1The burden of the word of Jehovah upon the land of Hadrach, and Damascus [shall be] its resting-place (for the eye of man and of all the tribes of Israel is toward Jehovah);
1एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको को राजधानी दमीश्कको बिषयमा छ, “मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।
2and Hamath, also, which bordereth thereon; Tyre and Sidon, because they are very wise.
2यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्।
3And Tyre did build herself a stronghold, and heaped up silver as the dust, and fine gold as the mire of the streets.
3सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ।
4Behold, the Lord will dispossess her, and he will smite her power in the sea; and she shall be devoured with fire.
4तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।
5Ashkelon shall see it, and fear; Gaza also, and shall be sore pained; and Ekron, for her expectation shall be put to shame; and the king shall perish from Gaza, and Ashkelon shall not be inhabited.
5अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन।
6And a bastard shall dwell in Ashdod, and I will cut off the pride of the Philistines.
6अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता को हुन्? म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु।
7And I will take away his blood out of his mouth, and his abominations from between his teeth; and he also shall be a remnant for our God; and he shall be as a chieftain in Judah, and Ekron as a Jebusite.
7म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेेछु। बाँचेका कुनैपनि पलिश्तीहरू हाम्रो जतिको एक अंग बन्नेछन्। तिनीहरू यहूदाको एटा नयाँ कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै।
8And I will encamp about my house against the army, that none pass through or return; and no oppressor shall pass through them any more: for now have I seen with mine eyes.
8म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”
9Rejoice greatly, O daughter of Zion; shout, O daughter of Jerusalem: behold, thy king cometh unto thee; he is just, and having salvation; lowly, and riding upon an ass, even upon a colt the foal of an ass.
9[This verse may not be a part of this translation]
10And I will cut off the chariot from Ephraim, and the horse from Jerusalem; and the battle bow shall be cut off; and he shall speak peace unto the nations: and his dominion shall be from sea to sea, and from the River to the ends of the earth.
10राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू ध्वंश पारें अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें। मैले युद्धमा प्रयोग गरेको धनुहरू ध्वंश परें।” उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ। त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ। उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।
11As for thee also, because of the blood of thy covenant I have set free thy prisoners from the pit wherein is no water.
11यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।
12Turn you to the stronghold, ye prisoners of hope: even to-day do I declare that I will render double unto thee.
12तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू। अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले जति गुमाएकाछौ त्यसको दुईगुणा ज्यादा म तिमीहरूलाई दिनेछु।
13For I have bent Judah for me, I have filled the bow with Ephraim; and I will stir up thy sons, O Zion, against thy sons, O Greece, and will make thee as the sword of a mighty man.
13यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु। एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु। सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।
14And Jehovah shall be seen over them; and his arrow shall go forth as the lightning; and the Lord Jehovah will blow the trumpet, and will go with whirlwinds of the south.
14परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
15Jehovah of hosts will defend them; and they shall devour, and shall tread down the sling-stones; and they shall drink, and make a noise as through wine; and they shall be filled like bowls, like the corners of the altar.
15सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्। उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्, यो दाखरस जस्तै बग्नेछ। यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।
16And Jehovah their God will save them in that day as the flock of his people; for [they shall be as] the stones of a crown, lifted on high over his land.
16त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले उहाँका मानिसहरूलाई गोठालोले आफ्ना भेडाहरू बचाए झैं बचाउँनु हुनेछ। तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्। त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
17For how great is his goodness, and how great is his beauty! grain shall make the young men flourish, and new wine the virgins.
17प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।