1यो यहूदाका छोराहरूको सूची हो। ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।2शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।3एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।4पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए। यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।5तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो।6नाराका अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारी आमा थिइन। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए।7हेलाका छोराहरू सेरेत, यिसहार एतमान र कोस थिए।8कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।9याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिदा म अति वेदनमा थिएँ।”10याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।11कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए।12एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।13कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए।14मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।15कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।16यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि असरेल थिए।17[This verse may not be a part of this translation]18[This verse may not be a part of this translation]19मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए।20शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए। यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।21[This verse may not be a part of this translation]22[This verse may not be a part of this translation]23शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।24शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए।25शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।26मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए।27शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।28शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल,29बिल्हा, एसेम, तोलाद,30बतूएल, होर्मा, सिक्लग,31बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे।32यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए।33त्यहाँ बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारकोबारे इतिहास पनि लेखे।34[This verse may not be a part of this translation]35[This verse may not be a part of this translation]36[This verse may not be a part of this translation]37[This verse may not be a part of this translation]38[This verse may not be a part of this translation]39तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेडा र गाई बस्तुका निम्ति र्खक खोज्न गए।40तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।41यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।42शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे।43त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्। रूबेनका सन्तानहरू