1Again, in the ninth year, in the tenth month, in the tenth [day] of the month, the word of Jehovah came unto me, saying,
1परमप्रभु मेरो मालिकको वचन मकहाँ आयो। त्यो दिन देशबाट निकालिएको नवौं वर्षको दशौं महीनाको दशौं दिन थियो। उहाँले भन्नुभयो,
2Son of man, write thee the name of the day, [even] of this selfsame day: the king of Babylon drew close unto Jerusalem this selfsame day.
2“हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’
3And utter a parable unto the rebellious house, and say unto them, Thus saith the Lord Jehovah, Set on the caldron, set it on, and also pour water into it:
3यो कुरा त्यो घरानालाई भन (इस्राएल) जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “‘भाँडा आगोमाथि राख, भाँडा राख अनि त्यसमा पानी हाल।
4gather the pieces thereof into it, even every good piece, the thigh, and the shoulder; fill it with the choice bones.
4त्यसमा राम्रो-राम्रो टुक्राहरू हाल, फिला अनि कुमको मासुको टुक्राहरू हाल। भाँडा सर्वोत्तम हड्डीहरूले पूरा भर।
5Take the choice of the flock, and also a pile [of wood] for the bones under [the caldron]; make it boil well; yea, let the bones thereof be boiled in the midst of it.
5बगालको राम्रो-राम्रो पशुहरू उपयोग गर, भाडाको तल पूरा आगो लगाऊ, अनि मासुको टुक्राहरू पकाऊ। सुरूआलाई त्यस बेला सम्म पकाऊ जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’
6Wherefore thus saith the Lord Jehovah: Woe to the bloody city, to the caldron whose rust is therein, and whose rust is not gone out of it! take out of it piece after piece; No lot is fallen upon it.
6यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘यो यरूशलेमको निम्ति नराम्रो हुन्छ। यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ। यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ अनि त्यो खियाको दाग जब सम्म हट्दैन त्यो भाँडा शुद्ध हुँदैन् यसकारण मासुको प्रत्येक टुक्रा भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाँऊ। पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!
7For her blood is in the midst of her; she set it upon the bare rock; she poured it not upon the ground, to cover it with dust.
7यरूशलेम त्यो कलंकित दाग लागेको भाडा जस्तै हो। किन? किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ! उसले खुल्ला चट्टानमा रगत हाली। उसले रगत भूईंमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई।
8That it may cause wrath to come up to take vengeance, I have set her blood upon the bare rock, that it should not be covered.
8मैले त्यसको रगत खुल्ला चट्टानमा हालें। यसकारण यो नछोपियोस्। मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होस् अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।’
9Therefore thus saith the Lord Jehovah: Woe to the bloody city! I also will make the pile great.
9यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ। म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।
10Heap on the wood, make the fire hot, boil well the flesh, and make thick the broth, and let the bones be burned.
10भाँडाको मुनि धेरै दाउरा लगाऊ। आगो बाल राम्रोसँग मासु पकाऊ। मसला मिलाऊ अनि हड्डीहरू बेस्सरी पकाऊ जब सम्म ती हड्डीहरू गल्दैनन्।
11Then set it empty upon the coals thereof, that it may be hot, and the brass thereof may burn, and that the filthiness of it may be molten in it, that the rust of it may be consumed.
11तब भाँडालाई खाली कोईलामा छोडीदेऊ। यसलाई यति तातो हुनु देऊ कि यसको दाग पनि डडोस्। त्यहाँबाट अपवित्रता पूरै जाओस् अनि खिया नाश होस्।
12She hath wearied [herself] with toil; yet her great rust goeth not forth out of her; her rust [goeth not forth] by fire.
12यरूशलेमले आफ्नो दागलाई धनुको लागि कठोर परिश्रम गर्न सक्छ तर त्यो ‘खिया’ जाँदैन। आगोले (दण्डले) मात्र त्यो खिया हटाउँनु सक्छ!
13In thy filthiness is lewdness: because I have cleansed thee and thou wast not cleansed, thou shalt not be cleansed from thy filthiness any more, till I have caused my wrath toward thee to rest.
