1Better is the poor that walketh in his integrity Than he that is perverse in his lips and is a fool.
1कुटिलता पूर्ण प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।
2Also, that the soul be without knowledge is not good; And he that hasteth with his feet sinneth.
2बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।
3The foolishness of man subverteth his way; And his heart fretteth against Jehovah.
3मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
4Wealth addeth many friends; But the poor is separated from his friend.
4धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।
5A false witness shall not be unpunished; And he that uttereth lies shall not escape.
5झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।
6Many will entreat the favor of the liberal man; And every man is a friend to him that giveth gifts.
6धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।
7All the brethren of the poor do hate him: How much more do his friends go far from him! He pursueth [them with] words, [but] they are gone.
7गरीब मानिस सित आफन्तहरू पनि टक्टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।
8He that getteth wisdom loveth his own soul: He that keepeth understanding shall find good.
8बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैं उन्नति गरिरहन्छ।
9A false witness shall not be unpunished; And he that uttereth lies shall perish.
9एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।
10Delicate living is not seemly for a fool; Much less for a servant to have rule over princes.
10मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमारमाथि शासन गर्नु हुँदैन।
11The discretion of a man maketh him slow to anger; And it is his glory to pass over a transgression.
11ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।
12The king's wrath is as the roaring of a lion; But his favor is as dew upon the grass.
12राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।
13A foolish son is the calamity of his father; And the contentions of a wife are a continual dropping.
13मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।
14House and riches are an inheritance from fathers; But a prudent wife is from Jehovah.
14धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।
15Slothfulness casteth into a deep sleep; And the idle soul shall suffer hunger.
15अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।
16He that keepeth the commandment keepeth his soul; [But] he that is careless of his ways shall die.
16जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।
17He that hath pity upon the poor lendeth unto Jehovah, And his good deed will he pay him again.
17गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता तिर्नु हुनेछ।
18Chasten thy son, seeing there is hope; nd set not thy heart on his destruction.
18सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
19A man of great wrath shall bear the penalty; For if thou deliver [him], thou must do it yet again.
19यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।
20Hear counsel, and receive instruction, That thou mayest be wise in thy latter end.
20उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
21There are many devices in a man's heart; But the counsel of Jehovah, that shall stand.
21मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ, त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।
22That which maketh a man to be desired is his kindness; And a poor man is better than a liar.
22विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।
23The fear of Jehovah [tendeth] to life; And he [that hath it] shall abide satisfied; He shall not be visited with evil.
23परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।
24The sluggard burieth his hand in the dish, And will not so much as bring it to his mouth again.
24एकजना अल्छेले उसको हात भाडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।
25Smite a scoffer, and the simple will learn prudence; And reprove one that hath understanding, [and] he will understand knowledge.
25मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।
26He that doeth violence to his father, and chaseth away his mother, Is a son that causeth shame and bringeth reproach.
26जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।
27Cease, my son, to hear instruction [Only] to err from the words of knowledge.
27हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।
28A worthless witness mocketh at justice; And the mouth of the wicked swalloweth iniquity.
28झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरू द्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।
29Judgments are prepared for scoffers, And stripes for the back of fools.
29जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।