American Standard Version

Nepali

2 Corinthians

6

1And working together [with him] we entreat also that ye receive not the grace of God in vain
1परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।
2(for he saith, At an acceptable time I hearkened unto thee, And in a day of salvation did I succor thee: behold, now is the acceptable time; behold, now is the day of salvation):
2परमेश्वर भन्नु हुन्छः “ठीक समयमा मैले तिमीलाई सुनें अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” यशैया 49:8 तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।
3giving no occasion of stumbling in anything, that our ministration be not blamed;
3मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरु मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं।
4but in everything commending ourselves, as ministers of God, in much patience, in afflictions, in necessities, in distresses,
4तर दुःखमा, अप्ठेरोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं
5in stripes, in imprisonments, in tumults, in labors, in watchings, in fastings;
5हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौंै, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन
6in pureness, in knowledge, in long suffering, in kindness, in the Holy Spirit, in love unfeigned,
6हामी हाम्र समझदारीले , धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफै देखाँउछौं।
7in the word of truth, in the power of God; by the armor of righteousness on the right hand and on the left,
7हामी पवित्र आत्माबाट, साँचो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्छौं।
8by glory and dishonor, by evil report and good report; as deceivers, and [yet] true;
8कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं।
9as unknown, and [yet] well known; as dying, and behold, we live; as chastened, and not killed;
9कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं।
10as sorrowful, yet always rejoicing; as poor, yet making many rich; as having nothing, and [yet] possessing all things.
10हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।
11Our mouth is open unto you, O Corinthians, our heart is enlarged.
11कोरिन्थीवासी, तिमीहरूलाई हामीले खुल्ला साथ भनेका छौं। तिमीहरूसीत हामीले हाम्रा हृदय खोलेका छौं।
12Ye are not straitened in us, but ye are straitened in your own affections.
12तिमीहरू प्रति हाम्रो प्रेमको स्रोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ।
13Now for a recompense in like kind (I speak as unto [my] children), be ye also enlarged.
13तिमीहरू मेरा नानीहरू हौ जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुला राखा।
14Be not unequally yoked with unbelievers: for what fellowship have righteousness and iniquity? or what communion hath light with darkness?
14अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसंग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन।
15And what concord hath Christ with Belial? or what portion hath a believer with an unbeliever?
15ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?
16And what agreement hath a temple of God with idols? for we are a temple of the living God; even as God said, I will dwell in them, and walk in them; and I will be their God, and they shall be my people.
16परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः “म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।” लेवि 26:11-12
17Wherefore Come ye out from among them, and be ye separate, saith the Lord, And touch no unclean thing; And I will receive you,
17“यसैले ती मानिसहरूबाट निस्केर आऊ आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही नछोऊ जो असुद्ध छ अनि म तिमीरूलाई स्वीकार गर्नेछु।” यशैया 52:11
18And will be to you a Father, And ye shall be to me sons and daughters, saith the Lord Almighty.
18“म तिमीहरूका पिता बन्नेछु अनि तिमीहरू मेरा छोरा-छोरीहरू, सर्वशक्तिमान् प्रभु भन्नु हुन्छ।” 2 शामुएल 7:14, 7:8