13तिमीले मेरो विरूद्ध पाप गर्यौ अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें, अनि तिमीलाई शुद्ध बनाउन चाहें। तर दाग बाहिर आएन। म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन। जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।
14I, Jehovah, have spoken it: it shall come to pass, and I will do it: I will not go back, neither will I spare, neither will I repent; according to thy ways, and according to thy doings, shall they judge thee, saith the Lord Jehovah.
14म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दुखीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्यौ।’ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।”
15Also the word of Jehovah came unto me, saying,
15त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
16Son of man, behold, I take away from thee the desire of thine eyes with a stroke: yet thou shalt neither mourn nor weep, neither shall thy tears run down.
16“हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौ तर म उसलाई तिमीदेखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैलाई रून नदेऊ।
17Sigh, but not aloud, make no mourning for the dead; bind thy headtire upon thee, and put thy shoes upon thy feet, and cover not thy lips, and eat not the bread of men.
17तर तिमीले आफ्नो शोकमा सुस्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैं जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुत्ता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।”
18So I spake unto the people in the morning; and at even my wife died; and I did in the morning as I was commanded.
18त्यसको अर्को बिहान, म मानिसहरूलाई भन्दै थिएँ। त्यही साँझ मेरी पत्नीको मृत्यु भयो। अर्को बिहान मैले त्यही गरें जुन परमेश्वरले मलाई आज्ञा दिनु भएको थियो!
19And the people said unto me, Wilt thou not tell us what these things are to us, that thou doest so?
19त्यसपछि मानिसहरूले मलाई सोधे, “तिमीले यो काम किन गरिरहेकाछौ? यसको अर्थ के हो?”
20Then I said unto them, The word of Jehovah came unto me, saying,
20मैले तिनीहरूलाई भने, “परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,
21Speak unto the house of Israel, Thus saith the Lord Jehovah: Behold, I will profane my sanctuary, the pride of your power, the desire of your eyes, and that which your soul pitieth; and your sons and your daughters whom ye have left behind shall fall by the sword.
21इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
22And ye shall do as I have done: ye shall not cover your lips, nor eat the bread of men.
22तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरें। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोप्ने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्।
23And your tires shall be upon your heads, and your shoes upon your feet: ye shall not mourn nor weep; but ye shall pine away in your iniquities, and moan one toward another.
23तिमीहरूले आफ्नो फेटा अनि जुत्ता लगाउँछौ। तिमीहरूले आफ्नो शोक प्रकट गर्ने छैनौ। तिमी रूने छैनौ। तर तिमी आफ्नो पापको कारणले नष्ट हुनेछौ, तिमी चुपचाप आफ्नो अफशोस् अरूसँग गर्नेछौ।
24Thus shall Ezekiel be unto you a sign; according to all that he hath done shall ye do: when this cometh, then shall ye know that I am the Lord Jehovah.
24यसकारण इजकिएल तिम्रो निम्ति एउटा उदाहरण हो। तिमीले त्यही सब गर्नेछौ जुन उसले गर्यो। दण्डको समय आउँनेछ अनि तिमीहरूले थाहा पाउँनेछौ ‘म नै परमप्रभु हुँ।”‘
25And thou, son of man, shall it not be in the day when I take from them their strength, the joy of their glory, the desire of their eyes, and that whereupon they set their heart, their sons and their daughters,
25“हे मानिसको छोरा! म त्यो सुरक्षित भूमि यरूशलेम मानिसहरूबाट लिनेछु। त्यो सुन्दर भूमिले तिनीहरूलाई आनन्दित पारिरहेछ। तिनीहरूले त्यो स्थान हेर्न मन पराउँछन्। तिनीहरूले साँच्चै त्यो स्थानलाई प्रेम गर्छन्। तर त्यस समय म शहर अनि तिनीहरूको नानीहरू तिनीहरूबाट लिन्छु।
26that in that day he that escapeth shall come unto thee, to cause thee to hear it with thine ears?
26बाँच्नेहरू मध्ये एकजनाले तिमी कहाँ नराम्रो समाचार लिएर आउनेछ।
27In that day shall thy mouth be opened to him that is escaped, and thou shalt speak, and be no more dumb: so shalt thou be a sign unto them; and they shall know that I am Jehovah.
27त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्तैनौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् ‘म नै परमप्रभु हुँ।”‘