American Standard Version

Nepali

Jeremiah

1

1The words of Jeremiah the son of Hilkiah, of the priests that were in Anathoth in the land of Benjamin:
1यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ।
2to whom the word of Jehovah came in the days of Josiah the son of Amon, king of Judah, in the thirteenth year of his reign.
2योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौ वर्षमा यस्तो शुरू भयो।
3It came also in the days of Jehoiakim the son of Josiah, king of Judah, unto the end of the eleventh year of Zedekiah, the son of Josiah, king of Judah, unto the carrying away of Jerusalem captive in the fifth month.
3योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।
4Now the word of Jehovah came unto me, saying,
4परमप्रभुको यो सन्देश मकहाँ आयो
5Before I formed thee in the belly I knew thee, and before thou camest forth out of the womb I sanctified thee; I have appointed thee a prophet unto the nations.
5“मैले तिमीलाई तिम्रो आमाको गर्भमा गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजे।”
6Then said I, Ah, Lord Jehovah! behold, I know not how to speak; for I am a child.
6तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”
7But Jehovah said unto me, Say not, I am a child; for to whomsoever I shall send thee thou shalt go, and whatsoever I shall command thee thou shalt speak.
7तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
8Be not afraid because of them; for I am with thee to deliver thee, saith Jehovah.
8कसैसित नडराऊ। म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।
9Then Jehovah put forth his hand, and touched my mouth; and Jehovah said unto me, Behold, I have put my words in thy mouth:
9तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
10see, I have this day set thee over the nations and over the kingdoms, to pluck up and to break down and to destroy and to overthrow, to build and to plant.
10आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
11Moreover the word of Jehovah came unto me, saying, Jeremiah, what seest thou? And I said, I see a rod of an almond-tree.
11परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो “यर्मिया, तिमीले के देख्छौं?” मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।”
12Then said Jehovah unto me, Thou hast well seen: for I watch over my word to perform it.
12परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछ अनि म यो गर्नेछु।”
13And the word of Jehovah came unto me the second time, saying, What seest thou? And I said, I see a boiling caldron; and the face thereof is from the north.
13परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?” मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”
14Then Jehovah said unto me, Out of the north evil shall break forth upon all the inhabitants of the land.
14परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।
15For, lo, I will call all the families of the kingdoms of the north, saith Jehovah; and they shall come, and they shall set every one his throne at the entrance of the gates of Jerusalem, and against all the walls thereof round about, and against all the cities of Judah.
15म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।” परमप्रभुले ती कुराहरू भन्नुभयो। “ती राज्यहरूका राजाहरू आउनेछन् अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्। तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्। तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।
16And I will utter my judgments against them touching all their wickedness, in that they have forsaken me, and have burned incense unto other gods, and worshipped the works of their own hands.
16अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।
17Thou therefore gird up thy loins, and arise, and speak unto them all that I command thee: be not dismayed at them, lest I dismay thee before them.
17यर्मिया तिमी चाहिँ, तैयार हौ उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आदेश तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ नत्र म तिमीलाई भयभीत पार्नेछु।
18For, behold, I have made thee this day a fortified city, and an iron pillar, and brazen walls, against the whole land, against the kings of Judah, against the princes thereof, against the priests thereof, and against the people of the land.
18आज म तिमीलाई फलामको खम्बा झैं अनि काँसाको पर्खाल झैं बलियो र दृढ शहर बनाउनेछु। यहूदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने तिमी उभिन सक्नेछौ।
19And they shall fight against thee; but they shall not prevail against thee: for I am with thee, saith Jehovah, to deliver thee.
19ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन् तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्। किन? किनभने म तिमीसँग छु, अनि म तिमीलाई बचाउने छु।” यो सन्देश परमेश्वरबाट आएको हो।