1The word of Jehovah came again unto me, saying,
1परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2Son of man, there were two women, the daughters of one mother:
2“हे मानिसको छोरो! सामरिया र यरूशलेमको विषयमा यो कथा सुन! त्यहाँ दुइ बहिनी थिए! तिनीहरू एउटै आमाका छोरीहरू थिए।
3and they played the harlot in Egypt; they played the harlot in their youth; there were their breasts pressed, and there was handled the bosom of their virginity.
3तिनीहरू मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहरूले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहरूको स्तनलाई छुए।
4And the names of them were Oholah the elder, and Oholibah her sister: and they became mine, and they bare sons and daughters. And as for their names, Samaria is Oholah, and Jerusalem Oholibah.
4ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहरू मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरूशलेम हो।)
5And Oholah played the harlot when she was mine; and she doted on her lovers, on the Assyrians [her] neighbors,
5“त्यसपछि ओहोला पतिब्रता रहिन तर एउटी वेश्या जस्तो हुन गई। उसले आफ्नो प्रेमिहरू प्रति मात्र चाख राख्न थाली।
6who were clothed with blue, governors and rulers, all of them desirable young men, horsemen riding upon horses.
6उसले अश्शूरको सैनिकलाई तिनीहरूको वैजनी वस्त्र देखी तिनीहरू घोडाहरूमा चढने सबै जवान मानिसहरूले मन पराउँथे। तिनीहरू राजपालहरू अनि अधिकारीहरू थिए।
7And she bestowed her whoredoms upon them, the choicest men of Assyria all of them; and on whomsoever she doted, with all their idols she defiled herself.
7अनि ओहोलाले आफूलाई ती सबै मानिसहरूलाई सुम्पी दिए। ती सबै अश्शूरको सेनाहरूमा विशिष्ट छानिएका सैनिकहरू थिए। अनि ती सबैसित मोहित भई! उ ती अपवित्र मूर्तिहरूसित अपवित्र भई।
8Neither hath she left her whoredoms since [the days of] Egypt; for in her youth they lay with her, and they handled the bosom of her virginity; and they poured out their whoredom upon her.
8यसको अतिरिक्त उसले मिश्रसित आफ्नो प्रेम-व्यापार छोडी। मिश्रले त्योसित त्यस बेला प्रेममा फस्यो जब ऊ कुमारी थिई। मिश्र उसको स्तन छुने पहिलो प्रेमी थियो। मिश्रले तिनीमाथि आफ्नो झूटो प्रेम गर्थ्यो।
9Wherefore I delivered her into the hand of her lovers, into the hand of the Assyrians, upon whom she doted.
9यसकारण मैले त्यसको प्रेमीहरूलाई त्यसको कुमारी अवस्था भोग गर्न दिएँ। उसले अश्शूरहरूलाई चाहन्थी, यसकारण मैले उसलाई तिनीहरूसित छोडि दिएँ।
10These uncovered her nakedness; they took her sons and her daughters; and her they slew with the sword: and she became a byword among women; for they executed judgments upon her.
10तिनीहरूले त्यसलाई बलात्कार गरे। तिनीहरूले त्यसको नानीहरू लिए अनि तिनीहरूलाई तरवारले मारे। तिनीहरूलाई दण्ड दिएँ अनि स्त्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्।
11And her sister Oholibah saw this, yet was she more corrupt in her doting than she, and in her whoredoms which were more than the whoredoms of her sister.
11“उसको सानो बहिनी ओहोलिबाले यी घटनाहरू घटेको देखी। तर ओहोलिबाले आफ्नो दिदी भन्दा ज्यादा पाप गरी। ऊ ओहोलिबा भन्दा अझ खराब वेश्या भई।
12She doted upon the Assyrians, governors and rulers, [her] neighbors, clothed most gorgeously, horsemen riding upon horses, all of them desirable young men.
12ऊ अश्शूरको राज्यपालहरू अनि अधिकारीहरूलाई चाहन्थी। उसले वैजनी सुन्दर वस्त्र घोडसवार सैनिकहरूलाई चाहन्थी। तिनीहरू सबै मनपर्दो जवान मानिसहरू थिए।
13And I saw that she was defiled; they both took one way.
13मैले देखें ती दुवै स्त्रीहरू एउटै गल्ती गरे आफ्नो जीवन नष्ट गरिरहेका थिए।
14And she increased her whoredoms; for she saw men portrayed upon the wall, the images of the Chaldeans portrayed with vermilion,
14“ओहोलिबा म प्रति धोकेबाज भई। बाबेलमा उसले मानिसहरूको चित्र पर्खालमा कोरिएको देखी। त्यो कल्दी मानिसहरूको रातो वस्त्र लगाएको चित्र थियो।
15girded with girdles upon their loins, with flowing turbans upon their heads, all of them princes to look upon, after the likeness of the Babylonians in Chaldea, the land of their nativity.
