World English Bible

Nepali

Psalms

135

1Praise Yah! Praise the name of Yahweh! Praise him, you servants of Yahweh,
1परमप्रभुको दासहरू, परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! उहाँको प्रशंसा गर!
2you who stand in the house of Yahweh, in the courts of our God’s house.
2ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।
3Praise Yah, for Yahweh is good. Sing praises to his name, for that is pleasant.
3परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भला हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।
4For Yah has chosen Jacob for himself; Israel for his own possession.
4परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो।
5For I know that Yahweh is great, that our Lord is above all gods.
5म जान्दछु परमप्रभु महान् हुनुहुन्छ! हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!
6Whatever Yahweh pleased, that he has done, in heaven and in earth, in the seas and in all deeps;
6परमप्रभुले चाहेका जेपनि आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
7who causes the clouds to rise from the ends of the earth; who makes lightnings with the rain; who brings forth the wind out of his treasuries;
7परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।
8Who struck the firstborn of Egypt, both of man and animal;
8परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
9Who sent signs and wonders into the midst of you, Egypt, on Pharaoh, and on all his servants;
9परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो। परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
10who struck many nations, and killed mighty kings,
10परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो। शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
11Sihon king of the Amorites, Og king of Bashan, and all the kingdoms of Canaan,
11परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो। परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो। परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
12and gave their land for a heritage, a heritage to Israel, his people.
12परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो। परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।
13Your name, Yahweh, endures forever; your renown, Yahweh, throughout all generations.
13हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
14For Yahweh will judge his people, and have compassion on his servants.
14परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
15The idols of the nations are silver and gold, the work of men’s hands.
15अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
16They have mouths, but they can’t speak. They have eyes, but they can’t see.
16ती मूर्तिहरूका मुखहरू थिए, तर बोल्न सक्दैनथे। ती मूर्तिहरूका आँखाहरू थिए, तर देख्न सक्दैनथे।
17They have ears, but they can’t hear; neither is there any breath in their mouths.
17ती मूर्तिहरूका कानहरू थिए, तर सुन्न सक्दैनथे। ती मूर्तिहरूका नाकहरू थिए, तर सुघ्न सक्दैनथे।
18Those who make them will be like them; yes, everyone who trusts in them.
18तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
19House of Israel, praise Yahweh! House of Aaron, praise Yahweh!
19हे इस्राएल को परिवार, परमप्रभुको प्रशंसा गर! हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
20House of Levi, praise Yahweh! You who fear Yahweh, praise Yahweh!
20हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर! हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
21Blessed be Yahweh from Zion, Who dwells at Jerusalem. Praise Yah!
21सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो, यरूशलेम र उहाँको वास-स्थानबाट परमप्रभुको प्रशंसा गर।