1A [good] name is better than precious oil; and the day of death, than the day of one's birth.
1एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।
2It is better to go to the house of mourning than to go to the house of feasting: for that is the end of all men; and the living will lay it to his heart.
2भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किन कि सबै एक दिन मर्नै पर्छ अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।
3Sorrow is better than laughter; for by the sadness of the countenance the heart is made glad.
3हाँसो भन्दा शोक र सुर्ता राम्रो हो किनकि जब हाम्रो अनुहारमा विषाद छाँउछ तब हाम्रो हृदय कञ्चन बन्छ।
4The heart of the wise is in the house of mourning; but the heart of fools is in the house of mirth.
4ज्ञानीले सधें मृत्युबारे सोंच्छ तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।
5It is better to hear the rebuke of the wise, than for a man to hear the song of fools.
5मूर्खबाट प्रशांसित हुनुभन्दा ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।
6For as the crackling of thorns under a pot, so is the laughter of the fool: this also is vanity.
6मूर्खहरूको हाँसो त बेकार हुन्छ जस्तो काँढाको आगो बालेर भाँडा तताउँछ।
7Surely extortion maketh the wise man foolish; and a bribe destroyeth the understanding.
7घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।
8Better is the end of a thing than the beginning thereof; [and] the patient in spirit is better than the proud in spirit.
8शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो।
9Be not hasty in thy spirit to be angry; for anger resteth in the bosom of fools.
9छिटै रीसाउने नगर, किनकि रीसाहा बन्नु मूर्खता हो।
10Say not thou, What is the cause that the former days were better than these? for thou dost not inquire wisely concerning this.
10नभन, “बितेका दिनहरूमा के भयो। तब चीजहरू अझ राम्रा थिए।” यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।
11Wisdom is as good as an inheritance; yea, more excellent is it for them that see the sun.
11जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो।
12For wisdom is a defence, even as money is a defence; but the excellency of knowledge is, that wisdom preserveth the life of him that hath it.
12धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।
13Consider the work of God: for who can make that straight, which he hath made crooked?
13परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।
14In the day of prosperity be joyful, and in the day of adversity consider; yea, God hath made the one side by side with the other, to the end that man should not find out anything [that shall be] after him.
14जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।
15All this have I seen in my days of vanity: there is a righteous man that perisheth in his righteousness, and there is a wicked man that prolongeth [his life] in his evil-doing.
15आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्।
16Be not righteous overmuch; neither make thyself overwise: why shouldest thou destroy thyself?
16[This verse may not be a part of this translation]
17Be not overmuch wicked, neither be thou foolish: why shouldest thou die before thy time?
17[This verse may not be a part of this translation]
18It is good that thou shouldest take hold of this; yea, also from that withdraw not thy hand: for he that feareth God shall come forth from them all.
18अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो।
19Wisdom is a strength to the wise man more than ten rulers that are in a city.
19ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ।
20Surely there is not a righteous man upon earth, that doeth good, and sinneth not.
20वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।
21Also take not heed unto all words that are spoken, lest thou hear thy servant curse thee;
21मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ।
22for oftentimes also thine own heart knoweth that thou thyself likewise hast cursed others.
22अनि तिमी जान्दछौ, तिमी आफैले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।
23All this have I proved in wisdom: I said, I will be wise; but it was far from me.
23यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असभ्भव थियो।
24That which is, is far off and exceeding deep; who can find it out?
24किन म बुझ्न सक्दिन आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ।
25I turned about, and my heart [was set] to know and to search out, and to seek wisdom and the reason [of things], and to know that wickedness is folly, and that foolishness is madness.
25साँचो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के? मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो।
26And I find more bitter than death the woman whose heart is snares and nets, [and] whose hands are bands: whoso pleaseth God shall escape from her; but the sinner shall be taken by her.
26मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।
27Behold, this have I found, saith the Preacher, [laying] one thing to another, to find out the account;
27उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गरें।
28which my soul still seeketh, but I have not found: one man among a thousand have I found; but a woman among all those have I not found.
28उत्तर अझै खोजिरहेकोछु तर यति चाँहि जाने कि हजारमा एकजना साँचो पुरूष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन।
29Behold, this only have I found: that God made man upright; but they have sought out many inventions.
29अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैले अनेकौं छलहरू बनाए।