American Standard Version

Nepali

Genesis

27

1And it came to pass, that when Isaac was old, and his eyes were dim, so that he could not see, he called Esau his elder son, and said unto him, My son. And he said unto him, Here am I.
1इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।” एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”
2And he said, Behold now, I am old, I know not the day of my death.
2इसहाकले भने, “हेर, म बूढा भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु।
3Now therefore take, I pray thee, thy weapons, thy quiver and thy bow, and go out to the field, and take me venison.
3अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर।
4And make me savory food, such as I love, and bring it to me, that I may eat. That my soul may bless thee before I die.
4मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।”
5And Rebekah heard when Isaac spake to Esau his son. And Esau went to the field to hunt for venison, and to bring it.
5यसर्थ एसाव शिकार खेल्न गए। याकूबले चलाखी गर्छ जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ।
6And Rebekah spake unto Jacob her son, saying, Behold, I heard thy father speak unto Esau thy brother, saying,
6रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें।
7Bring me venison, and make me savory food, that I may eat, and bless thee before Jehovah before my death.
7तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’
8Now therefore, my son, obey my voice according to that which I command thee.
8यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर।
9Go now to the flock, and fetch me from thence two good kids of the goats. And I will make them savory food for thy father, such as he loveth.
9आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्।
10And thou shalt bring it to thy father, that he may eat, so that he may bless thee before his death.
10त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”
11And Jacob said to Rebekah his mother, Behold, Esau my brother is a hairy man, and I am a smooth man.
11तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन।
12My father peradventure will feel me, and I shall seem to him as a deceiver. And I shall bring a curse upon me, and not a blessing.
12यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशिर्वाद दिने छैनन्। किनभने मैले उनीसंग हिंड्ने प्रयत्न गरे।”
13And his mother said unto him, Upon me be thy curse, my son. Only obey my voice, and go fetch me them.
13यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”
14And he went, and fetched, and brought them to his mother. And his mother made savory food, such as his father loved.
14यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्।
15And Rebekah took the goodly garments of Esau her elder son, which were with her in the house, and put them upon Jacob her younger son.
15त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्।
16And she put the skins of the kids of the goats upon his hands, and upon the smooth of his neck.
16रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई।
17And she gave the savory food and the bread, which she had prepared, into the hand of her son Jacob.
17तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।
18And he came unto his father, and said, My father. And he said, Here am I. Who art thou, my son?
18याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।” अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”
19And Jacob said unto his father, I am Esau thy first-born; I have done according as thou badest me: arise, I pray thee, sit and eat of my venison, that thy soul may bless me.
19याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”
20And Isaac said unto his son, How is it that thou hast found it so quickly, my son? And he said, Because Jehovah thy God sent me good speed.
20तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?” याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”
21And Isaac said unto Jacob, Come near, I pray thee, that I may feel thee, my son, whether thou be my very son Esau or not.
21तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज त, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”
22And Jacob went near unto Isaac his father. And he felt him, and said, The voice is Jacob's voice, but the hands are the hands of Esau.
22यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौले भरिएकोले एसाव जस्तै लाग्छ।”
23And he discerned him not, because his hands were hairy, as his brother Esau's hands. So he blessed him.
23इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।
24And he said, Art thou my very son Esau? And he said, I am.
24इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?” याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”
25And he said, Bring it near to me, and I will eat of my son's venison, that my soul may bless thee. And he brought it near to him, and he did eat. And he brought him wine, and he drank.
25तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।
26And his father Isaac said unto him, Come near now, and kiss me, my son.
26त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिके आएर मलाई चुम्बन गर्”।
27And he came near, and kissed him. And he smelled the smell of his raiment, and blessed him, and said, See, the smell of my son Is as the smell of a field which Jehovah hath blessed.
27तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने, “मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको खेतको सुगन्ध झैं होस्।
28And God five thee of the dew of heaven, And of the fatness of the earth, And plenty of grain and new wine.
28परमप्रभुले तँलाईं धेरै वर्षा दिऊन् जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।
29Let peoples serve thee, And nations bow down to thee. Be lord over thy brethren, And let thy mother's sons bow down to thee. Cursed be every one that curseth thee, And blessed be every one that blesseth thee.
29सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”
30And it came to pass, as soon as Isaac had made an end of blessing Jacob, and Jacob was yet scarce gone out from the presence of Isaac his father, that Esau his brother came in from his hunting.
30इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए।
31And he also made savory food, and brought it unto his father. And he said unto his father, Let my father arise, and eat of his son's venison, that thy soul may bless me.
31एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।
32And Isaac his father said unto him, Who art thou? And he said, I am thy son, thy first-born, Esau.
32तर इसहाकले उसलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”
33And Isaac trembled very exceedingly, and said, Who then is he that hath taken venison, and brought it me, and I have eaten of all before thou camest, and have blessed him? Yea, [and] he shall be blessed.
33तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”
34When Esau heard the words of his father, he cried with an exceeding great and bitter cry, and said unto his father, Bless me, even me also, O my father.
34एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”
35And he said, Thy brother came with guile, and hath taken away thy blessing.
35इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”
36And he said, Is not he rightly name Jacob? for he hath supplanted me these two time. He took away my birthright. And, behold, now he hath taken away my blessing. And he said, Hast thou not reserved a blessing for me?
36एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?”
37And Isaac answered and said unto Esau, Behold, I have made him thy lord, and all his brethren have I given to him for servants. And with grain and new wine have I sustained him. And what then shall I do for thee, my son?
37इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”
38And Esau said unto his father, Hast thou but one blessing, my father? Bless me, even me also, O my father. And Esau lifted up his voice, and wept.
38तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले।
39And Isaac his father answered and said unto him, Behold, of the fatness of the earth shall be thy dwelling, And of the dew of heaven from above.
39तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।
40And by thy sword shalt thou live, and thou shalt serve thy brother. And it shall come to pass, when thou shalt break loose, That thou shalt shake his yoke from off thy neck.
40तैंले बाँच्नको निम्ति संघर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”
41And Esau hated Jacob because of the blessing wherewith his father blessed him. And Esau said in his heart, The days of mourning for my father are at hand. Then will I slay my brother Jacob.
41यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”
42And the words of Esau her elder son were told to Rebekah. And she sent and called Jacob her younger son, and said unto him, Behold, thy brother Esau, as touching thee, doth comfort himself, [purposing] to kill thee.
42एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्‌यन्त्र रचिरहेको छ।
43Now therefore, my son, obey my voice. And arise, flee thou to Laban my brother to Haran.
43यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।
44And tarry with him a few days, until thy brother's fury turn away.
44त्यहाँ उसित केही समयको निम्ति बस्। जब सम्म दाज्यू रिसाउन छाडदैन त्यतिञ्जेल तँ त्यही बस।
45Until thy brother's anger turn away from thee, and he forget that which thou hast done to him. Then I will send, and fetch thee from thence. Why should I be bereaved of you both in one day?
45केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”
46And Rebekah said to Isaac, I am weary of my life because of the daughters of Heth. If Jacob take a wife of the daughters of Heth, such as these, of the daughters of the land, what good shall my life do me?
46तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”