1An oracle is within my heart about the disobedience of the wicked: “There is no fear of God before his eyes.”
1एकजना दुष्ट मानिसले एकदमै दुष्ट काम गर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ, “म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
2For he flatters himself in his own eyes, too much to detect and hate his sin.
2त्यो मानिस आफैंसित झूटो हुन्छ। त्यस मानिसले आफ्नो गल्ती देख्दैन। यसैले उसले क्षमाको याचना गर्दैन।
3The words of his mouth are iniquity and deceit. He has ceased to be wise and to do good.
3उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
4He plots iniquity on his bed. He sets himself in a way that is not good. He doesn’t abhor evil.
4राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।
5Your loving kindness, Yahweh, is in the heavens. Your faithfulness reaches to the skies.
5हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ। तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
6Your righteousness is like the mountains of God. Your judgments are like a great deep. Yahweh, you preserve man and animal.
6परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ। तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ। परमप्रभु, तपाईंले मानिस र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
7How precious is your loving kindness, God! The children of men take refuge under the shadow of your wings.
7तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन। मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
8They shall be abundantly satisfied with the abundance of your house. You will make them drink of the river of your pleasures.
8परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्। तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
9For with you is the spring of life. In your light shall we see light.
9हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ! तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
10Oh continue your loving kindness to those who know you, your righteousness to the upright in heart.
10हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँचो रूपले चिन्छन् अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
11Don’t let the foot of pride come against me. Don’t let the hand of the wicked drive me away.
11हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।
12There the workers of iniquity are fallen. They are thrust down, and shall not be able to rise.
12यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्ः “यहाँ दुष्ट मानिसहरू सुतेका छन्। तिनीहरूलाई धूलो पिठो पारियोस। तिनीहरू फेरि कहिल्यै पनि जाग्न सकने छैनन्।”