World English Bible

Nepali

Psalms

84

1How lovely are your dwellings, Yahweh of Armies!
1हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।
2My soul longs, and even faints for the courts of Yahweh. My heart and my flesh cry out for the living God.
2हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु। म एकदमै उत्तेजित छु। मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।
3Yes, the sparrow has found a home, and the swallow a nest for herself, where she may have her young, near your altars, Yahweh of Armies, my King, and my God.
3हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर, चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए। तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन् अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।
4Blessed are those who dwell in your house. They are always praising you. Selah.
4तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्। तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।
5Blessed are those whose strength is in you; who have set their hearts on a pilgrimage.
5मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी र्हषका गीतहरू लिएर आउँछन्, तिनीहरू धेरै खुशी छन्।
6Passing through the valley of Weeping, they make it a place of springs. Yes, the autumn rain covers it with blessings.
6तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ। शरद ऋतुको वर्षाले ताल बनिन्छ।
7They go from strength to strength. Everyone of them appears before God in Zion.
7ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।
8Yahweh, God of Armies, hear my prayer. Listen, God of Jacob. Selah.
8हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस् हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।
9Behold, God our shield, look at the face of your anointed.
9हे परमेश्वर, हाम्रो रक्षकको रक्षा गर्नुहोस्, तपाईंका अभिषिक्त राजाप्रति कृपालु हुनु होस्।
10For a day in your courts is better than a thousand. I would rather be a doorkeeper in the house of my God, than to dwell in the tents of wickedness.
10हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका घरमा बस्नुभन्दा बरू मेरा परमेश्वरका मन्दिरको ढोके हुनलाई मलाई मन पर्छ।
11For Yahweh God is a sun and a shield. Yahweh will give grace and glory. He withholds no good thing from those who walk blamelessly.
11परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुसरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12Yahweh of Armies, blessed is the man who trusts in you.
12हे सेनाहरूका परमप्रभु, मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।