American Standard Version

Nepali

Zechariah

8

1And the word of Jehovah of hosts came [to me], saying,
1यो वचन सर्वशक्तिमान परमप्रभुको हो।
2Thus saith Jehovah of hosts: I am jealous for Zion with great jealousy, and I am jealous for her with great wrath.
2सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसंग क्रोधित भएँ।”
3Thus saith Jehovah: I am returned unto Zion, and will dwell in the midst of Jerusalem: and Jerusalem shall be called The city of truth; and the mountain of Jehovah of hosts, The holy mountain.
3परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”
4Thus saith Jehovah of hosts: There shall yet old men and old women dwell in the streets of Jerusalem, every man with his staff in his hand for very age.
4सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेकने लौरोको आवश्यकता पर्नेछ।
5And the streets of the city shall be full of boys and girls playing in the streets thereof.
5अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।
6Thus saith Jehovah of hosts: If it be marvellous in the eyes of the remnant of this people in those days, should it also be marvellous in mine eyes? saith Jehovah of hosts.
6सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”
7Thus saith Jehovah of hosts: Behold, I will save my people from the east country, and from the west country;
7सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु।
8and I will bring them, and they shall dwell in the midst of Jerusalem; and they shall be my people, and I will be their God, in truth and in righteousness.
8म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।
9Thus saith Jehovah of hosts: Let your hands be strong, ye that hear in these days these words from the mouth of the prophets that were in the day that the foundation of the house of Jehovah of hosts was laid, even the temple, that it might be built.
9सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुनिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मन्दिर बनाउनका निम्ति फेरि जग बसाल्नु भएको थियो।
10For before those days there was no hire for man, nor any hire for beast; neither was there any peace to him that went out or came in, because of the adversary: for I set all men every one against his neighbor.
10त्यो समय मानिसहरूसंग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन शुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ।
11But now I will not be unto the remnant of this people as in the former days, saith Jehovah of hosts.
11सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”
12For [there shall be] the seed of peace; the vine shall give its fruit, and the ground shall give its increase, and the heavens shall give their dew; and I will cause the remnant of this people to inherit all these things.
12ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।
13And it shall come to pass that, as ye were a curse among the nations, O house of Judah and house of Israel, so will I save you, and ye shall be a blessing. Fear not, [but] let your hands be strong.
13“मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इस्राएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”
14For thus saith Jehovah of hosts: As I thought to do evil unto you, when your fathers provoked me to wrath, saith Jehovah of hosts, and I repented not;
14सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
15so again have I thought in these days to do good unto Jerusalem and to the house of Judah: fear ye not.
15“तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु।
16These are the things that ye shall do: speak ye every man the truth with his neighbor; execute the judgment of truth and peace in your gates;
16यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँचो, ठिक र शान्ति ल्याउने निर्णय होस्।
17and let none of you devise evil in your hearts against his neighbor; and love no false oath: for all these are things that I hate, saith Jehovah.
17तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झुटो कसम नखाऊ। किन? किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।
18And the word of Jehovah of hosts came unto me, saying,
18मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ।
19Thus saith Jehovah of hosts: The fast of the fourth [month], and the fast of the fifth, and the fast of the seventh, and the fast of the tenth, shall be to the house of Judah joy and gladness, and cheerful feasts; therefore love truth and peace.
19सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन र्हष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”
20Thus saith Jehovah of hosts: [It shall] yet [come to pass], that there shall come peoples, and the inhabitants of many cities;
20सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।
21and the inhabitants of one [city] shall go to another, saying, Let us go speedily to entreat the favor of Jehovah, and to seek Jehovah of hosts: I will go also.
21एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्, ‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं, ‘हामीसित आऊ।”
22Yea, many peoples and strong nations shall come to seek Jehovah of hosts in Jerusalem, and to entreat the favor of Jehovah.
22धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्।
23Thus saith Jehovah of hosts: In those days [it shall come to pass], that ten men shall take hold, out of all the languages of the nations, they shall take hold of the skirt of him that is a Jew, saying, We will go with you, for we have heard that God is with you.
23सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, “हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?”‘