American Standard Version

Nepali

Revelation

19

1After these things I heard as it were a great voice of a great multitude in heaven, saying, Hallelujah; Salvation, and glory, and power, belong to our God:
1तब मैले स्वर्गमा धेरै मानिसहरुको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरु भन्दै थिए “हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।
2for true and righteous are his judgments; for he hath judged the great harlot, her that corrupted the earth with her fornication, and he hath avenged the blood of his servants at her hand.
2किनभने उहाँको न्याय सत्य अनि सही छ। हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो। उ नै हो जसले आफ्नो व्यभिचार द्वारा पृथ्वीलाई भ्रष्ट पारी परमेश्वरले वेश्यालाई दण्ड दिनुभयो, आफ्ना सेवकहरुको रगतको बदला लिए।”
3And a second time they say, Hallelujah. And her smoke goeth up for ever and ever.
3स्वर्गका मानिसहरुले यो पनि भने “हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”
4And the four and twenty elders and the four living creatures fell down and worshipped God that sitteth on the throne, saying, Amen; Hallelujah.
4त्यसपछि चौबीस धर्मगुरुहरु अनि चार जीवित जीवातहरु निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै “आमिन, हल्लेलूयाह!”
5And a voice came forth from the throne, saying, Give praise to our God, all ye his servants, ye that fear him, the small and the great.
5त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो “तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”
6And I heard as it were the voice of a great multitude, and as the voice of many waters, and as the voice of mighty thunders, saying, Hallelujah: for the Lord our God, the Almighty, reigneth.
6त्यसपछि मैले ठूलो भीडले गरेको आवाज जस्तै, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै यसो भन्दै गरेको सुने “हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहाशक्तिशाली हुनुहुन्छ।
7Let us rejoice and be exceeding glad, and let us give the glory unto him: for the marriage of the Lamb is come, and his wife hath made herself ready.
7हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाहको आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
8And it was given unto her that she should array herself in fine linen, bright [and] pure: for the fine linen is the righteous acts of the saints.
8बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।” उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरुको सुकर्म।
9And he saith unto me, Write, Blessed are they that are bidden to the marriage supper of the Lamb. And he saith unto me, These are true words of God.
9तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रण गरियो। तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”
10And I fell down before his feet to worship him. And he saith unto me, See thou do it not: I am a fellow-servant with thee and with thy brethren that hold the testimony of Jesus: worship God; for the testimony of Jesus is the spirit of prophecy.
10म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरु जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”
11And I saw the heaven opened; and behold, a white horse, and he that sat thereon called Faithful and True; and in righteous he doth judge and make war.
11तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।
12And his eyes [are] a flame of fire, and upon his head [are] many diadems; and he hath a name written which no one knoweth but he himself.
12तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरु छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन।
13And he [is] arrayed in a garment sprinkled with blood: and his name is called The Word of God.
13तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।
14And the armies which are in heaven followed him upon white horses, clothed in fine linen, white [and] pure.
14स्वर्गका सेनाहरु तिनलाई पछ्याइ रहेका थिए। तिनीहरु सेता घोडामा सवार थिए। तिनीहरु सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।
15And out of his mouth proceedeth a sharp sword, that with it he should smite the nations: and he shall rule them with a rod of iron: and he treadeth the winepress of the fierceness of the wrath of God, the Almighty.
15घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।
16And he hath on his garment and on his thigh a name written, KINGS OF KINGS, AND LORD OF LORDS.
16तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो
17And I saw an angel standing in the sun; and he cried with a loud voice, saying to all the birds that fly in mid heaven, Come [and] be gathered together unto the great supper of God;
17त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पक्षीहरुलाई भने, “परमेश्वरको महाभोजमा सम्मिलित हुनु एक साथ आऊ।
18that ye may eat the flesh of kings, and the flesh of captains, and the flesh of mighty men, and the flesh of horses and of them that sit thereon, and the flesh of all men, both free and bond, and small and great.
18राजाहरु, सेनाका सेनाध्यक्षहरु अनि प्रसिद्ध मानिसहरुको मासु खान एक साथ आऊ। घोडाका अनि तिनका सवारहरुका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरुको मासु खान एक साथ आऊ।”
19And I saw the beast, and the kings of the earth, and their armies, gathered together to make war against him that sat upon the horse, and against his army.
19त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।
20And the beast was taken, and with him the false prophet that wrought the signs in his sight, wherewith he deceived them that had received the mark of the beast and them that worshipped his image: they two were cast alive into the lake of fire that burneth with brimstone:
20तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्काउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए। 21तिनीहरुका सेनाहरु घोडसवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरुले पेट भरुञ्जेल ती शवहरु खाए।
21and the rest were killed with the sword of him that sat upon the horse, [even the sword] which came forth out of his mouth: and all the birds were filled with their flesh.
21[This verse may not be a part of this translation]