15तिनीहरूले कम्मरमा पेटी अनि शिरमा लामो फेटा बाधेका थिए। तिनीहरू सबै रथको अधिकारी जस्ता देखिन्थे। तिनीहरू सबै बाबेलको जन्मभूमिमा उत्पन्न पुरूष जस्तो ज्ञात हुन्थ्यो।
16And as soon as she saw them she doted upon them, and sent messengers unto them into Chaldea.
16ओहोलिबाले तिनीहरूलाई चाहन्थी। उसले तिनीहरूलाई आमन्त्रित गर्नका निम्ति स्वर्गदूत पठाई।
17And the Babylonians came to her into the bed of love, and they defiled her with their whoredom, and she was polluted with them, and her soul was alienated from them.
17यसकारण बाबेलवासीहरू त्यसको ओछ्यानमा सहवास गर्न आए र आफ्नो कामवासनाले त्यसलाई अशुद्ध पारे। तिनीहरूबाट भ्रष्ट भए पछि वाक्क भएर त्यसको मन तिनीहरू देखि हट्यो।
18So she uncovered her whoredoms, and uncovered her nakedness: then my soul was alienated from her, like as my soul was alienated from her sister.
18“ओहोलिबाले त्यो धोकेबाज हो भनी सबलाई देखाई उसले यति ज्यादा मानिसहरूलाई आफ्नो नाङ्गो शरीरको प्रयोग गर्न दिई कि मलाई ऊ प्रति त्यसै घृणा उत्पन्न भयो, जस्तो उसको बहिनी प्रति भएको थियो।
19Yet she multiplied her whoredoms, remembering the days of her youth, wherein she had played the harlot in the land of Egypt.
19ओहोलिबाले घरि-घरि मलाई धोका दिइरही अनि उसले आफ्नो प्रेम-व्यापार याद गरि जुन उसले युवावस्थामा मिश्रमा गरेकी थिई।
20And she doted upon their paramours, whose flesh is as the flesh of asses, and whose issue is like the issue of horses.
20उसले आफ्नो प्रेमीको गधाको जस्तो लिंग अनि वीर्य चाहिँ घोडाको झैं निस्केको सम्झना गरी।
21Thus thou calledst to remembrance the lewdness of thy youth, in the handling of thy bosom by the Egyptians for the breasts of thy youth.
21“ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्यौ जब तिमी युवती थियौ, जब तिम्रो प्रेमीले तिम्रो स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए।
22Therefore, O Oholibah, thus saith the Lord Jehovah: Behold, I will raise up thy lovers against thee, from whom thy soul is alienated, and I will bring them against thee on every side:
22यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्।
23the Babylonians and all the Chaldeans, Pekod and Shoa and Koa, [and] all the Assyrians with them; desirable young men, governors and rulers all of them, princes and men of renown, all of them riding upon horses.
23म ती सबै मानिसहरूलाई बाबेलमा विशेष गरी कल्दीहरूलाई ल्याउँनेछु। म पकोद शोअ अनि कोअबाट मानिसहरूलाई ल्याउनेछु अनि ती सबैलाई अश्शूरबाट ल्याउँछु। यस्तै प्रकार म सबै शासकहरू अनि अधिकारीहरूलाई ल्याउँछु। तिनीहरू सबै योग्य, रथहरूको विशेष योग्यताको निम्ति छानिएका घोडसवार थिए।
24And they shall come against thee with weapons, chariots, and wagons, and with a company of peoples; they shall set themselves against thee with buckler and shield and helmet round about; and I will commit the judgment unto them, and they shall judge thee according to their judgments.
24तिनीहरूको भीड तिम्रोमा आउने छ। तिनीहरू आफ्नो घोडामा अनि आफ्नो रथहरूमा आउनेछन्। तिनीहरू धेरै संख्यामा हुनेछन्। तिनीहरूसित भाला, तिनीहरूको ढाल अनि तिनीहरूको शिरमा सुरक्षा कवच हुनेछ। तिनीहरू तिम्रो चारै तिर जम्मा हुनेछन्। म तिनीहरूलाई बताउनेछु कि तिनीहरूले मसँग के गरे अनि तिनीहरूले आफ्नो तर्फबाट तिनीहरूलाई दण्ड दिनेछन्।
25And I will set my jealousy against thee, and they shall deal with thee in fury; they shall take away thy nose and thine ears; and thy residue shall fall by the sword: they shall take thy sons and thy daughters; and thy residue shall be devoured by the fire.
25म तिमीहरूलाई मेरो इर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्।
26They shall also strip thee of thy clothes, and take away thy fair jewels.
