1He that separateth himself seeketh [his own] desire, And rageth against all sound wisdom.
1एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।
2A fool hath no delight in understanding, But only that his heart may reveal itself.
2मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।
3When the wicked cometh, there cometh also contempt, And with ignominy [cometh] reproach.
3जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ।
4The words of a man's mouth are [as] deep waters; The wellspring of wisdom is [as] a flowing brook.
4मानिसका बचनहरू गहिरो पानी झैं हुन्, ज्ञानको स्रोत एउटा बेग्ले बग्ने झरना झैं हो।
5To respect the person of the wicked is not good, [Nor] to turn aside the righteous in judgment.
5एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।
6A fool's lips enter into contention, And his mouth calleth for stripes.
6मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ उसको मुखले थप्पड खोज्छ।
7A fool's mouth is his destruction, And his lips are the snare of his soul.
7मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओठहरू एउटा पासो जस्तै हो उसको आफ्नै जीवनलाई समात्छ।
8The words of a whisperer are as dainty morsels, And they go down into the innermost parts.
8मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।
9He also that is slack in his work Is brother to him that is a destroyer.
9यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरि गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो।
10The name of Jehovah is a strong tower; The righteous runneth into it, and is safe.
10परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।
11The rich man's wealth is his strong city, And as a high wall in his own imagination.
11एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।
12Before destruction the heart of man is haughty; And before honor [goeth] humility.
12मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।
13He that giveth answer before he heareth, It is folly and shame unto him.
13जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।
14The spirit of a man will sustain his infirmity; But a broken spirit who can bear?
14जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ?
15The heart of the prudent getteth knowledge; And the ear of the wise seeketh knowledge.
15एकजना विवेकशीलले मानिसले सधैं केही चीज सिक्न चाहँन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ।
16A man's gift maketh room for him, And bringeth him before great men.
16उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महापुरूषहरूको सामुन्ने पुग्न सक्छ।
17He that pleadeth his cause first [seemeth] just; But his neighbor cometh and searcheth him out.
17आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुञ्जेलसम्म सही जस्तो लाग्छ।
18The lot causeth contentions to cease, And parteth between the mighty.
18गोला हालेर झगडा मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्द्विहरूलाई छुट्टाइन्छ।
19A brother offended [is harder to be won] than a strong city; And [such] contentions are like the bars of a castle.
19यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।
20A man's belly shall be filled with the fruit of his mouth; With the increase of his lips shall he be satisfied.
20आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ त्यसमा ऊ सन्तुष्ट हुन्छ।
21Death and life are in the power of the tongue; And they that love it shall eat the fruit thereof.
21आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।
22Whoso findeth a wife findeth a good thing, And obtaineth favor of Jehovah.
22जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
23The poor useth entreaties; But the rich answereth roughly.
23गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्।
24He that maketh many friends [doeth it] to his own destruction; But there is a friend that sticketh closer than a brother.
24धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै भित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्युभाई भन्दा पनि विश्वासीहुन्छ।