Nepali

Deuteronomy

29

1परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।2मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिस्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ।3तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ।4तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ?5परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरूभूमिमा चालीस वर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन6तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सकछौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।7“तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं।8अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं।9यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ।10“आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।11तिमीहरूको पत्नी, बाल-बच्चाहरू तथा तिमीहरूसित बस्ने विदेशीहरू लगायत तिमीहरूका दाउरा काटूने अनि पानी बोकनेहरू यहाँ छन्।12आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ।13यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो।14परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन,15तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसंग छैनन्।16तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौ अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं।17तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सुनले बनिएका घृणित मूर्तिहरू देख्यौ।18दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।19“कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन। त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।20परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।21व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।22“भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो।23त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।24“तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’25उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे।26तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे।27अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्।28परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’29“परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।