26तिनीहरूले तिम्रो राम्रो लुगा गर-गहनाहरू लिनेछन।
27Thus will I make thy lewdness to cease from thee, and thy whoredom [brought] from the land of Egypt; so that thou shalt not lift up thine eyes unto them, nor remember Egypt any more.
27अनि म तिम्रो मिश्रसित व्यविचार कार्यहरू रोकिदिनेछु। तिमीहरूले फेरि कहिल्यै तिनीहरूतिर फर्केर हेर्नेछैनौ। तिमीले फेरि कहिल्यै मिश्रलाई याद गर्ने छैनौ।”‘
28For thus saith the Lord Jehovah: Behold, I will deliver thee into the hand of them whom thou hatest, into the hand of them from whom thy soul is alienated;
28परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म तिमीलाई ती मानिसहरूको हातमा दिँदैछु जसलाई तिमीले घृणा गर्छौ। म तिमीलाई ती मानिसहरूको हातमा दिन्छु जसलाई तिमीले घृणा गर्न थालेको थियौ।
29and they shall deal with thee in hatred, and shall take away all thy labor, and shall leave thee naked and bare; and the nakedness of thy whoredoms shall be uncovered, both thy lewdness and thy whoredoms.
29अनि तिनीहरूले देखाउँनेछन कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्।
30These things shall be done unto thee, for that thou hast played the harlot after the nations, and because thou art polluted with their idols.
30यी चीजहरू तिमीमाथि आइलाग्यो किनभने तिमी आफैले आफैलाई वेश्या झैं राष्ट्रहरूको पछि गएर कलंकित बनायौ अनि तिमीहरूका घिनलाग्दा मूर्तिहरूले फोहोर बनायौ।
31Thou hast walked in the way of thy sister; therefore will I give her cup into thy hand.
31तिमीले आफ्नो दिदी कै चालमा हिँड्यौ अनि त्यसरी नै गरिरहयौ। तिमीहरू आ-आफैले विषको कचौरा लियौं अनि त्यो आफ्नो हातमा उठाएर राख्यौ। तिमीले आफ्नो दण्ड स्वंय कमायौ।”
32Thus saith the Lord Jehovah: Thou shalt drink of thy sister's cup, which is deep and large; thou shalt be laughed to scorn and had in derision; it containeth much.
32परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “तिमीले आफ्नो दिदीको बिषको कचौरा पिउँनेछौ। यो विषको कचौरा लामो-गहिरो छ। त्यो कचौरामा धेरै बिष छ। मानिसहरू तिमीप्रति हाँस्नेछन् अनि हाँसो उडाउँनेछन्।
33Thou shalt be filled with drunkenness and sorrow, with the cup of astonishment and desolation, with the cup of thy sister Samaria.
33तिमी मतवाला मानिस जस्तै लडबडाउनेछौ। तिमी ज्यादै अस्थीर हुनेछौ। यो ध्वंश अनि सर्वनाश हो। यो त्यही कचौरा जस्तै हो, जुन तिम्रो दिदी सामरियाले पिएकी थिई।
34Thou shalt even drink it and drain it out, and thou shalt gnaw the sherds thereof, and shalt tear thy breasts; for I have spoken it, saith the Lord Jehovah.
34तिमीले त्यही कचौराबाट विष पिउनेछौ। तिमीले त्यसको अन्तिम थोपा सम्म पिउँनेछौ। तिमीले कचौरा फ्याँकेर त्यसलाई टुक्रा-टुक्रा बनाउनेछौ अनि तिमीले आफ्नो छाती जथा भावी पिट्नेछौ। यो हुनेछ किनकि म परमप्रभु अनि मालिक हुँ अनि मैले यी कुराहरू भनें।
35Therefore thus saith the Lord Jehovah: Because thou hast forgotten me, and cast me behind thy back, therefore bear thou also thy lewdness and thy whoredoms.
35“यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यरूशलेम, तिमीले मलाई बिर्सियौ। तिमीले मलाई फ्याँकि दियौ अनि पछाडी छोडिदियौ। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्रो दुष्ट्याँईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।”‘
36Jehovah said moreover unto me: Son of man, wilt thou judge Oholah and Oholibah? then declare unto them their abominations.
36परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमी ओहोला अनि ओहोलिबाको न्याय गर्छौ? तब तिनीहरूलाई ती भयंकर कुराहरू भन जुन तिनीहरूले गरेका छन्।
37For they have committed adultery, and blood is in their hands; and with their idols have they committed adultery; and they have also caused their sons, whom they bare unto me, to pass through [the fire] unto them to be devoured.
37तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे।
38Moreover this they have done unto me: they have defiled my sanctuary in the same day, and have profaned my sabbaths.
38तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन।
39For when they had slain their children to their idols, then they came the same day into my sanctuary to profane it; and, lo, thus have they done in the midst of my house.
39तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे।
40And furthermore ye have sent for men that come from far, unto whom a messenger was sent, and, lo, they came; for whom thou didst wash thyself, paint thine eyes, and deck thyself with ornaments,
40“तिनीहरूले अत्यन्तै टाढो ठाँउमा मानिसहरूलाई बोलाए। यी मानिसहरूका निम्ति तिमीले एउटा स्वर्गदूत पठायौ अनि तिनीहरू तिमीलाई हेर्न आए। तिमीले तिनीहरूको निम्ति नुहायौ, आफ्नो आँखा सिंगार्यौ अनि गर-गहनाहरू लगायौ।
41and sit upon a stately bed, with a table prepared before it, whereupon thou didst set mine incense and mine oil.
41तिमी राम्रो ओछ्यानमा बस्यौ, जसको छेउमा टेबलमा राखिएको थियो। तिमीले मेरो सुगन्धित धूप अनि तेल त्यही टेबलमा राख्यौ।
42And the voice of a multitude being at ease was with her: and with men of the common sort were brought drunkards from the wilderness; and they put bracelets upon the hands of them [twain], and beautiful crowns upon their heads.
42“यरूशलेममा यस्तो आवाज सुनियो जुन मानिसहरूले भोज मनाइरहे जस्तो लाग्थ्यो। तिनीहरू मध्ये यरूशलेमबाट आउनेहरू पहिले नै मातेका थिए। तिनीहरू मरूभूमिबाट आए अनि स्त्रीहरूलाई चुरा अनि राम्रो राम्रो शिरवन्दीहरू दिए।
43Then said I of her that was old in adulteries, Now will they play the harlot with her, and she [with them].
43तर मैले त्यो स्त्रीसित बात गरें, जो व्यभिचार कर्मले शिथिल भएकी थिई। मैले उसलाई भनें, ‘के तिनीहरूसित लगातार व्यभिचार गरिरहन सक्छन, अनि उसले त्यससित व्यभिचार गरिरहन् सक्छे?’
44And they went in unto her, as they go in unto a harlot: so went they in unto Oholah and unto Oholibah, the lewd women.
44तर ऊ त्योसित त्यसरी नै गईरहयो जसरी एउटा वेश्या भएकहाँ ऊ जान सक्थ्यो। हो, ऊ ती दुष्ट स्त्रीहरू ओहोला अनि ओहोलिबाकहाँ गइरह्यो।
45And righteous men, they shall judge them with the judgment of adulteresses, and with the judgment of women that shed blood; because they are adulteresses, and blood is in their hands.
45“तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन्। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारिणीहरू भनी न्याय गर्नेछन्। किन? किनकि ओहोला अनि ओहोलिबाले व्यभिचार पाप गरेकाछन् अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।”
46For thus saith the Lord Jehovah: I will bring up a company against them, and will give them to be tossed to and fro and robbed.
46परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो, “मानिसहरूलाई एकै ठाउँमा भेला गर। त्यसपछि तिनीहरूले ओहोला अनि ओहोलिबालाई सजाय दिनेछन्। मानिसहरूको त्यो समूहले ती दुइ स्त्रीहरूलाई दण्ड दिनेछन् तथा तिनीहरूको हाँसो उडाउँनेछन्।
47And the company shall stone them with stones, and despatch them with their swords; they shall slay their sons and their daughters, and burn up their houses with fire.
47तब त्यो समूहले तिनीहरूलाई ढुङ्गा हान्नेछन् अनि तिनीहरूलाई मार्नेछन्, तब त्यो समूहले आफ्नो तरवारले स्त्रीहरूलाई टुक्रा पार्नेछन् ती स्त्रीहरूको नानीहरूलाई मार्नेछन् अनि घर जलाई दिनेछन्।
48Thus will I cause lewdness to cease out of the land, that all women may be taught not to do after your lewdness.
48यस्तो प्रकारले म यो देशको दुष्टतालाई अन्त गरिदिनेछु, अनि सबै स्त्रीहरूलाई चेताउनी दिनेछु कि तिनीहरूले अब यस्तो लज्जित काम नगरून् जुन तिमीहरूले गर्यौ।
49And they shall recompense your lewdness upon you, and ye shall bear the sins of your idols; and ye shall know that I am the Lord Jehovah.
49तिनीहरूले तिमीलाई त्यो दुष्ट कामको निम्ति दण्ड दिनेछन जुन तिमीले गर्यौ अनि तिमीलाई तिम्रो आफ्नो मूर्तिको निम्ति पनि दण्ड दिइनेछ। त्यस बेला तिमीले थाहा पाउँनेछौ कि म नै परमप्रभु अनि मालिक हुँ।”