1Save me, God, by your name. Vindicate me in your might.
1हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्। मलाई स्वतन्त्र पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
2Hear my prayer, God. Listen to the words of my mouth.
2हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्। मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
3For strangers have risen up against me. Violent men have sought after my soul. They haven’t set God before them. Selah.
3विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्। ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।
4Behold, God is my helper. The Lord is the one who sustains my soul.
4हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ। मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
5He will repay the evil to my enemies. Destroy them in your truth.
5जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ। परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।
6With a free will offering, I will sacrifice to you. I will give thanks to your name, Yahweh, for it is good.
6परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु। हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
7For he has delivered me out of all trouble. My eye has seen triumph over my enemies.
7किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो। मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।