World English Bible

Nepali

Psalms

30

1I will extol you, Yahweh, for you have raised me up, and have not made my foes to rejoice over me.
1हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2Yahweh my God, I cried to you, and you have healed me.
2हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो।
3Yahweh, you have brought up my soul from Sheol . You have kept me alive, that I should not go down to the pit.
3तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो। मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4Sing praise to Yahweh, you saints of his. Give thanks to his holy name.
4हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ! उहाँको पवित्र नाउँको प्रशंसा गर!
5For his anger is but for a moment. His favor is for a lifetime. Weeping may stay for the night, but joy comes in the morning.
5परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
6As for me, I said in my prosperity, “I shall never be moved.”
6जब म जोगिएँ र सुरक्षित भएँ, सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7You, Yahweh, when you favored me, made my mountain stand strong; but when you hid your face, I was troubled.
7हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे।
8I cried to you, Yahweh. To Yahweh I made supplication:
8यसर्थ परमेश्वर, म फर्कें अनि तपाईं प्रति प्रार्थना गरें। मैले तपाईंलाई दयाको बिन्ती गरें।
9“What profit is there in my destruction, if I go down to the pit? Shall the dust praise you? Shall it declare your truth?
9मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ! यदि म मरे अनि चिहानभित्र गए भने? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौ। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10Hear, Yahweh, and have mercy on me. Yahweh, be my helper.”
10हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्! हे परमप्रभु, मलाई साथ दिनुहोस्!”
11You have turned my mourning into dancing for me. You have removed my sackcloth, and clothed me with gladness,
11मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12To the end that my heart may sing praise to you, and not be silent. Yahweh my God, I will give thanks to you forever!
12हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन, अनि म सधैं तपाईंको प्रशंसा गर्छु।