World English Bible

Nepali

Psalms

7

1Yahweh, my God, I take refuge in you. Save me from all those who pursue me, and deliver me,
1हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
2lest they tear apart my soul like a lion, ripping it in pieces, while there is none to deliver.
2यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु। मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!
3Yahweh, my God, if I have done this, if there is iniquity in my hands,
3हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ। म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
4if I have rewarded evil to him who was at peace with me (yes, if I have delivered him who without cause was my adversary),
4मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
5let the enemy pursue my soul, and overtake it; yes, let him tread my life down to the earth, and lay my glory in the dust. Selah.
5यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्। मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्। मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलोमूलोमा फालिदिउन्।
6Arise, Yahweh, in your anger. Lift up yourself against the rage of my adversaries. Awake for me. You have commanded judgment.
6हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
7Let the congregation of the peoples surround you. Rule over them on high.
7हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्। परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
8Yahweh administers judgment to the peoples. Judge me, Yahweh, according to my righteousness, and to my integrity that is in me.
8हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्। मेरो न्याय गर्नुहोस्। म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
9Oh let the wickedness of the wicked come to an end, but establish the righteous; their minds and hearts are searched by the righteous God.
9दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।
10My shield is with God, who saves the upright in heart.
10परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
11God is a righteous judge, yes, a God who has indignation every day.
11परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ, उहाँ सधैं अधर्मको विरूद्ध बोल्नु हुन्छ।
12If a man doesn’t relent, he will sharpen his sword; he has bent and strung his bow.
12यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
13He has also prepared for himself the instruments of death. He makes ready his flaming arrows.
13यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ।
14Behold, he travails with iniquity. Yes, he has conceived mischief, and brought forth falsehood.
14दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्।
15He has dug a hole, and has fallen into the pit which he made.
15ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
16The trouble he causes shall return to his own head. His violence shall come down on the crown of his own head.
16तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।
17I will give thanks to Yahweh according to his righteousness, and will sing praise to the name of Yahweh Most High.
17म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।