1They say, If a man put away his wife, and she go from him, and become another man's, will he return unto her again? will not that land be greatly polluted? But thou hast played the harlot with many lovers; yet return again to me, saith Jehovah.
1“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।
2Lift up thine eyes unto the bare heights, and see; where hast thou not been lain with? By the ways hast thou sat for them, as an Arabian in the wilderness; and thou hast polluted the land with thy whoredoms and with thy wickedness.
2“माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरूभूमिमा फिरन्ते झैं आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि “दूषित” पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।
3Therefore the showers have been withholden, and there hath been no latter rain; yet thou hast a harlot's forehead, thou refusedst to be ashamed.
3तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
4Wilt thou not from this time cry unto me, My Father, thou art the guide of my youth?
4तर अहिले तिमीले मलाई पुकारिरहेछौ, ‘पिता’ तिमीले भन्यौ, ‘तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।’
5Will he retain [his anger] for ever? will he keep it to the end? Behold, thou hast spoken and hast done evil things, and hast had thy way.
5तिमीले पनि भन्यौ, ‘परमेश्वर मसित सधैं क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”
6Moreover Jehovah said unto me in the days of Josiah the king, Hast thou seen that which backsliding Israel hath done? she is gone up upon every high mountain and under every green tree, and there hath played the harlot.
6योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
7And I said after she had done all these things, She will return unto me; but she returned not: and her treacherous sister Judah saw it.
7मैले आफैलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बाहिनी यहूदाले देखी।
8And I saw, when, for this very cause that backsliding Israel had committed adultery, I had put her away and given her a bill of divorcement, yet treacherous Judah her sister feared not; but she also went and played the harlot.
8इस्राएल अविश्वासी थिए अनि तिनले चाल पाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चाल पाइ कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं कर्म गर्नु लागि।
9And it came to pass through the lightness of her whoredom, that the land was polluted, and she committed adultery with stones and with stocks.
9यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।
10And yet for all this her treacherous sister Judah hath not returned unto me with her whole heart, but feignedly, saith Jehovah.
10इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।
11And Jehovah said unto me, Backsliding Israel hath showed herself more righteous than treacherous Judah.
11परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।
12Go, and proclaim these words toward the north, and say, Return, thou backsliding Israel, saith Jehovah; I will not look in anger upon you; for I am merciful, saith Jehovah, I will not keep [anger] for ever.
12यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर ‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।
13Only acknowledge thine iniquity, that thou hast transgressed against Jehovah thy God, and hast scattered thy ways to the strangers under every green tree, and ye have not obeyed my voice, saith Jehovah.
13तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।
14Return, O backsliding children, saith Jehovah; for I am a husband unto you: and I will take you one of a city, and two of a family, and I will bring you to Zion:
14“हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।
15and I will give you shepherds according to my heart, who shall feed you with knowledge and understanding.
15तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्।
16And it shall come to pass, when ye are multiplied and increased in the land, in those days, saith Jehovah, they shall say no more, The ark of the covenant of Jehovah; neither shall it come to mind; neither shall they remember it; neither shall they miss it; neither shall it be made any more.
16त्यस समयमा देशमा तिमीहरूको संख्या बढनेछ।” यो सन्देश परमेश्वरबाट आएको हो।” “त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्।
17At that time they shall call Jerusalem the throne of Jehovah; and all the nations shall be gathered unto it, to the name of Jehovah, to Jerusalem: neither shall they walk any more after the stubbornness of their evil heart.
17त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।
18In those days the house of Judah shall walk with the house of Israel, and they shall come together out of the land of the north to the land that I gave for an inheritance unto your fathers.
18ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाट सँगै आउनेछन। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेछन।
19But I said, How I will put thee among the children, and give thee a pleasant land, a goodly heritage of the hosts of the nations! and I said, Ye shall call me My Father, and shall not turn away from following me.
19“म, परमप्रभुले भनें, ‘म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।’ तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैं मेरो अनुसरण गर्नेछौ।
20Surely as a wife treacherously departeth from her husband, so have ye dealt treacherously with me, O house of Israel, saith Jehovah.
20तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।
21A voice is heard upon the bare heights, the weeping [and] the supplications of the children of Israel; because they have perverted their way, they have forgotten Jehovah their God.
21नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ। इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्। तिनीहरू एकदमै दुष्ट भए। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
22Return, ye backsliding children, I will heal your backslidings. Behold, we are come unto thee; for thou art Jehovah our God.
22हे विशवसहीन छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु। मानिसहरूले भन्नै पर्छ, “हामी तपाईं कहाँ आउँदैछौ तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।
23Truly in vain is [the help that is looked for] from the hills, the tumult on the mountains: truly in Jehovah our God is the salvation of Israel.
23“डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ।
24But the shameful thing hath devoured the labor of our fathers from our youth, their flocks and their herds, their sons and their daughters.
24हामीहरू युवास्था देखि नै झूटो देवताले हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए। तिनीहरूका भेडा, गाई-गोरूका बथानहरू अनि छोरा छोरीहरू पनि लगिदिए।
25Let us lie down in our shame, and let our confusion cover us; for we have sinned against Jehovah our God, we and our fathers, from our youth even unto this day; and we have not obeyed the voice of Jehovah our God.
25आफ्नौ लाजले हामी डुबौ अनि हामीलाई अपमानले छोपोस्। किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौ। हाम्रा पिता-पुर्खाहरूले पाप गरे अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।”