World English Bible

Nepali

Nehemiah

9

1Now in the twenty-fourth day of this month the children of Israel were assembled with fasting, and with sackcloth, and earth on them.
1अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।
2The seed of Israel separated themselves from all foreigners, and stood and confessed their sins, and the iniquities of their fathers.
2इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।
3They stood up in their place, and read in the book of the law of Yahweh their God a fourth part of the day; and a fourth part they confessed, and worshiped Yahweh their God.
3तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तकबाट पाठ गरे।
4Then Jeshua, and Bani, Kadmiel, Shebaniah, Bunni, Sherebiah, Bani, and Chenani of the Levites stood up on the stairs, and cried with a loud voice to Yahweh their God.
4तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वर संग कराए।
5Then the Levites, Jeshua, and Kadmiel, Bani, Hashabneiah, Sherebiah, Hodiah, Shebaniah, and Pethahiah, said, “Stand up and bless Yahweh your God from everlasting to everlasting! Bessed be your glorious name, which is exalted above all blessing and praise!
5तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने, “उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।” किनभने उहाँ शरू देखि अन्त सम्म हुनुहुन्छ। तपाईंको महिमित नाउँको स्तुति होस। यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।
6You are Yahweh, even you alone. You have made heaven, the heaven of heavens, with all their army, the earth and all things that are on it, the seas and all that is in them, and you preserve them all. The army of heaven worships you.
6तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।
7You are Yahweh, the God who chose Abram, and brought him out of Ur of the Chaldees, and gave him the name of Abraham,
7तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नु भयो, अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो, अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।
8and found his heart faithful before you, and made a covenant with him to give the land of the Canaanite, the Hittite, the Amorite, and the Perizzite, and the Jebusite, and the Girgashite, to give it to his seed, and have performed your words; for you are righteous.
8तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए यसर्थ तपाईंले ऊसित कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो किनभने तपाईं धर्मी हुनुहुन्छ।
9“You saw the affliction of our fathers in Egypt, and heard their cry by the Red Sea ,
9[This verse may not be a part of this translation]
10and showed signs and wonders against Pharaoh, and against all his servants, and against all the people of his land; for you knew that they dealt proudly against them, and made a name for yourself, as it is this day.
10तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू फिरऊन मिश्रदेशका राजा अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो, किनभने तिनीहरूले हाम्रापुर्खा हरूलाई अत्याचार गरेको तपाईंलाई थाहा थियो। तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।
11You divided the sea before them, so that they went through the midst of the sea on the dry land; and you cast their pursuers into the depths, as a stone into the mighty waters.
11तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो, अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए। तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै तपाईंले फ्याँकिदिनु भयो।
12Moreover, in a pillar of cloud you led them by day; and in a pillar of fire by night, to give them light in the way in which they should go.
12तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो अनि राती आगोको ज्वाला सहित तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो पारी डोर्याउनु भयो।
13“You came down also on Mount Sinai, and spoke with them from heaven, and gave them right ordinances and true laws, good statutes and commandments,
13तपाईं सीनै पर्वतमाथि झर्नु भयो अनि तिनीहरूलाई उचित न्याय र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो अनि तपाईंले तिनीहरूलाई असल आदेश र आज्ञाहरू दिनुभयो।
14and made known to them your holy Sabbath, and commanded them commandments, and statutes, and a law, by Moses your servant,
14अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।
15and gave them bread from the sky for their hunger, and brought forth water for them out of the rock for their thirst, and commanded them that they should go in to possess the land which you had sworn to give them.
15तपाईंले तिनीहरू भोककाएको बेला तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो, अनि तिनीहरू तिर्खाएको बेला चट्टानबाट पानी दिनुभयो तपाईंले तिनीहरूलाई जाऊ अनि गएर तिनीहरूलाई दिन्छु भनी वचन दिएको भूमि अधिकारमा लेऊ भन्नुभयो।
16“But they and our fathers dealt proudly and hardened their neck, didn’t listen to your commandments,
16तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए अनि तपाईंका आदेश पालन गरेनन्।
17and refused to obey, neither were they mindful of your wonders that you did among them, but hardened their neck, and in their rebellion appointed a captain to return to their bondage. But you are a God ready to pardon, gracious and merciful, slow to anger, and abundant in loving kindness, and didn’t forsake them.
17तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे, अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्। तिनीहरू घमण्डी भए अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे। तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ, दयालु अनि कृपालु र धीरजी प्रेमपूर्ण हुनुहुन्छ। यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,
18Yes, when they had made them a molten calf, and said, ‘This is your God who brought you up out of Egypt,’ and had committed awful blasphemies;
18जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए। अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’
19yet you in your manifold mercies didn’t forsake them in the wilderness: the pillar of cloud didn’t depart from over them by day, to lead them in the way; neither the pillar of fire by night, to show them light, and the way in which they should go.
19तर तपाइको महान करूणाको कारणले गर्दा, तपाईंले तिनीहरूलाई मरूभूमिमा छोडनु भएन, बादलको खामोले तिनीहरूलाई दिनको यात्रामा अगुवाई गर्न रोकनु भएन अनि आगोको मुस्लोले राती तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो तुल्याउन छोडनु भएन।
20You gave also your good Spirit to instruct them, and didn’t withhold your manna from their mouth, and gave them water for their thirst.
20तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
21“Yes, forty years you sustained them in the wilderness. They lacked nothing. Their clothes didn’t grow old, and their feet didn’t swell.
