1And the word of Jehovah came to me, saying,
1परमेश्वरको यो सन्देश मकहाँ आयो,
2Go, and cry in the ears of Jerusalem, saying, Thus saith Jehovah, I remember for thee the kindness of thy youth, the love of thine espousals; how thou wentest after me in the wilderness, in a land that was not sown.
2“जाऊ अनि यरूशलेमका मानिसहरूलाई भन, “यो सन्देश परमप्रभुको हो “‘जब तिमीहरू युवा अवस्थामा थियौ त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरूभूमि भरि र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ।
3Israel [was] holiness unto Jehovah, the first-fruits of his increase: all that devour him shall be held guilty; evil shall come upon them, saith Jehovah.
3इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो अनि तिनीहरूमाथि कष्ट आइपर्यो।”‘ यो सन्देश परमेश्वरबाट आएको थियो।
4Hear ye the word of Jehovah, O house of Jacob, and all the families of the house of Israel:
4हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देशमा कान थाप। हे इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन।
5thus saith Jehovah, What unrighteousness have your fathers found in me, that they are gone far from me, and have walked after vanity, and are become vain?
5परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
6Neither said they, Where is Jehovah that brought us up out of the land of Egypt, that led us through the wilderness, through a land of deserts and of pits, through a land of drought and of the shadow of death, through a land that none passed through, and where no man dwelt?
6तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुखा र उजाड भूमिमा डोर्याउन भयो। परमप्रभुले हामीलाई अंन्घकार र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?”“
7And I brought you into a plentiful land, to eat the fruit thereof and the goodness thereof; but when ye entered, ye defiled my land, and made my heritage an abomination.
7परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले परिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।
8The priests said not, Where is Jehovah? and they that handle the law knew me not: the rulers also transgressed against me, and the prophets prophesied by Baal, and walked after things that do not profit.
8पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन् मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”
9Wherefore I will yet contend with you, saith Jehovah, and with your children's children will I contend.
9परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु।
10For pass over to the isles of Kittim, and see; and send unto Kedar, and consider diligently; and see if there hath been such a thing.
10समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
11Hath a nation changed [its] gods, which yet are no gods? but my people have changed their glory for that which doth not profit.
11के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।
12Be astonished, O ye heavens, at this, and be horribly afraid, be ye very desolate, saith Jehovah.
12“यस्ता कुराहरू घट्ता आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो।
13For my people have committed two evils: they have forsaken me, the fountain of living waters, and hewed them out cisterns, broken cisterns, that can hold no water.
13“मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।
14Is Israel a servant? is he a home-born [slave]? why is he become a prey?
14“के इस्राएलका मानिसहरू कमारो भए? के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो? किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्?
15The young lions have roared upon him, and yelled; and they have made his land waste: his cities are burned up, without inhabitant.
15इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्। तिनीहरू गर्जन्छन्। तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए। तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए, यसर्थ त्यहाँ कोही बस्दैन।
16The children also of Memphis and Tahpanhes have broken the crown of thy head.
16नोप र तहपन्नेसबाट आएका मानिसहरूले तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए।
17Hast thou not procured this unto thyself, in that thou hast forsaken Jehovah thy God, when he led thee by the way?
17यो समस्या तिम्रो आफ्नै दोषले हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याइरहनु हुँदै थियो, तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।
18And now what hast thou to do in the way to Egypt, to drink the waters of the Shihor? or what hast thou to do in the way to Assyria, to drink the waters of the River?
18यहूदाका मानिसहरू यस विषयमा सोच अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ? परात नदीको पानी पिउन किन अश्शूर जान्छौ?
19Thine own wickedness shall correct thee, and thy backslidings shall reprove thee: know therefore and see that it is an evil thing and a bitter, that thou hast forsaken Jehovah thy God, and that my fear is not in thee, saith the Lord, Jehovah of hosts.
19तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
20For of old time I have broken thy yoke, and burst thy bonds; and thou saidst, I will not serve; for upon every high hill and under every green tree thou didst bow thyself, playing the harlot.
