1परमप्रभुको प्रशंसा गर! माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो। परमप्रभुको प्रशंसा गर।2हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर! उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!3हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।4हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर! आकाशमाथि भएका पानी हो! परमप्रभुको प्रशंसा गर!5परमप्रभुको प्रशंसा गर। किन? किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।6परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो। परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।7हे पृथ्वीमा भएका सारा कुराहरूले, परमप्रभुको प्रशंसा गर! समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो! परमप्रभुको प्रशंसा गर।8परमेश्वरले आगो र हिउँ, असिना, धुँवा, आँधी, बतास रच्नुभयो।9परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो, फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।10परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू, सानो सानो घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।11परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो। परमेश्वरले अगुवाहरू र न्यायाकर्त्ताहरू बनाउनु भयो।12परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो। परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नुभयो।13परमप्रभुको नाउँको प्रशंसा गर! सदा-सर्वदा उहाँको नाउँको सम्मान गर। स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले उहाँको प्रशंसा गरोस्!14परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो। परमप्रभुको प्रशंसा गरौं!