1The words of king Lemuel; the oracle which his mother taught him.
1यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
2What, my son? and what, O son of my womb? And what, O son of my vows?
2तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ।
3Give not thy strength unto women, Nor thy ways to that which destroyeth kings.
3स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।
4It is not for kings, O Lemuel, it is not for kings to drink wine; Nor for princes [to say], Where is strong drink?
4लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन।
5Lest they drink, and forget the law, And pervert the justice [due] to any that is afflicted.
5तिनीहरूले ज्यादै पिएर यस्तो हुनु सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।
6Give strong drink unto him that is ready to perish, And wine unto the bitter in soul:
6गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।
7Let him drink, and forget his poverty, And remember his misery no more.
7मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
8Open thy mouth for the dumb, In the cause of all such as are left desolate.
8तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।
9Open thy mouth, judge righteously, And minister justice to the poor and needy.
9न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।
10A worthy woman who can find? For her price is far above rubies.
10असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
11The heart of her husband trusteth in her, And he shall have no lack of gain.
11तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ अनि कहिल्यै गरीब हुनु पर्दैन।
12She doeth him good and not evil All the days of her life.
12आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार र्गछिन् अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।
13She seeketh wool and flax, And worketh willingly with her hands.
13तिनी सधैं ऊनी तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।
14She is like the merchant-ships; She bringeth her bread from afar.
14तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहीबाट पनि भोजन लिएर घर आउँछिन्।
15She riseth also while it is yet night, And giveth food to her household, And their task to her maidens.
15तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाडछिन्।
16She considereth a field, and buyeth it; With the fruit of her hands she planteth a vineyard.
16तिनी जमीन निरीक्षण र्गछिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।
17She girdeth her loins with strength, And maketh strong her arms.
17तिनी अत्यन्तै परिश्रमी छिन् अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
18She perceiveth that her merchandise is profitable: Her lamp goeth not out by night.
18आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार र्गछिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम र्गछिन्।
19She layeth her hands to the distaff, And her hands hold the spindle.
19तिनीले आफैं धागो कात्छिन अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।
20She stretcheth out her hand to the poor; Yea, she reacheth forth her hands to the needy.
20गरीबलाई सधैं दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा र्गछिन्।
21She is not afraid of the snow for her household; For all her household are clothed with scarlet.
21हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।
22She maketh for herself carpets of tapestry; Her clothing is fine linen and purple.
22तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिंजाउँछिन अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।
23Her husband is known in the gates, When he sitteth among the elders of the land.
23उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
24She maketh linen garments and selleth them, And delivereth girdles unto the merchant.
24तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन् र व्यापारीहरूलाई बेच्छिन्।
25Strength and dignity are her clothing; And she laugheth at the time to come.
25तिनी बलीयी अनि मर्यादित छिन्, तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।
26She openeth her mouth with wisdom; And the law of kindness is on her tongue.
26तिनको बोलीमा ज्ञान छ र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
27She looketh well to the ways of her household, And eateth not the bread of idleness.
27तिनले आफ्नो परिवारको कामको हेरविचार र्गछिन्। तिनले कहिले अल्छी गर्दिनन्।
28Her children rise up, and call her blessed; Her husband [also], and he praiseth her, [saying]:
28तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
29Many daughters have done worthily, But thou excellest them all.
29“संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्वश्रेष्ट हौ।”
30Grace is deceitful, and beauty is vain; [But] a woman that feareth Jehovah, she shall be praised.
30आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
31Give her of the fruit of her hands; And let her works praise her in the gates.
31तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।