1The words of Agur the son of Jakeh; The oracle. The man saith unto Ithiel, unto Ithiel and Ucal:
1यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्,
2Surely I am more brutish than any man, And have not the understanding of a man;
2अरू कुनै मानिस भन्दा म धैरे अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।
3And I have not learned wisdom, Neither have I the knowledge of the Holy One.
3मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ।
4Who hath ascended up into heaven, and descended? Who hath gathered the wind in his fists? Who hath bound the waters in his garment? Who hath established all the ends of the earth? What is his name, and what is his son's name, if thou knowest?
4स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?
5Every word of God is tried: He is a shield unto them that take refuge in him.
5परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।
6Add thou not unto his words, Lest he reprove thee, and thou be found a liar.
6यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।
7Two things have I asked of thee; Deny me [them] not before I die:
7हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुईओटा चीज माग्नेछु औ ती हुन्,
8Remove far from me falsehood and lies; Give me neither poverty nor riches; Feed me with the food that is needful for me:
8मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।
9Lest I be full, and deny [thee], and say, Who is Jehovah? Or lest I be poor, and steal, And use profanely the name of my God.
9यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।
10Slander not a servant unto his master, Lest he curse thee, and thou be held guilty.
10मालिक अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।
11There is a generation that curse their father, And bless not their mother.
11कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।
12There is a generation that are pure in their own eyes, And [yet] are not washed from their filthiness.
12केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।
13There is a generation, oh how lofty are their eyes! And their eyelids are lifted up.
13केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।
14There is a generation whose teeth are [as] swords, and their jaw teeth [as] knives, To devour the poor from off the earth, and the needy from among men.
14मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।
15The horseleach hath two daughters, [crying], Give, give. There are three things that are never satisfied, [Yea], four that say not, Enough:
15जूकाका दुई जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन् चौथोले कदापि प्रयाप्त भयो भन्दैन।
16Sheol; and the barren womb; The earth that is not satisfied with water; And the fire that saith not, Enough.
16चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”
17The eye that mocketh at his father, And despiseth to obey his mother, The ravens of the valley shall pick it out, And the young eagles shall eat it.
17जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।
18There are three things which are too wonderful for me, Yea, four which I know not:
18तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ।
19The way of an eagle in the air; The way of a serpent upon a rock; The way of a ship in the midst of the sea; And the way of a man with a maiden.
19आकाशमा उडने गरूडको चाल, चट्टानमा घस्रने साँपको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल।
20So is the way of an adulterous woman; She eateth, and wipeth her mouth, And saith, I have done no wickedness.
20यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”
21For three things the earth doth tremble, And for four, [which] it cannot bear:
21यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन।
22For a servant when he is king; And a fool when he is filled with food;
22एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ।
23For an odious woman when she is married; And a handmaid that is heir to her mistress.
23माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे।
24There are four things which are little upon the earth, But they are exceeding wise:
24पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन।
25The ants are a people not strong, Yet they provide their food in the summer;
25कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।
26The conies are but a feeble folk, Yet make they their houses in the rocks;
26पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन् तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।
27The locusts have no king, Yet go they forth all of them by bands;
27सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।
28The lizard taketh hold with her hands, Yet is she in kings' palaces.
28अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।
29There are three things which are stately in their march, Yea, four which are stately in going:
29तीनओटा प्राणीहरू आर्कषक ढंगले हिंडछन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिंडछन्।
30The lion, which is mightiest among beasts, And turneth not away for any;
30सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।
31The greyhound; the he-goat also; And the king against whom there is no rising up.
31लचकमा हिंडने कुखुराको भाले, र बोका अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।
32If thou hast done foolishly in lifting up thyself, Or if thou hast thought evil, [Lay] thy hand upon thy mouth.
32यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।
33For the churning of milk bringeth forth butter, And the wringing of the nose bringeth forth blood; So the forcing of wrath bringeth forth strife.
33जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउदा झगडा मच्चिन्छ।