1After these things I saw another angel coming down out of heaven, having great authority; and the earth was lightened with his glory.
1तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो।
2And he cried with a mighty voice, saying, Fallen, fallen is Babylon the great, and is become a habitation of demons, and a hold of every unclean spirit, and a hold of every unclean and hateful bird.
2त्यो स्वर्गदूत जोडले करायो “उसको संहार भयो। बेबिलोन महानगर संहार भयो! उ अशुद्ध आत्माको बासस्थान बनियो उ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। उ सबै किसिमका अस्वच्छ पंक्षीहरु बस्ने नगर बनियो। उ हरेक अस्वच्छ औ घृणित पशुहरुको नगर बनियो।
3For by the wine of the wrath of her fornication all the nations are fallen; and the kings of the earth committed fornication with her, and the merchants of the earth waxed rich by the power of her wantonness.
3पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरुले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरु उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”
4And I heard another voice from heaven, saying, Come forth, my people, out of her, that ye have no fellowship with her sins, and that ye receive not of her plagues:
4त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने “मेरा मानिसहरु, त्यस नगरबाट बाहिर निस्क जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्ने छैनौ।
5for her sins have reached even unto heaven, and God hath remembered her iniquities.
5त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ। त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।
6Render unto her even as she rendered, and double [unto her] the double according to her works: in the cup which she mingled, mingle unto her double.
6उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरुलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
7How much soever she glorified herself, and waxed wanton, so much give her of torment and mourning: for she saith in her heart, I sit a queen, and am no widow, and shall in no wise see mourning.
7त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई। उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ। उ आफैले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ। म विधुवा होइन, मैले कहिल्यै दुख अनुभव गरिन।’
8Therefore in one day shall her plagues come, death, and mourning, and famine; and she shall be utterly burned with fire; for strong is the Lord God who judged her.
8यसर्थ यी कष्टहरु उमाथि आउनेछन् मृत्यु, शोक, अनि अनिकाल। किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।
9And the kings of the earth, who committed fornication and lived wantonly with her, shall weep and wail over her, when they look upon the smoke of her burning,
9“पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।
10standing afar off for the fear of her torment, saying, Woe, woe, the great city, Babylon, the strong city! for in one hour is thy judgment come.
10ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन् ‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
11And the merchants of the earth weep and mourn over her, for no man buyeth their merchandise any more;
11“पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।
12merchandise of gold, and silver, and precious stone, and pearls, and fine linen, and purple, and silk, and scarlet; and all thyine wood, and every vessel of ivory, and every vessel made of most precious wood, and of brass, and iron, and marble;
12तिनीहरु सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बेजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत बहुमूल्य काठ, काँसा, फलाम अनि सङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरु बेच्छन्।
13and cinnamon, and spice, and incense, and ointment, and frankincense, and wine, and oil, and fine flour, and wheat, and cattle, and sheep; and [merchandise] of horses and chariots and slaves; and souls of men.
13ती व्यापारीहरु दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेंको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा, घोडा, रथ, कमारा अनि कमारीहरु मानवआत्माहरु पनि बेच्छन्। तिनीहरु विलाप गर्नेछन् अनि भन्नेछन्
14And the fruits which thy soul lusted after are gone from thee, and all things that were dainty and sumptuous are perished from thee, and [men] shall find them no more at all.
14‘हे बेबिलोन, तिम्रो इच्छाका आर्कषित बस्तुहरुले, तिमीलाई त्यागे, तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरु अल्पिए। तिमीले ती बस्तुहरु फेरि कहिल्यै पाउने छैनौ।’
15The merchants of these things, who were made rich by her, shall stand afar off for the fear of her torment, weeping and mourning;
15“ती व्यापारीहरु त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरु नै हुन् जो यस्ता चीजहरु बेचेर धनवान भए। तिनीहरु रुनेछन् अनि शोक गर्नेछन्।
16saying, Woe, woe, the great city, she that was arrayed in fine linen and purple and scarlet, and decked with gold and precious stone and pearl!
16तिनीहरुले भन्नेछन् ‘कष्ट! कष्ट महानगरलाई, उ मिहीन मलमल, बैजनी, अनि रातो बस्त्रको पहिरनमा थिई। उ सुन, रत्न अनि मोतीहरुद्वारा चम्किकरहेकी थिई!
17for in an hour so great riches is made desolate. And every shipmaster, and every one that saileth any wither, and mariners, and as many as gain their living by sea, stood afar off,
17यी सबै वैभवहरु घण्टा भरमा ध्वंस भयो।’ “प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरु जो जहाजमा यात्रा गर्छन्, नाविकहरु अनि सम्पूर्ण मानिसहरु जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढ्ढै रहे।
18and cried out as they looked upon the smoke of her burning, saying, What [city] is like the great city?
18तिनीहरुले त्यो जलेको धुवाँ देखे। तिनीहरुले ठूलो स्वरमा भने, “यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!”
19And they cast dust on their heads, and cried, weeping and mourning, saying, Woe, woe, the great city, wherein all that had their ships in the sea were made rich by reason of her costliness! for in one hour is she made desolate.
19तिनीहरुले आफ्ना शिरमा धूलो हाले। तिनीहरुले विलाप गरे अनि अफसोस गरे। दिनीहरुले ठूलो आवजमा भने ‘कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरु जसका समुद्रमा जहाजहरु थिए, उसको सम्पत्तिद्वारा धनवान भए। तर घण्टा भरमा त्यसको ध्वंस भयो।
20Rejoice over her, thou heaven, and ye saints, and ye apostles, and ye prophets; for God hath judged your judgment on her.
20हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ खुशी बन, परमेश्वरका पवित्र मानिसहरु प्रेरितहरु अनि अगमवक्ताहरु। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।”
21And a strong angel took up a stone as it were a great millstone and cast it into the sea, saying, Thus with a mighty fall shall Babylon, the great city, be cast down, and shall be found no more at all.
21त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने “महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।
22And the voice of harpers and minstrels and flute-players and trumpeters shall be heard no more at all in thee; and no craftsman, of whatsoever craft, shall be found any more at all in thee; and the voice of a mill shall be heard no more at all in thee;
22वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरुबाट कहिल्यै मानव संगीत सुनिनेछैन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन।
23and the light of a lamp shall shine no more at all in thee; and the voice of the bridegroom and of the bride shall be heard no more at all in thee: for thy merchants were the princes of the earth; for with thy sorcery were all the nations deceived.
23तेरोमा बतीको ज्योति फेरि कहिल्यै चम्कनै छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरु संसारका महामानवहरु थिए, समस्त राष्ट्रहरु तेरो जादू-टुना मुनाले छलिएका थिए।
24And in her was found the blood of prophets and of saints, and of all that have been slain upon the earth.
24अगमवक्ताहरु अनि परमेश्वरका पवित्र मानिसहरु अनि सबै मानिसहरु जो पृथ्वीमा मारिएकाछन्, तिनीहरुको रगतको दोषी छ बेबिलोन।”