21तपाईंले चालीस वर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो, त्यहाँ तिनीहरूलाई केही अभाव थिएन। तिनीहरूका वस्त्रहरू मक्किएनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
22Moreover you gave them kingdoms and peoples, which you allotted according to their portions. So they possessed the land of Sihon, even the land of the king of Heshbon, and the land of Og king of Bashan.
22तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो। तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो। तिनीहरूले हेशबोनका राजा सीहोनको देश अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।
23You also multiplied their children as the stars of the sky, and brought them into the land concerning which you said to their fathers, that they should go in to possess it.
23तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो। तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई प्रवेश गर्ने, अधिकारदिनु भएको थियो। केटा-केटीहरू प्रवेश गरे र त्यो भूमि अधिकारमा लिए।
24“So the children went in and possessed the land, and you subdued before them the inhabitants of the land, the Canaanites, and gave them into their hands, with their kings, and the peoples of the land, that they might do with them as they pleased.
24अनि तपाईंले तिनीहरू समक्ष त्यस भूमिका कनानीहरूलाई परास्त गर्नुभयो।
25They took fortified cities, and a rich land, and possessed houses full of all good things, cisterns dug out, vineyards, and olive groves, and fruit trees in abundance. So they ate, were filled, became fat, and delighted themselves in your great goodness.
25तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो, तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी। तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए। तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए। यसरी तिनीहरूले पेट भरूञ्जेल खाए र मोटाभए तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
26“Nevertheless they were disobedient, and rebelled against you, and cast your law behind their back, and killed your prophets that testified against them to turn them again to you, and they committed awful blasphemies.
26तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।
27Therefore you delivered them into the hand of their adversaries, who distressed them. In the time of their trouble, when they cried to you, you heard from heaven; and according to your manifold mercies you gave them saviors who saved them out of the hand of their adversaries.
27यसर्थ तिनीहरूलाई तपाईंले उनीहरुको शत्रुहरूलाई सुम्पि दिनुभयो। अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए, तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो। तपाईंको महान कृपाको कारण तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।
28But after they had rest, they did evil again before you; therefore left you them in the hand of their enemies, so that they had the dominion over them; yet when they returned, and cried to you, you heard from heaven; and many times you delivered them according to your mercies,
28जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए। तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो। यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो। जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे। तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।
29and testified against them, that you might bring them again to your law. Yet they dealt proudly, and didn’t listen to your commandments, but sinned against your ordinances, (which if a man does, he shall live in them), turned their backs, stiffened their neck, and would not hear.
29तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई फर्काउनका निम्ति तपाईंले चेतावनी दिनुभयो। तर तिनीहरू अट्टेरी भए र तपाईंका आदेशको पालन गरेनन्। तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे। जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति जीवन ल्याउँदछ। तिनीहरू ढीठ, अनिच्छुक अनि अनाज्ञाकारी बने।
30Yet many years you put up with them, and testified against them by your Spirit through your prophets. Yet would they not give ear. Therefore you gave them into the hand of the peoples of the lands.
30तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा तपाईंको आत्माले चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन् यसर्थ तपाईंले तिनीहरूलाई विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।
31“Nevertheless in your manifold mercies you did not make a full end of them, nor forsake them; for you are a gracious and merciful God.
31तर, तपाईंको महा-कृपाले गर्दा तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन, अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन, किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।
32Now therefore, our God, the great, the mighty, and the awesome God, who keeps covenant and loving kindness, don’t let all the travail seem little before you, that has come on us, on our kings, on our princes, and on our priests, and on our prophets, and on our fathers, and on all your people, since the time of the kings of Assyria to this day.
32अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।
33However you are just in all that has come on us; for you have dealt truly, but we have done wickedly;
33हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।
34neither have our kings, our princes, our priests, nor our fathers, kept your law, nor listened to your commandments and your testimonies with which you testified against them.
34हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्। अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।
35For they have not served you in their kingdom, and in your great goodness that you gave them, and in the large and rich land which you gave before them, neither did they turn from their wicked works.
35तिनीहरू आफ्नै देशमा हुँदा पनि, तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि, तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि तपाईंको सेवा गरेनन्, अनि आफ्ना कुकर्मबाट फर्केनन्।
36“Behold, we are servants this day, and as for the land that you gave to our fathers to eat its fruit and its good, behold, we are servants in it.
36हेर्नुहोस, हामी आज दास छौं हो, हामी त्यस भूमिमा दासछौं जो तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू अनि असल कुराहरू खान भनी प्रदान गर्नु भएको थियो।
37It yields much increase to the kings whom you have set over us because of our sins: also they have power over our bodies, and over our livestock, at their pleasure, and we are in great distress.
37भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो। तिनीहरूले हाम्रो शरीरहरू अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे, अनि हामीहरू ढूलो कष्टमा पारिरहेका छौ।
38Yet for all this, we make a sure covenant, and write it; and our princes, our Levites, and our priests, seal it.”
38यी सबै हुँदाहुँदै पनि हामी लिखित रूपमा बाचा बाँध्छौं।