20“हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटा यौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।
21Yet I had planted thee a noble vine, wholly a right seed: how then art thou turned into the degenerate branches of a foreign vine unto me?
21यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याँग भयो जसले नराम्रो फल फलाउँदछ?
22For though thou wash thee with lye, and take thee much soap, yet thine iniquity is marked before me, saith the Lord Jehovah.
22तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।
23How canst thou say, I am not defiled, I have not gone after the Baalim? see thy way in the valley, know what thou hast done: [thou art] a swift dromedary traversing her ways;
23“हे यहूदाका मानिसहरू हो! तिमीहरूले कसरी मलाई भन्न सक्छौं, ‘म मैला छैन, मैले बाल मूर्तिहरू’ पूजेको छैन। तिमीहरूको कर्महरूलाई बेंसीमा हेर। तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर। तिमीहरू यता र उता दुगुर्ने फुर्ति ऊँठहरू जस्ता छौ।
24a wild ass used to the wilderness, that snuffeth up the wind in her desire; in her occasion who can turn her away? all they that seek her will not weary themselves; in her month they shall find her.
24तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे। त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।
25Withhold thy foot from being unshod, and thy throat from thirst: but thou saidst, It is in vain; no, for I have loved strangers, and after them will I go.
25खुट्टाहरू नाङ्गो नहुञ्जेल अनि घाँटी नसुकुञ्जेल दौडिन छोड। तर तिमीहरू भन्छौ, ‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु अनि म तिनीहरूकै अनुसरण गर्नेछु।’
26As the thief is ashamed when he is found, so is the house of Israel ashamed; they, their kings, their princes, and their priests, and their prophets;
26जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।
27who say to a stock, Thou art my father; and to a stone, Thou hast brought me forth: for they have turned their back unto me, and not their face; but in the time of their trouble they will say, Arise, and save us.
27ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन अनि भन्छन्, ‘तिमी मेरा पिता हौ।’ ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन् अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौ।’ तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउछन्, तर अनुहार चाँहि होइन। तर जब तिनीहरू अप्ठेरामा पर्छन, तिनीहरू मलाई भन्छन्, ‘आऊ अनि हामीलाई बचाऊ।’
28But where are thy gods that thou hast made thee? let them arise, if they can save thee in the time of thy trouble: for according to the number of thy cities are thy gods, O Judah.
28ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।
29Wherefore will ye contend with me? ye all have transgressed against me, saith Jehovah.
29तिमीहरू सबै मसित किन वहश गर्छौ? तिमीहरू सबैले मसित विद्रोह गर्छौ?” परमेश्वरबाट आएको वचन यही हो।
30In vain have I smitten your children; they received no correction: your own sword hath devoured your prophets, like a destroying lion.
30“मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए तिनीहरूलाई तिमीहरूले तरवारले काटयौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
31O generation, see ye the word of Jehovah. Have I been a wilderness unto Israel? or a land of thick darkness? wherefore say my people, We are broken loose; we will come no more unto thee?
31यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
32Can a virgin forget her ornaments, or a bride her attire? yet my people have forgotten me days without number.
32तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई धेरै चोटी भुलेका छन्।
33How trimmest thou thy way to seek love! therefore even the wicked women hast thou taught thy ways.
33हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ। वास्तवमा खराब स्त्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्।
34Also in thy skirts is found the blood of the souls of the innocent poor: thou didst not find them breaking in; but it is because of all these things.
34तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।
35Yet thou saidst, I am innocent; surely his anger is turned away from me. Behold, I will enter into judgment with thee, because thou sayest, I have not sinned.
35तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’
36Why gaddest thou about so much to change thy way? thou shalt be ashamed of Egypt also, as thou wast ashamed of Assyria.
36तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्क्यौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्क्यौ अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
37From thence also shalt thou go forth, with thy hands upon thy head: for Jehovah hath rejected those in whom thou trustest, and thou shalt not prosper with them.
37यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ। अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ। तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्न भएको छ, यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।