World English Bible

Nepali

Psalms

46

1God is our refuge and strength, a very present help in trouble.
1परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।
2Therefore we won’t be afraid, though the earth changes, though the mountains are shaken into the heart of the seas;
2यसैकारण भुइँचालो आए ता पनि पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
3though its waters roar and are troubled, though the mountains tremble with their swelling. Selah.
3हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ र पर्वतहरू र्थकिन्छन।
4There is a river, the streams of which make the city of God glad, the holy place of the tents of the Most High.
4त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
5God is in her midst. She shall not be moved. God will help her at dawn.
5परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
6The nations raged. The kingdoms were moved. He lifted his voice, and the earth melted.
6जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
7Yahweh of Armies is with us. The God of Jacob is our refuge. Selah.
7सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
8Come, see Yahweh’s works, what desolations he has made in the earth.
8परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर। उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
9He makes wars cease to the end of the earth. He breaks the bow, and shatters the spear. He burns the chariots in the fire.
9परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सकनु हुन्छ। उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ, तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
10“Be still, and know that I am God. I will be exalted among the nations. I will be exalted in the earth.”
10परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”
11Yahweh of Armies is with us. The God of Jacob is our refuge. Selah.
11सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।