American Standard Version

Nepali

Genesis

26

1And there was a famine in the land, besides the first famine that was in the days of Abraham. And Isaac went unto Abimelech king of the Philistines, unto Gerar.
1एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए।
2And Jehovah appeared unto him, and said, Go not down into Egypt. Dwell in the land which I shall tell thee of.
2परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। उहाँले इसहाकलाई भन्नुभयो, “मिश्र देश नजाऊ, त्यस ठाउँमा जाऊ जुन म तिमीलाई देखाउनेछु।
3Sojourn in this land, and I will be with thee, and will bless thee. For unto thee, and unto thy seed, I will give all these lands, and I will establish the oath which I sware unto Abraham thy father.
3त्यही देशमा बस तब म तलाईं सहायता गर्नेछु। म तलाईं आशिर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ।
4And I will multiply thy seed as the stars of heaven, and will give unto thy seed all these lands. And in thy seed shall all the nations of the earth be blessed.
4म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्।
5Because that Abraham obeyed my voice, and kept my charge, my commandments, my statutes, and my laws.
5म यस्तो यसैले गरिरहेकोछु किनभने तेरो बाबु अब्राहामले मेरो आज्ञा पालन गरे अनि मैले जे जे भने ती सब गरे। अब्राहामले मेरो आज्ञा, मेरो विधिहरू र मेरो नियमहरूको पालन गरे।”
6And Isaac dwelt in Gerar.
6इसहाक गरारमै बसे।
7And the men of the place asked him of his wife. And he said, She is my sister. For he feared to say, My wife. Lest, [said he], the men of the place should kill me for Rebekah. Because she was fair to look upon.
7इसहाककी पत्नी रिबेका अत्यन्तै सुन्दरी थिइन। त्यस ठाउँका मानिसहरूले इसहाकलाई रिबेकाको विषयमा सोधे। इसहाकले भने, “यो मेरो बहिनी हो।” इसहाकले रिबेकालाई आफ्नो पत्नी हो भन्न डरायो। इसहाक रिबेकालाई पाउँनुको निम्ति मानिसहरूले उसलाई मार्न सक्छन् भनेर डराउँथ्यो।
8And it came to pass, when he had been there a long time, that Abimelech king of the Philistines looked out at a window, and saw, and, behold, Isaac was sporting with Rebekah his wife.
8जब इसहाक त्यहाँ धेरै दिनसम्म बसे तब एक दिन अबीमेलेकले आफ्नो झ्यालबाट हेरे अनि इसहाक रिबेकासित जिस्की रहेको देखे।
9And Abimelech called Isaac, and said, Behold, of a surety she is thy wife. And how saidst thou, She is my sister? And Isaac said unto him, Because I said, Lest I die because of her.
9अबीमेलेकले इसहाकलाई बोलाए अनि भने, “यो आइमाई तेरी पत्नी रहेछ, तर तैंले हामीलाई किन तेरो बहिनी हो भनेर भनिस्?” इसहाकले उसलाई भने, “म डराएँ कतै तिमीले उसलाई आफ्नो बनाउनुको निम्ति मलाई मार्नेछौ।”
10And Abimelech said, What is this thou hast done unto us? One of the people might easily have lain with thy wife, and thou wouldest have brought guiltiness upon us.
10अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्यौ। हाम्रा कोही पनि मानिस तिम्री पत्नीसित सुत्न सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।”
11And Abimelech charged all the people, saying, He that toucheth this man or his wife shall surely be put to death.
11तब अबीमेलेकले सबै मानिसहरूलाई चेतावनी दिए अनि भने, “तिनीहरूले त्यस मानिस र तिनकी पत्नीलाई नोक्सान नपुर्याउनु। यदि कसैले तिनीहरूलाई नोक्सान पुर्याउँछ भने उसलाई निश्चय नै मारिनेछ।”
12And Isaac sowed in that land, and found in the same year a hundredfold. And Jehovah blessed him.
12इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस वर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो।
13And the man waxed great, and grew more and more until he became very great.
13इसहाक धनी भए। उनले त्यस बेलासम्म सम्पत्ति बटुली बसे जब सम्म उसंग धेरैभन्दा धेरै सम्पत्ति भएन।
14And he had possessions of flocks, and possessions of herds, and a great household. And the Philistines envied him.
14ऊसित धेरै बगाल अनि हूल गाई बस्तुहरू थिए। कमारा-कमारीहरू पनि उनकोमा घेरै नै थिए। सबै पलिश्तीहरू ऊ सँग आरीस गर्थे।
15Now all the wells which his father's servants had digged in the days of Abraham his father, the Philistines had stopped, and filled with earth.
15यसैले धेरै वर्ष अघि इसहाकका बाबु अब्राहाम र तिनका नोकरहरूले बनाएका कूवाहरू पलिश्तीहरूले ध्वंश पारिदिए। पलिश्तीहरूले कूवाहरूमा मैला हालेर भरिदिए।
16And Abimelech said unto Isaac, Go from us. For thou art much mightier than we.
16अनि अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडी देऊ। तिमी हामी भन्दा धेरै शक्तिशाली भएकाछौ।”
17And Isaac departed thence, and encamped in the valley of Gerar, and dwelt there.
17यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गरारको उपत्यकामा बसे।
