1And it came to pass in the seventh year, in the fifth [month], the tenth [day] of the month, that certain of the elders of Israel came to inquire of Jehovah, and sat before me.
1एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं वर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए।
2And the word of Jehovah came unto me, saying,
2त्यसपछि परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,
3Son of man, speak unto the elders of Israel, and say unto them, Thus saith the Lord Jehovah: Is it to inquire of me that ye are come? As I live, saith the Lord Jehovah, I will not be inquired of by you.
3“हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’
4Wilt thou judge them, son of man, wilt thou judge them? Cause them to know the abominations of their fathers;
4हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस्? के तँ तिनीहरूको न्याय गर्नेछस्? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए।
5and say unto them, Thus saith the Lord Jehovah: In the day when I chose Israel, and sware unto the seed of the house of Jacob, and made myself known unto them in the land of Egypt, when I sware unto them, saying, I am Jehovah your God;
5तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकूबको परिवारको विरूद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
6in that day I sware unto them, to bring them forth out of the land of Egypt into a land that I had searched out for them, flowing with milk and honey, which is the glory of all lands.
6त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिए। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।
7And I said unto them, Cast ye away every man the abominations of his eyes, and defile not yourselves with the idols of Egypt; I am Jehovah your God.
7“मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
8But they rebelled against me, and would not hearken unto me; they did not every man cast away the abominations of their eyes, neither did they forsake the idols of Egypt. Then I said I would pour out my wrath upon them, to accomplish my anger against them in the midst of the land of Egypt.
8तर तिनीहरू मेरो विरूद्ध भए अनि मेरो एक शब्द पनि सुनेनन्। तिनीहरूले आफ्नो डरलाग्दा मूर्तिहरू फ्याँकेनन्। उनीहरूले आफ्नो नराम्रो मूर्तिहरू मिश्रमा छोडेनन्। यसकारण मैले तिनीहरूलाई मिश्रमा नष्ट गर्ने निर्णय गरें अर्थात् आफ्नो क्रोधको पूरै शक्तिको अनुभव गर्न खोजें।
9But I wrought for my name's sake, that it should not be profaned in the sight of the nations, among which they were, in whose sight I made myself known unto them, in bringing them forth out of the land of Egypt.
9तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई मित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाँहादिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ।
10So I caused them to go forth out of the land of Egypt, and brought them into the wilderness.
10मैले इस्राएलको परिवारलाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिनीहरूलाई मरूभूमिमा लिएर गएँ।
11And I gave them my statutes, and showed them mine ordinances, which if a man do, he shall live in them.
11त्यसपछि मैले तिनीहरूलाई आफ्नो नियम दिएँ। मैले उनीहरूलाई सारा नियमहरू बताएँ। यदि कोही मानिसले यो नियमहरू पालन गर्यो भने ऊ बाँच्नेछ।
12Moreover also I gave them my sabbaths, to be a sign between me and them, that they might know that I am Jehovah that sanctifieth them.
12मैले प्रत्येक सात दिने दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मेलै तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो बिशेष मानिसहरू बनाँउदै छु भनी तिनीहरूलाई बताई दिएँ।
13But the house of Israel rebelled against me in the wilderness: they walked not in my statutes, and they rejected mine ordinances, which if a man keep, he shall live in them; and my sabbaths they greatly profaned. Then I said I would pour out my wrath upon them in the wilderness, to consume them.
13“‘तर इस्राएलको परिवार मरूभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुसरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरूभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें।
14But I wrought for my name's sake, that it should not be profaned in the sight of the nations, in whose sight I brought them out.
14तर मैले तिनीहरूलाई नष्ट गरिन। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिन्।
15Moreover also I sware unto them in the wilderness, that I would not bring them into the land which I had given them, flowing with milk and honey, which is the glory of all lands;
15मैले मरूभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।
16because they rejected mine ordinances, and walked not in my statutes, and profaned my sabbaths: for their heart went after their idols.
16“‘मैले त्यसो गरें कारण इस्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे! तिनीहरूले मेरो विधि-विधानहरूको अनुसरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्मपण गरेका थिए।
17Nevertheless mine eye spared them, and I destroyed them not, neither did I make a full end of them in the wilderness.
17तर मलाई तिनीहरू प्रति दया जाग्यो, यसकारण मैले तिनीहरूलाई नष्ट गरिन्।
18And I said unto their children in the wilderness, Walk ye not in the statutes of your fathers, neither observe their ordinances, nor defile yourselves with their idols.
18मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुसरण नगर। तिनीहरूको आदेशहरू पालन नगर।
19I am Jehovah your God: walk in my statutes, and keep mine ordinances, and do them;
19म परमप्रभु हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरो विधिहरू पालन गर। मेरो विधिहरू मान। त्यो काम गर जुन म गर भन्छु।
20and hallow my sabbaths; and they shall be a sign between me and you, that ye may know that I am Jehovah your God.
20यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”
21But the children rebelled against me; they walked not in my statutes, neither kept mine ordinances to do them, which if a man do, he shall live in them; they profaned my sabbaths. Then I said I would pour out my wrath upon them, to accomplish my anger against them in the wilderness.
21“‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरूभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्।
22Nevertheless I withdrew my hand, and wrought for my name's sake, that it should not be profaned in the sight of the nations, in whose sight I brought them forth.
22तर मैले आफैलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिन्।
23Moreover I sware unto them in the wilderness, that I would scatter them among the nations, and disperse them through the countries;
23यसकारण मैले मरूभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरें।
24because they had not executed mine ordinances, but had rejected my statutes, and had profaned my sabbaths, and their eyes were after their fathers' idols.
