Danish

Nepali

John

19

1Nu tog da Pilatus Jesus og lod ham hudstryge.
1तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए।
2Og Stridsmændene flettede en Krone af Torne og satte den på hans Hoved og kastede en Purpurkappe om ham, og de gik hen til ham og sagde:
2सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए
3"Hil være dig, du Jødernes Konge!" og de sloge ham i Ansigtet.
3सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।
4Og Pilatus gik atter ud, og han siger til dem: "Se, jeg fører ham ud til eder, for at I skulle vide, at jeg finder ingen Skyld hos ham."
4फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।”
5Da gik Jesus ud med Tornekronen og Purpurkappen på. Og han siger til dem: "Se, hvilket Menneske!"
5येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “ त्यो मान्छो यही हो।”
6Da nu Ypperstepræsterne og Svendene så ham, råbte de og sagde: "Korsfæst! korsfæst!" Pilatus siger til dem: "Tager I ham og korsfæster ham; thi jeg finder ikke Skyld hos ham."
6जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्, क्रूसमा यसलाई टाँग्नुहोस्। तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग । मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”
7Jøderne svarede ham: "Vi have en Lov, og efter denne Lov er han skyldig at dø, fordi han har gjort sig selv til Guds Søn."
7यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”
8Da Pilatus nu hørte dette Ord, blev han endnu mere bange.
8जब पिलातसले यो सुने, उनी साह्रै डराए।
9Og han gik ind igen i Borgen og siger til Jesus: "Hvorfra er du?" Men Jesus gav ham intet Svar.
9पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन।
10Pilatus siger da til ham: "Taler du ikke til mig? Ved du ikke, at jeg har Magt til at løslade dig, og at jeg har Magt til at korsfæste dig?"
10पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”
11Jesus svarede: "Du havde aldeles ingen Magt over mig, dersom den ikke var givet dig ovenfra; derfor har den, som overgav mig til dig, større Synd."
11येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उ तपाईं भन्दा महापापको दोषी हो।”
12Derefter forsøgte Pilatus at løslade ham. Men Jøderne råbte og sagde: "Dersom du løslader denne, er du ikke Kejserens Ven. Hver den, som gør sig selv til Konge, sætter sig op imod Kejseren."
12त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”
13Da Pilatus hørte disse Ord, førte han Jesus ud og satte sig på Dommersædet, på det Sted, som kaldes Stenlagt, men på Hebraisk Gabbatha;
13पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुंगाको पाटी” भनिन्छ। जसलाई हिब्रू भाषामा “गब्बाथा” भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे।
14men det var Beredelsens dag i Påsken, ved den sjette Time. Og han siger til Jøderne: "Se, eders Konge!"
14यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्या भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छ!”
15De råbte nu: "Bort, bort med ham! korsfæst ham!" Pilatus siger til dem: "Skal jeg korsfæste eders Konge?" Ypperstepræsterne svarede: "Vi have ingen Konge uden Kejseren."
15यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नू होस्।” पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाऊँछौ?” मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”
16Så overgav han ham da til dem til at korsfæstes. De toge nu Jesus;
16तब येशूलाई क्रूसमा झुणड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे। सिपाहीहरूले येशूलाई लगे।
17og han bar selv sit Kors og gik ud til det såkaldte "Hovedskalsted", som hedder på Hebraisk Golgatha,
17येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ)
18hvor de korsfæstede ham og to andre med ham, en på hver Side, men Jesus midt imellem.
18गलगथामा येशूलाई क्रूसमा टाँगे। तिनीहरूले दुइजना मानिसहरू उहाँको दुई पट्टि अनि यशूलाई बीचमा राखे।
19Men Pilatus havde også skrevet en Overskrift og sat den på Korset. Men der var skrevet:"Jesus af Nazareth, Jødernes Konge."
19पिलातसले “संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो। “नासरतको येशू, यहूदीहरूका राजा।”
20Denne Overskrift læste da mange af Jøderne; thi det Sted, hvor Jesus blev korsfæstet, var nær ved Staden; og den var skreven på Hebraisk, Latin og Græsk.
20पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नगिचमा थियो।
21Da sagde Jødernes Ypperstepræster til Pilatus: "Skriv ikke: Jødernes Konge, men: Han sagde: Jeg er Jødernes Konge."
21यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, “यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।”
