American Standard Version

Nepali

2 Corinthians

5

1For we know that if the earthly house of our tabernacle be dissolved, we have a building from God, a house not made with hands, eternal, in the heavens.
1हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।
2For verily in this we groan, longing to be clothed upon with our habitation which is from heaven:
2हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ।
3if so be that being clothed we shall not be found naked.
3त्यो हामीलाई पहिरयाई दिइनेछ र हामी नाङ्गो हुने छैनौं।
4For indeed we that are in this tabernacle do groan, being burdened; not for that we would be unclothed, but that we would be clothed upon, that what is mortal may be swallowed up of life.
4जतिञ्जेल हामी यस शरीष्ठ्वरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोडन चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ।
5Now he that wrought us for this very thing is God, who gave unto us the earnest of the Spirit.
5परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।
6Being therefore always of good courage, and knowing that, whilst we are at home in the body, we are absent from the Lord
6यसैकारण हामी सँधै भरोशामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं।
7(for we walk by faith, not by sight);
7हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन।
8we are of good courage, I say, and are willing rather to be absent from the body, and to be at home with the Lord.
8त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यही बस्न खोज्छौं।
9Wherefore also we make it our aim, whether at home or absent, to be well-pleasing unto him.
9हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीष्ठ्वरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं।
10For we must all be made manifest before the judgment-seat of Christ; that each one may receive the things [done] in the body, according to what he hath done, whether [it be] good or bad.
10न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।
11Knowing therefore the fear of the Lord, we persuade men, but we are made manifest unto God; and I hope that we are made manifest also in your consciences.
11परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ।
12We are not again commending ourselves unto you, but [speak] as giving you occasion of glorying on our behalf, that ye may have wherewith to answer them that glory in appearance, and not in heart.
12हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नै बारेमा भन्दैछौं। हाम्रा बारेमा किन र्गवित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्।
13For whether we are beside ourselves, it is unto God; or whether we are of sober mind, it is unto you.
13यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो।
14For the love of Christ constraineth us; because we thus judge, that one died for all, therefore all died;
14ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।
15and he died for all, that they that live should no longer live unto themselves, but unto him who for their sakes died and rose again.
15ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौरयाइनु भयो, यसर्थ ती मानिसहरू उहाँ लागि बाँच्नु पर्छ।
16Wherefore we henceforth know no man after the flesh: even though we have known Christ after the flesh, yet now we know [him so] no more.
16अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई संझने छैनौं। साँचो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले संझे जस्तै संझन्थ्यौं तर अब हामी त्यसरी संझदैनौं।
17Wherefore if any man is in Christ, [he is] a new creature: the old things are passed away; behold, they are become new.
17यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।
18But all things are of God, who reconciled us to himself through Christ, and gave unto us the ministry of reconciliation;
18यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो।
19to wit, that God was in Christ reconciling the world unto himself, not reckoning unto them their trespasses, and having committed unto us the word of reconciliation.
19मेरो भन्नुको तात्पर्य संसार र आफू माझा शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूक निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नु हामीलाई यो शान्ति समाचार दिनु भयो।
20We are ambassadors therefore on behalf of Christ, as though God were entreating by us: we beseech [you] on behalf of Christ, be ye reconciled to God.
20यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।
21Him who knew no sin he made [to be] sin on our behalf; that we might become the righteousness of God in him.
21ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।