24“‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे।
25Moreover also I gave them statutes that were not good, and ordinances wherein they should not live;
25यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्।
26and I polluted them in their own gifts, in that they caused to pass through [the fire] all that openeth the womb, that I might make them desolate, to the end that they might know that I am Jehovah.
26मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’
27Therefore, son of man, speak unto the house of Israel, and say unto them, Thus saith the Lord Jehovah: In this moreover have your fathers blasphemed me, in that they have committed a trespass against me.
27यसकारण हे मानिसको छोरो! अब इस्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्राएलका मानिसहरूले मेरो विरूद्ध अपवित्र कुराहरू भने अनि मेरो विरूद्ध नराम्रो योजनाहरू बनाए।
28For when I had brought them into the land, which I sware to give unto them, then they saw every high hill, and every thick tree, and they offered there their sacrifices, and there they presented the provocation of their offering; there also they made their sweet savor, and they poured out there their drink-offerings.
28तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटी ती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए।
29Then I said unto them, What meaneth the high place whereunto ye go? So the name thereof is called Bamah unto this day.
29मैले इस्राएलको मानिसहरूलाई सोधें, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अल्गो ठाउँ भनिन्छ। “‘
30Wherefore say unto the house of Israel, Thus saith the Lord Jehovah: Do ye pollute yourselves after the manner of your fathers? and play ye the harlot after their abominations?
30परमेश्वरले भन्नुभयो, “इस्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैलाई अपवित्र बनायौ जुन तिम्रो पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयौ जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे।
31and when ye offer your gifts, when ye make your sons to pass through the fire, do ye pollute yourselves with all your idols unto this day? and shall I be inquired of by you, O house of Israel? As I live, saith the Lord Jehovah, I will not be inquired of by you;
31तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन।
32and that which cometh into your mind shall not be at all, in that ye say, We will be as the nations, as the families of the countries, to serve wood and stone.
32तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि दुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।”‘
33As I live, saith the Lord Jehovah, surely with a mighty hand, and with an outstretched arm, and with wrath poured out, will I be king over you:
33परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरूद्ध आफ्नो क्रोध प्रकट गर्छु!
34and I will bring you out from the peoples, and will gather you out of the countries wherein ye are scattered, with a mighty hand, and with an outstretched arm, and with wrath poured out;
34म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरूद्ध खन्याउनेछु।
35and I will bring you into the wilderness of the peoples, and there will I enter into judgment with you face to face.
35म तिमीलाई मरूभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ।
36Like as I entered into judgment with your fathers in the wilderness of the land of Egypt, so will I enter into judgment with you, saith the Lord Jehovah.
36म तिमीसँग त्यस्तै न्याय गर्नेछु जस्तो मैले तिम्रो पिता-पुर्खाहरूसित मिश्रको मरूभूमिमा गरेको थिएँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
37And I will cause you to pass under the rod, and I will bring you into the bond of the covenant;
37“म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु।
38and I will purge out from among you the rebels, and them that transgress against me; I will bring them forth out of the land where they sojourn, but they shall not enter into the land of Israel: and ye shall know that I am Jehovah.
38म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”
39As for you, O house of Israel, thus saith the Lord Jehovah: Go ye, serve every one his idols, and hereafter also, if ye will not hearken unto me; but my holy name shall ye no more profane with your gifts, and with your idols.
39हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”
40For in my holy mountain, in the mountain of the height of Israel, saith the Lord Jehovah, there shall all the house of Israel, all of them, serve me in the land: there will I accept them, and there will I require your offerings, and the first-fruits of your oblations, with all your holy things.
40परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाँउ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ।
41As a sweet savor will I accept you, when I bring you out from the peoples, and gather you out of the countries wherein ye have been scattered; and I will be sanctified in you in the sight of the nations.
41तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्।
42And ye shall know that I am Jehovah, when I shall bring you into the land of Israel, into the country which I sware to give unto your fathers.
42तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहाँ पाउछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्खाहरूलाई दिने वचन दिएको थिएँ।
43And there shall ye remember your ways, and all your doings, wherein ye have polluted yourselves; and ye shall loathe yourselves in your own sight for all your evils that ye have committed.
43त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयौ।
44And ye shall know that I am Jehovah, when I have dealt with you for my name's sake, not according to your evil ways, nor according to your corrupt doings, O ye house of Israel, saith the Lord Jehovah.
44हे इस्राएलको परिवार! तिमीहरूले धेरै दुष्ट कामहरू गर्यौ। तिमीहरूलाई त्यो अपवित्र अभ्यासहरूको निम्ति नष्ट गरिनेछ। तर आफ्नो नामको खातिर म तिमीहरूलाई त्यो दण्ड दिनेछैन जसको पात्र तिमीहरू छौ। त्यसपछि तिमीले थाहा पाउँनेछौ कि म परमप्रभु हुँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
45And the word of Jehovah came unto me, saying,
45तब परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो।
46Son of man, set thy face toward the south, and drop [thy word] toward the south, and prophesy against the forest of the field in the South;
46“हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलको विरूद्ध अगमवाणी गर।
47and say to the forest of the South, Hear the word of Jehovah: Thus saith the Lord Jehovah, Behold, I will kindle a fire in thee, and it shall devour every green tree in thee, and every dry tree: the flaming flame shall not be quenched, and all faces from the south to the north shall be burnt thereby.
47नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।
48And all flesh shall see that I, Jehovah, have kindled it; it shall not be quenched.
48त्यसपछि मानिसहरूले थाह पाउनेछन् कि मैले अर्थात परमप्रभुले आगो लगाएको हो। यो आगो निभाउँन सक्तैंन।”‘
49Then said I, Ah Lord Jehovah! they say of me, Is he not a speaker of parables?
49त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भनें उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँचो हुनेछ।”