18And Isaac digged again the wells of water, which they had digged in the days of Abraham his father. For the Philistines had stopped them after the death of Abraham. And he called their names after the names by which his father had called them.
18त्यस समयभन्दा धेरै अघि अब्राहामले धेरै कूवाहरू खनाएका थिए। जब अब्राहामको मृत्यु भयो, पलिश्तीहरूले सबै कूवाहरूमा माटो हालेर पुरिदिए। यसर्थ इसहाक त्यहाँ गएर फेरि ती कूवाहरू खानाए अनि उनका बाबु अब्राहामले जे जे नाउँ ती कूवाहरूको राखेका थिए तीनै नाउँ राखे।
19And Isaac's servants digged in the valley, and found there a well of springing water.
19इसहाकका नोकरहरूले पनि त्यो सानो नदीको नजिक एउटा कूवा खने। त्यस कूवाबाट पानीको एउटा मूल बग्न थाल्यो।
20And the herdsmen of Gerar strove with Isaac's herdsmen, saying, The water is ours. And he called the name of the well Esek, because they contended with him.
20तर जो मानिसहरूले गरार बेंसीमा भेडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा गरेका थिए।
21And they digged another well, and they strove for that also. And he called the name of it Sitnah.
21त्यसपछि इसहाकका नोकरहरूले अझ अर्को एक कूवा खने। त्यस जग्गाका मानिसहरूले पनि त्यस कूवाको निम्ति झगडा गरे। यसर्थ इसहाकले त्यस कूवाको नाउँ पनि सित्ना राखे।
22And he removed from thence, and digged another well. And for that they strove not. And he called the name of it Rehoboth. And he said, For now Jehovah hath made room for us, and we shall be fruitful in the land.
22इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ।” हामी अघि बढनेछौं अनि सफल हुनेछौं।”
23And he went up from thence to Beer-sheba.
23त्यस भूमिबाट इसहाक बेर्शेबा गए।
24And Jehovah appeared unto him the same night, and said, I am the God of Abraham thy father. Fear not, for I am with thee, and will bless thee, and multiply thy seed for my servant Abraham's sake.
24त्यस रात परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। परमप्रभुले भन्नुभयो, “म तेरो बाबु अब्राहामका परमेशवर हुँ। नडरा, म तँसित छु र म तलाईं आशीर्वाद दिनेछु। मेरो दास अब्राहामको कारणले म तेरो परिवारलाई विशाल बनाउनेछु।”
25And he builded an altar there, and called upon the name of Jehovah, and pitched his tent there. And there Isaac's servants digged a well.
25यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए।
26Then Abimelech went to him from Gerar, and Ahuzzath his friend, and Phicol the captain of his host.
26अबीमेलेक इसहाकलाई भेट्न गरारबाट आए। तिनीसंग आफ्नो सल्लाहकार अहुज्जत र सैन्य सेनापनि पीकोललाई पनि ल्याएको थिए।
27And Isaac said unto them, Wherefore are ye come unto me, seeing ye hate me, and have sent me away from you?
27इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियौ। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियौ।”
28And they said, We saw plainly that Jehovah was with thee. And we said, Let there now be an oath betwixt us, even betwixt us and thee, and let us make a covenant with thee,
28उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ।
29that thou wilt do us no hurt, as we have not touched thee, and as we have done unto thee nothing but good, and have sent thee away in peace. Thou art now the blessed of Jehovah.
29हामीले तिमीलाई कुनै नोक्सान गरेका थिएनौ र अब तिमीले वचन दिनु पर्छ तिमीले पनि हाम्रो केही नोक्सान गर्ने छैनौ। हामीले तिमीलाई पठायौं तर हामीले शान्तिसितै पठायौं। अब यो निश्चित छ परमप्रभुले तिमीलाई आशीर्वाद दिनु भएको छ।”
30And he made them a feast, and they did eat and drink.
30त्यसकाराण इसहाकले तिनीहरुलाई उधुय-भोज दिए। तिनीहरू सबैले खाए अनि पिए।
31And they rose up betimes in the morning, and sware one to another. And Isaac sent them away, and they departed from him in peace.
31अर्को दिन बिहान तिनीहरू प्रत्येक मानिसले कसम खाए अनि त्यसपछि इसहाकले तिनीहरूलाई शान्तिसित विदा दिए अनि तिनीहरू पनि सकुशल फर्के।
32And it came to pass the same day, that Isaac's servants came, and told him concerning the well which they had digged, and said unto him, We have found water.
32त्यसदिन इसहाकका नोकरहरू आए तिनीहरूले खनेको कूवाहरूको विषयमा बताए। नोकरहरूले भने, “हामीहरूले ती कूवाहरूबाट पानी पियौं।”
33And he called it Shibah. Therefore the name of the city is Beer-sheba unto this day.
33यसकारण इसहाकले त्यसको नाउँ शिबा राखे र अहिले पनि त्यस शहरको नाउँ बेर्शेबा भनिन्छ। एसाव र उनका पत्नीहरू
34And when Esau was forty years old he took to wife Judith the daughter of Beeri the Hittite, and Basemath the daughter of Elon the Hittite.
34जब एसाव चालीस वर्ष पुगे उनले हित्ती स्त्रीहरूसित विवाह गरे। एक जना बेरीकी छोरी यहूदीत थिइन् अर्की एलोनकी छोरी बासमत थिइन्। 35यी विवाहले इसहाक अनि रिबेकाको मन दुःखले भरिदियो।
35And they were a grief of mind unto Isaac and to Rebekah.
35[This verse may not be a part of this translation]