1Moreover, take thou up a lamentation for the princes of Israel,
1परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दुखको गीत गाउनु पर्छ!
2and say, What was thy mother? A lioness: she couched among lions, in the midst of the young lions she nourished her whelps.
2“‘कस्तो सिंहिनी तिम्री आमा? ऊ सिंहहरू बीच एउटा सिंहिनी थिई। ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी।
3And she brought up one of her whelps: he became a young lion, and he learned to catch the prey; he devoured men.
3ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।
4The nations also heard of him; he was taken in their pit; and they brought him with hooks unto the land of Egypt.
4जाति-जातिहरूले त्यसले गर्जेको सुने अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए। तिनीहरूले त्यसको मुखमा बल्छी लगाए अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।
5Now when she saw that she had waited, and her hope was lost, then she took another of her whelps, and made him a young lion.
5आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ। तर अहिले तिनका सबै आशा हराए। यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई। त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।
6And he went up and down among the lions; he became a young lion, and he learned to catch the prey; he devoured men.
6त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो। त्यो जवान सिंह एउटा बलवान सिंह भयो। उसले आफ्नो शिकार पक्रन सिक्यो। उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।
7And he knew their palaces, and laid waste their cities; and the land was desolate, and the fulness thereof, because of the noise of his roaring.
7उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो। त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे जतिबेला त्यसको गर्जन सुन्थे।
8Then the nations set against him on every side from the provinces; and they spread their net over him; he was taken in their pit.
8त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए अनि तिनीहरूले त्यलाई खाल्डामा पारे।
9And they put him in a cage with hooks, and brought him to the king of Babylon; they brought him into strongholds, that his voice should no more be heard upon the mountains of Israel.
9तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए। तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए। अब त्यसको गर्जन तिमीहरूले इस्राएलको पर्वतमा सुन्नेछैनौ।
10Thy mother was like a vine, in thy blood, planted by the waters: it was fruitful and full of branches by reason of many waters.
10तिम्री आमा पानीको छेउको दाखको बोट जस्तै थिई। त्योसँग प्रशस्त पानी थियो। यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी।
11And it had strong rods for the sceptres of them that bare rule, and their stature was exalted among the thick boughs, and they were seen in their height with the multitude of their branches.
11त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।
12But it was plucked up in fury, it was cast down to the ground, and the east wind dried up its fruit: its strong rods were broken off and withered; the fire consumed them.
12तर बोटलाई जरैसँग उखेलिदियो, अनि त्यसलाई जमीनमा फ्याँकि दियो। गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो, शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो।
13And now it is planted in the wilderness, in a dry and thirsty land.
13तर त्यो दाखको बोट अब मरूभूमिमा रोपियो, यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो।
14And fire is gone out of the rods of its branches, it hath devoured its fruit, so that there is in it no strong rod to be a sceptre to rule. This is a lamentation, and shall be for a lamentation.
14विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’ यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”