22Pilatus svarede: "Hvad jeg skrev, det skrev jeg."
22पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बद्ली गरिनेछैन।
23Da nu Stridsmændene havde korsfæstet Jesus, toge de hans Klæder og gjorde fire Dele, een Del for hver Stridsmand, og ligeledes Kjortelen; men Kjortelen var usyet, vævet fra øverst helt igennem.
23क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।
24Da sagde de til hverandre: "Lader os ikke sønderskære den, men kaste Lod om den, hvis den skal være;" for at Skriften skulde opfyldes, som siger: "De delte mine Klæder imellem sig og kastede Lod om mit Klædebon." Dette gjorde da Stridsmændene.
24यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्न हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः “तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे अनि मेरो लुगामा चिट्ठा हाले।” भजनसंग्रह 22:18 सिपाहीहरूले त्यसै गरे।
25Men ved Jesu Kors stod hans Moder og hans Moders Søster, Maria, Klopas's Hustru, og Maria Magdalene.
25येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्।
26Da Jesus nu så sin Moder og den Discipel, han elskede, stå hos, siger han til sin Moder: "Kvinde! se, det er din Søn."
26येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।”
27Derefter siger han til Disciplen: "Se, det er din Moder." Og fra den time tog Disciplen hende hjem til sit.
27त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।
28Derefter, da Jesus vidste, at alting nu var fuldbragt, for at Skriften skulde opfyldes, siger han: "Jeg tørster."
28त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
29Der stod et Kar fuldt af Eddike; de satte da en Svamp fuld af Eddike på en Isopstængel og holdt den til hans Mund.
29त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पञ्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुरयाएदिए।
30Da nu Jesus havde taget Eddiken, sagde han:"Det er fuldbragt;" og han bøjede Hovedet og opgav Ånden.
30उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।
31Da det nu var Beredelsesdag, bade Jøderne Pilatus om, at Benene måtte blive knuste og Legemerne nedtagne, for at de ikke skulde blive på Korset Sabbaten over; thi denne Sabbatsdag var stor.
31यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।
32Da kom Stridsmændene og knuste Benene på den første og på den anden; som vare korsfæstede med ham.
32सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे।
33Men da de kom til Jesus og så, at han allerede var død, knuste de ikke hans Ben.
33तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।
34Men en af Stridsmændene stak ham i Siden med et Spyd, og straks flød der Blod og Vand ud.
34तर एकजना सिपाहीले भालाद्वारा उहाँको कोखामा भालाले घोच्यो। रगत र पानी बाहिर निस्कयो।
35Og den, der har set det, har vidnet det, og hans Vidnesbyrd er sandt, og han ved, at han siger sandt, for at også I skulle tro.
35ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँचो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ।
36Thi disse Ting skete, for at Skriften skulde opfyldes: "Intet Ben skal sønderbrydes derpå".
36यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”
37Og atter et andet Skriftord siger: "De skulle se hen til ham, hvem de have gennemstunget."
37अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”
38Men Josef fra Arimathæa, som var en Jesu Discipel, dog lønligt, af Frygt for Jøderne, bad derefter Pilatus om, at han måtte tage Jesu Legeme, og Pilatus tillod det. Da kom han og tog Jesu Legeme.
38त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पितालसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।
39Men også Nikodemus, som første Gang var kommen til Jesus om Natten, kom og bragte en Blanding af Myrra og Aloe, omtrent hundrede Pund.
39निकोदेमस योसेफसंग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो।
40De toge da Jesu Legeme og bandt det i Linklæder med de vellugtende Urter, som Jødernes Skik er at fly Lig til Jorde.
40यी दुइ मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगान्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाडदथे।
41Men der var på det Sted, hvor han blev korsfæstet, en Have, og i Haven en ny Grav, hvori endnu aldrig nogen var lagt.
41जुन ठाउँमा येशू क्रूसमा टाँगिए, त्यहाँ एक बगैंचा थियो। बगैंचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन।
42Der lagde de da Jesus, for Jødernes Beredelses dags Skyld, efterdi Graven var nær.
42मानिसहरूले येशूलाई त्यही नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।