World English Bible

Nepali

Psalms

144

1Blessed be Yahweh, my rock, who teaches my hands to war, and my fingers to battle:
1परमप्रभु मेरो चट्टान हुनुहुन्छ, परमप्रभुको प्रशंसा गर। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
2my loving kindness, my fortress, my high tower, my deliverer, my shield, and he in whom I take refuge; who subdues my people under me.
2परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।
3Yahweh, what is man, that you care for him? Or the son of man, that you think of him?
3हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
4Man is like a breath. His days are like a shadow that passes away.
4मानिसको जीवन मात्र हावाको झोंका हो। मानिसको जीवन अस्थायी छाया जस्तो मात्र हो।
5Part your heavens, Yahweh, and come down. Touch the mountains, and they will smoke.
5हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा हुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
6Throw out lightning, and scatter them. Send out your arrows, and rout them.
6परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई धपाई भगाउनु होस्। तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
7Stretch out your hand from above, rescue me, and deliver me out of great waters, out of the hands of foreigners;
7परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्! मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
8whose mouths speak deceit, Whose right hand is a right hand of falsehood.
8ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन तिनीहरू सत्य छैनन्।
9I will sing a new song to you, God. On a ten-stringed lyre, I will sing praises to you.
9हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक कुराहरूका बारेमा। म एक नयाँ गीत गाउने छु म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
10You are he who gives salvation to kings, who rescues David, his servant, from the deadly sword.
10परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
11Rescue me, and deliver me out of the hands of foreigners, whose mouths speak deceit, whose right hand is a right hand of falsehood.
11मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झुटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।
12Then our sons will be like well-nurtured plants, our daughters like pillars carved to adorn a palace.
12हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
13Our barns are full, filled with all kinds of provision. Our sheep bring forth thousands and ten thousands in our fields.
13हाम्रो भण्डारहरू नाना प्रकारका अन्नहरूले भरिएका छन्। त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेडाहरू छन्।
14Our oxen will pull heavy loads. There is no breaking in, and no going away, and no outcry in our streets.
14हाम्रा सैन्यहरू सुरक्षित छन्। कुनै शत्रुले पनि भत्काउने चेष्टा गरिरहेको छैन्। हामी युद्ध गर्न गइरहेका छैनौं। युद्धमा शिकार भएकाहरू हाम्रो गल्लीमा चिच्याई रहेका छैनन्।
15Happy are the people who are in such a situation. Happy are the people whose God is Yahweh.
15समयमा यसरी नै मानिसहरू खुशी छन्। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,मानिसहरू खुशी हुन्छन्।