1SI Pedro yan Juan, dumaña jumanao julo gui guimayuus para ujafanaetae, gui oran a las nuebe.
1एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो।
2Ya un taotao na coja desde y jalom y tiyan nanaña, ya machuchule, ya mapopolo cada jaane gui pettan y guimayuus, ni y mafanaan Bonita, para ufangagao limosna ni y manjajalom gui guimayuus.
2जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। उ हिंड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसंग पैसा माग्ने गर्थ्यो।
3Ya jalie si Pedro yan Juan na jumajalom gui guimayuus, ya jagagao limosna.
3त्यसदिन त्यो मानिसले पत्रुस र यूहन्नालाई मन्दिरको प्राङ्गणभित्र गइरहेको देख्यो। उसले तिनीहरूसंग पैसा माग्यो।
4Ya inataugüe as Pedro yan Juan, ya ilegñija: Atanjam.
4पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!”
5Ya güiya jaecungog sija, yan jananangga na uresibe jafa na güinaja guiya sija.
5त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो।
6Ayo nae si Pedro ilegña: Salape yan oro, tayayo; lao jafa y güinajajo junae jao. Pot y naan Jesucristo Nasareno, cajulo ya unfamocat.
6तर पत्रुसले भने, “मसंग कुनै सुन अथवा चाँदी छैन, तर मसंग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।”
7Ya jamantiene y agapa na canaeña, ya jajatsa julo; ya enseguidas y adengña yan y telang y bayoguña mumetgot.
7त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो।
8Ya güiya tumayog julo, ya tumojgue, ya jatutujon mamocat; ya jumalom yan sija gui jalom y guimayuus, mamomocat yan tumatayog, yan jaalalaba si Yuus;
8त्यो मानिस उफ्रियो र जुरूक्क खडा उभियो र हिंड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू संगै गयो। तयो हिडदै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो।
9Ya todo y taotao lumie güi na mamomocat, yan jaalalaba si Yuus;
9[This verse may not be a part of this translation]
10Ya sija matungoja na güiya ayo y matatachong, ni y umogagao limosna gui Bonita na Petta gui guimayuus: ya sija manbula ni y namanman, yan minaañao, ni ayo y jumuyong guiya güiya.
10[This verse may not be a part of this translation]
11¶ Ya y anae güiya quinequene as Pedro yan Juan, todo y taotao manmalago ya mandaña guiya sija gui coridot ni y mafanaan Salomon ya dangculo na ninamanmanñija.
11त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रहयो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।
12Ya anae si Pedro jalie ayo, jaope y taotao sija ilegña: Taotao Israel, sa jafa na ninafanmanman jamyo ni este? pat jafa na ingueguesatanjam taegüije y pot ninasiñanmameja, pat pot y dinebotonmameja na innafamocat este na taotao?
12जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यु-भाइहरू हो! तिमीहरू किन यसमा अचम्भ मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिंड्ने सामर्थ बनायौ।
13Si Yuus Abraham, yan Ysaac, yan Jacob, y Yuus y tatata ni y janamalago y Tentagoña as Jesus; ni y inentrega yan inpine gui menan Pilatos, anae jadetetmina ya japolo güe na ujanao.
13होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ।
14Lao jamyo inpine Ayo y Santos yan Tunas, yan ingagagao na infanmanae un taotao ni y pegno;
14येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाँहदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ।
15Yan inpino y prinsipen linâlâ, ni y si Yuus janacajulo guinen y manmatae; ni y jame mantestigo.
15अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवन श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।
16Ya y naanña, pot y jinenggue y naanña, janametgot este na taotao ni y liniimiyo, yan y tiningomiyo; junggan, y jinenggue, ni y pot güiya, mannae güe ni este na cabales na jinemlo gui menan miyo todos.
16येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।
17Lao pago, mañelujo, nae jutungo na pot y taya tiningomiyo na infatinas ayo, taegüije y finatinas y magalajenmiyo locue.
17“मेरा दाज्यु-भाइहरू, तिमीहरूले येशूलाई के के गरयौ, म जान्दछु। तिमीहरूले आफैले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्।
18Lao ayo na güinaja y janamatungo si Yuus antes, pot y pachot todo sija y profeta, na si Cristoña ufamadese, ya taegüije ucumple.
18परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो।
19Enaomina fanmañotsot, ya inbira talo jamyo, ya y isaomiyo ufanmafunas, para siña ufato y tiempon y refresco guinen menan Yuus;
19यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ र्फक अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।
20Ya para güiya umatago ayo Cristo, ni y esta matancho antes para jamyo; güiya si Jesus.
20त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ।
21Ni y langet nesesita uresibe asta y tiempo sija anae todo y güinaja mannanalo mauleg talo, ni y jasangan si Yuus gui pachot y santos na profetaña sija, ni jagas mangaegue desde qui matutujon y tano.
21तर येशू त्यसबेला सम्म स्वर्गमा बसेनै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैंन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो।
22Sa magajet na si Moises ilegña: Y Señot Yuus, unacajulo un profeta guiya jamyo, gui entalo mañelunmiyo, taegüine iya guajo; iya guiya nae injingog todo y güinaja ni y mansinangane jamyo.
22मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। उ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ।
23Ya umasusede na todo y ante ni y ti malago umecungog ayo na profeta, umaguefyulang gui entalo y taotao sija.
23यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।
24Magajet na todo sija y profeta desde as Samuel yan ayo sija y manatate, todos ni y manmañangan, taegüine masangan güine sija na jaane.
24शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने।
25Ya jamyo sija y famaguon y profeta sija, yan y trato ni y si Yuus jafatinas gui mañaenata, ilegña as Abraham: Ya y semiyamo nae todo y familia sija gui tano ufanbendise.
25तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’
26Iya jamyo nae finena, si Yuus, janacajulo y Tentagoña, ya jatago na infanbinendise, ya ubira cada uno guiya jamyo guinin y tinaelayenmiyo.
26परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”