
3यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो।
4saying, “I have sinned in that I betrayed innocent blood.” But they said, “What is that to us? You see to it.”
4यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।” यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, ‘हाम्रो होइन।”
5He threw down the pieces of silver in the sanctuary, and departed. He went away and hanged himself.
5यसकारण यहूदाले जाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाडयो अनि आफै झुण्डिएर आत्महत्या गर्यो।
6The chief priests took the pieces of silver, and said, “It’s not lawful to put them into the treasury, since it is the price of blood.”
6मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग निसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।”
7They took counsel, and bought the potter’s field with them, to bury strangers in.
7त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाडने ठाउँ बनाउने मतो गरे।
8Therefore that field was called “The Field of Blood” to this day.
8यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ।
9Then that which was spoken through Jeremiah some manuscripts omit “Jeremiah” the prophet was fulfilled, saying, “They took the thirty pieces of silver, the price of him upon whom a price had been set, whom some of the children of Israel priced,
9यसरी यस्तो हुनेछ भनेर र्यमिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो। “तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए।
10and they gave them for the potter’s field, as the Lord commanded me.” Zechariah 11:12-13; Jeremiah 19:1-13; 32:6-9
10परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”
11Now Jesus stood before the governor: and the governor asked him, saying, “Are you the King of the Jews?” Jesus said to him, “So you say.”
11येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”
12When he was accused by the chief priests and elders, he answered nothing.
12जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।
13Then Pilate said to him, “Don’t you hear how many things they testify against you?”
13अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”
14He gave him no answer, not even one word, so that the governor marveled greatly.
14तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।
15Now at the feast the governor was accustomed to release to the multitude one prisoner, whom they desired.
15प्रत्येक र्वष निस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो।
16They had then a notable prisoner, called Barabbas.
16त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बेला बरब्बा थियो।
17When therefore they were gathered together, Pilate said to them, “Whom do you want me to release to you? Barabbas, or Jesus, who is called Christ?”
17सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?”
18For he knew that because of envy they had delivered him up.
18पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्याको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।
19While he was sitting on the judgment seat, his wife sent to him, saying, “Have nothing to do with that righteous man, for I have suffered many things this day in a dream because of him.”
19पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”
20Now the chief priests and the elders persuaded the multitudes to ask for Barabbas, and destroy Jesus.
20तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।
21But the governor answered them, “Which of the two do you want me to release to you?” They said, “Barabbas!”
21पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?” मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु हवस्!”
22Pilate said to them, “What then shall I do to Jesus, who is called Christ?” They all said to him, “Let him be crucified!”
22पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिं? के गर्नुपर्ने?” सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्डयाएर मार्नुपर्छ!”
23But the governor said, “Why? What evil has he done?” But they cried out exceedingly, saying, “Let him be crucified!”
23पिलातसले सोधे, “किन? उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्डयाएर मार्नुपर्छ।”
24So when Pilate saw that nothing was being gained, but rather that a disturbance was starting, he took water, and washed his hands before the multitude, saying, “I am innocent of the blood of this righteous person. You see to it.”
24अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन झन जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
25All the people answered, “May his blood be on us, and on our children!”
25सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
26Then he released to them Barabbas, but Jesus he flogged and delivered to be crucified.
26अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्डयाएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।
27Then the governor’s soldiers took Jesus into the Praetorium, and gathered the whole garrison together against him.
27त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए।
28They stripped him, and put a scarlet robe on him.
28तिनीहरूले येशूको लुगाफटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए।
29They braided a crown of thorns and put it on his head, and a reed in his right hand; and they kneeled down before him, and mocked him, saying, “Hail, King of the Jews!”
29तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहुदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।”
30They spat on him, and took the reed and struck him on the head.
30सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए।
31When they had mocked him, they took the robe off of him, and put his clothes on him, and led him away to crucify him.
31जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।
32As they came out, they found a man of Cyrene, Simon by name, and they compelled him to go with them, that he might carry his cross.
32सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशुको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो।
33They came to a place called “Golgotha,” that is to say, “The place of a skull.”
33तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)।
34They gave him sour wine to drink mixed with gall. When he had tasted it, he would not drink.
34जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।
35When they had crucified him, they divided his clothing among them, casting lots, TR adds “that it might be fulfilled which was spoken by the prophet: ‘They divided my garments among them, and for my clothing they cast lots;’” [see Psalm 22:18 and John 19:24]
35तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरुले येशूको लुगाफाटा आपसमा बाढनलाई चिट्ठा हाले।
36and they sat and watched him there.
36तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए।
37They set up over his head the accusation against him written, “THIS IS JESUS, THE KING OF THE JEWS.”
37तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहुदीहरूका राजा हुनु” भन्ने लेखिएको थियो।
38Then there were two robbers crucified with him, one on his right hand and one on the left.
38येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्डयाईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्डयाईएको थिए।
39Those who passed by blasphemed him, wagging their heads,
39आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।
40and saying, “You who destroy the temple, and build it in three days, save yourself! If you are the Son of God, come down from the cross!”
40“तिमीले नै भनेका हौ” मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु । अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
41Likewise the chief priests also mocking, with the scribes, the Pharisees, TR omits “the Pharisees” and the elders, said,
41मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले।
42“He saved others, but he can’t save himself. If he is the King of Israel, let him come down from the cross now, and we will believe in him.
42तिमीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफै क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं।
43He trusts in God. Let God deliver him now, if he wants him; for he said, ‘I am the Son of God.’”
43उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, म नै परमेश्वरको पुत्र हुँ।”
44The robbers also who were crucified with him cast on him the same reproach.
44अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।
45Now from the sixth hour noon there was darkness over all the land until the ninth hour. 3:00 P. M.
45मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो।
46About the ninth hour Jesus cried with a loud voice, saying, “Eli, Eli, lima TR reads “lama” instead of “lima” sabachthani?” That is, “My God, my God, why have you forsaken me?” Psalm 22:1
46प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखानी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोडनु भयो?”
47Some of them who stood there, when they heard it, said, “This man is calling Elijah.”
47छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
48Immediately one of them ran, and took a sponge, and filled it with vinegar, and put it on a reed, and gave him a drink.
48एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पञ्ज लिएर आयो। त्यसले त्यो स्पञ्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पञ्ज उठायो।
49The rest said, “Let him be. Let’s see whether Elijah comes to save him.”
49तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
50Jesus cried again with a loud voice, and yielded up his spirit.
50येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
51Behold, the veil of the temple was torn in two from the top to the bottom. The earth quaked and the rocks were split.
51जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफै दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे।
52The tombs were opened, and many bodies of the saints who had fallen asleep were raised;
52चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।
53and coming out of the tombs after his resurrection, they entered into the holy city and appeared to many.
53येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
54Now the centurion, and those who were with him watching Jesus, when they saw the earthquake, and the things that were done, feared exceedingly, saying, “Truly this was the Son of God.”
54सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
55Many women were there watching from afar, who had followed Jesus from Galilee, serving him.
55क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसंगै आएका थिए।
56Among them were Mary Magdalene, Mary the mother of James and Joses, and the mother of the sons of Zebedee.
56मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।
57When evening had come, a rich man from Arimathaea, named Joseph, who himself was also Jesus’ disciple came.
57त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए।
58This man went to Pilate, and asked for Jesus’ body. Then Pilate commanded the body to be given up.
58यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे।
59Joseph took the body, and wrapped it in a clean linen cloth,
59त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे।
60and laid it in his own new tomb, which he had cut out in the rock, and he rolled a great stone to the door of the tomb, and departed.
60यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे।
61Mary Magdalene was there, and the other Mary, sitting opposite the tomb.
61मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।
62Now on the next day, which was the day after the Preparation Day, the chief priests and the Pharisees were gathered together to Pilate,
62त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।
63saying, “Sir, we remember what that deceiver said while he was still alive: ‘After three days I will rise again.’
63तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।’
64Command therefore that the tomb be made secure until the third day, lest perhaps his disciples come at night and steal him away, and tell the people, ‘He is risen from the dead;’ and the last deception will be worse than the first.”
64यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”
65Pilate said to them, “You have a guard. Go, make it as secure as you can.”
65पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।”
66So they went with the guard and made the tomb secure, sealing the stone.
66यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।