1त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँचो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्”2छ दिनपछि येशू, पत्रुस, याकूब र यूहन्नालाई लिएर अग्लो डाँडामा जानुभयो। त्यहाँ तिनीहरू मात्र थिए। जब ती चेलाहरूले उहाँलाई हेरिरहेका थिए, त्यहाँ येशूको रूप नै बदलियो।3येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन ।4जब तिनीहरूले हेरिरहेका थिए दुईजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए।5पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।”6के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफै र अरू दूईजना चेलाहरू डराएका थिए।7त्यसपछि बादल आएर उनीहरूलाई ढाक्यो। बादलबाट एउटा आवाज आयो, अनि भन्यो, “यो मेरो प्यारो पुत्र हो, अनि म उसलाई माया गर्छु। उसले भनेको पालन गर!”8अचानक जव पत्रुस, याकूब र यूहन्नाले वरिपरि हेरे तिनीहरूले त्यहाँ कसैलाई पनि देखेनन्। येशू मात्र उनीहरूसित थिए।9[This verse may not be a part of this translation]10तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए।11तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”12येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछ। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन्13तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घटनाहरू हुनेछ भनेर लेखिएको छ।”14त्यसपछि येशू, पत्रुश, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसंग शास्त्रीहरूको बहस चलिरहेको थियो।15जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए।16येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसंग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”17भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ।18त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूँइमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाहा किटछ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरे, तर तिनीहरूले सकेनन्।19येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसंग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”20त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लडयो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फींजहरू निकालिरहेको थियो।21येशुले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?” बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै।22दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मदत गर्नुहोस।”23येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”24त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मदत गर्नुहोस्।”25येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”26त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भूईंमा फछार्यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्यो।”27तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मदत गर्नुभयो।28त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसंग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?”29येशूले भन्नुभयो, “त्यस प्रकारको दुष्टात्मालाई खाली प्रार्थना गरेर मात्र बाहिर निकाल्न सकिन्छ।”30त्यसपछि येशू अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोडनुभयो. तिनीहरू गालील भएर गए। तर येशूले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए।31येशूले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।”32तर चलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।33येशू र आफ्ना चेलाहरू कफर्नहुम जानूभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?”34तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सब भन्दा महान को होला भन्ने कुराको चर्चा भएको थियो।35येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।”36त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो,37“यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”38यसकारण यूहन्नाले भने “गुरूज्यु, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”39येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन।40यदि कोही मानिस हाम्रो विरुद्धमा छैन भने ऊ हामीसित छ।41म तिमीहरूलाई साँचो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्।42“यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्।43यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ ।44[This verse may not be a part of this translation]45यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अंग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो।46[This verse may not be a part of this translation]47यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुईवटै आँखासंग नरकमा फ्याँकिइनु भन्दा उत्तम हो। 48नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।49तिमीहरू प्रत्येक मानिस आगोले दण्डित हुनेछौ।50[This verse may not be a part of this translation]