World English Bible

Nepali

Proverbs

17

1Better is a dry morsel with quietness, than a house full of feasting with strife.
1प्रत्येक मानिसले झगडा गर्दै खाद्ययन्ले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।
2A servant who deals wisely will rule over a son who causes shame, and shall have a part in the inheritance among the brothers.
2एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।
3The refining pot is for silver, and the furnace for gold, but Yahweh tests the hearts.
3सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।
4An evildoer heeds wicked lips. A liar gives ear to a mischievous tongue.
4दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि ढँटुवाहरूले अरूको निन्दा सुन्छ।
5Whoever mocks the poor reproaches his Maker. He who is glad at calamity shall not be unpunished.
5जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।
6Children’s children are the crown of old men; the glory of children are their parents.
6नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छरा-छरीका गौरव हुन्।
7Arrogant speech isn’t fitting for a fool, much less do lying lips fit a prince.
7मूर्ख मानिसले धेरै बोल्नु असल हुदैन, त्यसरी नै शासकलाई झूटो बोल्नु सुहाउँदैन।
8A bribe is a precious stone in the eyes of him who gives it; wherever he turns, he prospers.
8घूस ग्रहण गर्ने मानिसलाई घूस महामन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ वही उसले सफलता पाए जस्तो लाग्छ।
9He who covers an offense promotes love; but he who repeats a matter separates best friends.
9जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।
10A rebuke enters deeper into one who has understanding than a hundred lashes into a fool.
10विवेकी मानिसलाई एउटा वचनले जति असर पार्छ, मूर्खलाई एक सय कोर्राले पनि असर पार्दैन।
11An evil man seeks only rebellion; therefore a cruel messenger shall be sent against him.
11एउटा दुष्ट मानिस सधैं नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ।
12Let a bear robbed of her cubs meet a man, rather than a fool in his folly.
12मूर्खको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालूको सामने पर्नु असल हुन्छ।
13Whoever rewards evil for good, evil shall not depart from his house.
13यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैं कठिनाइहरूको सामना गर्नेछ।
14The beginning of strife is like breaching a dam, therefore stop contention before quarreling breaks out.
14झगडा शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।
15He who justifies the wicked, and he who condemns the righteous, both of them alike are an abomination to Yahweh.
15जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ अनि एउटा निर्दोष मानिसलाई दोषी, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।
16Why is there money in the hand of a fool to buy wisdom, since he has no understanding?
16एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न? उसको दिमाग नै छैन।
17A friend loves at all times; and a brother is born for adversity.
17असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।
18A man void of understanding strikes hands, and becomes collateral in the presence of his neighbor.
18समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ।
19He who loves disobedience loves strife. One who builds a high gate seeks destruction.
19लडाईं-झगडा मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।
20One who has a perverse heart doesn’t find prosperity, and one who has a deceitful tongue falls into trouble.
20कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ।
21He who becomes the father of a fool grieves. The father of a fool has no joy.
21मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन।
22A cheerful heart makes good medicine, but a crushed spirit dries up the bones.
22आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
23A wicked man receives a bribe in secret, to pervert the ways of justice.
23एकजना दुष्ट मानिसले न्याय बिर्गानको लागि गोप्य तरिकाले घूस दिन्छ।
24Wisdom is before the face of one who has understanding, but the eyes of a fool wander to the ends of the earth.
24ठीक विचार भएको मानिसले सधै ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैं टाडा-टाडा ठाउँको सपना देख्छ।
25A foolish son brings grief to his father, and bitterness to her who bore him.
25मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।
26Also to punish the righteous is not good, nor to flog officials for their integrity.
26अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।
27He who spares his words has knowledge. He who is even tempered is a man of understanding.
27एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।
28Even a fool, when he keeps silent, is counted wise. When he shuts his lips, he is thought to be discerning.
28चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुखतालाई बन्द राख्छ ऊ विवेकी देखिन्छ।