American Standard Version

Nepali

Ecclesiastes

6

1There is an evil which I have seen under the sun, and it is heavy upon men:
1मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्।
2a man to whom God giveth riches, wealth, and honor, so that he lacketh nothing for his soul of all that he desireth, yet God giveth him not power to eat thereof, but an alien eateth it; this is vanity, and it is an evil disease.
2त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र व्यर्थ कुरो हो।
3If a man beget a hundred children, and live many years, so that the days of his years are many, but his soul be not filled with good, and moreover he have no burial; I say, that an untimely birth is better than he:
3एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।
4for it cometh in vanity, and departeth in darkness, and the name thereof is covered with darkness;
4त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ।
5moreover it hath not seen the sun nor known it; this hath rest rather than the other:
5त्यसता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ।
6yea, though he live a thousand years twice told, and yet enjoy no good, do not all go to one place?
6त्यस्ता मानिसहरू दुई हजार वर्ष बाँच्न सक्छन तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।
7All the labor of man is for his mouth, and yet the appetite is not filled.
7एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन? किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर उ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन।
8For what advantage hath the wise more than the fool? [or] what hath the poor man, that knoweth how to walk before the living?
8यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ?
9Better is the sight of the eyes than the wandering of the desire: this also is vanity and a striving after wind.
9एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैं धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रडन खोज्नु जस्तै हो।
10Whatsoever hath been, the name thereof was given long ago; and it is know what man is; neither can he contend with him that is mightier than he.
10जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन।
11Seeing there are many things that increase vanity, what is man the better?
11यसकारण ज्यादा बोल्नु व्यर्थ हो।
12For who knoweth what is good for man in [his] life, all the days of his vain life which he spendeth as a shadow? for who can tell a man what shall be after him under the sun?
12कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।