1तब परमप्रभु मोशालाई भन्नु हुन्छ,2“पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।3पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ।4त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।5धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।6“तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।7भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।8आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।9“अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।100होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।11बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।12“हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।13त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ।14त्यसपछि उसका छोराहरूलाई लुगा लगई देऊ।15छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”16परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।17त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिन थियो।18मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।19तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।20मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।21तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।22तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।23तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे।24उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।25उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।26तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे।27तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे।28तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।29मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।30तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।31मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे।32तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।33मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।34भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।35बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेट हुने पालभित्र जान सकेनन्।36जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे।37तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादलमाथि नउठुञ्जेलसम्म एकै ठाउँमा बसिरहन्थे।38यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।