Danish

Nepali

John

9

1Og da han gik forbi så han et Menneske, som var blindt fra Fødselen.
1जब येशू हिडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो।
2Og hans Disciple spurgte ham og sagde: "Rabbi, hvem har syndet, denne eller hans Forældre, så han skulde fødes blind?"
2येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?”
3Jesus svarede: "Hverken han eller hans Forældre have syndet; men det er sket, for at Guds Gerninger skulle åbenbares på ham.
3येशूले उत्तर दिनुभयो, ‘यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्।
4Jeg må gøre hans Gerninger, som sendte mig, så længe det er Dag; der kommer en Nat, da ingen kan arbejde.
4अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन।
5Medens jeg er i Verden, er jeg Verdens Lys."
5जब म संसारमा छु, म संसारको ज्योति हूँ।”
6Da han havde sagt dette, spyttede han på Jorden og gjorde Dynd af Spyttet og smurte Dyndet på hans Øjne.
6यसो भनिसकेर, येशूले भूँइमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।
7Og han sagde til ham: "Gå hen, to dig i Dammen Siloam" (hvilket er udlagt: udsendt). Da gik han bort og toede sig, og han kom seende tilbage.
7येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ ‘पठाउनु) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब उ देख्ने लायकको भयो।
8Da sagde Naboerne og de, som før vare vante til at se ham som Tigger: "Er det ikke ham, som sad og tiggede?"
8कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हेर! यो त्यही मान्छे होइन जो सधैं बसेर भिक माग्दथ्यो?”
9Nogle sagde: "Det er ham;" men andre sagde: "Nej, han ligner ham." Han selv sagde: "Det er mig."
9[This verse may not be a part of this translation]
10Da sagde de til ham: "Hvorledes bleve dine Øjne åbnede?"
10मानिसहरूले जान्न चाहन्थे, “के भयो? तिमीले कसरी दष्टि प्राप्त गर्यौ?”
11Han svarede: "En Mand, som kaldes Jesus, gjorde Dynd og smurte det på mine Øjne og sagde til mig: Gå hen til Siloam og to dig! Da jeg så gik hen og toede mig, blev jeg seende."
11त्यस मानिसले जवाफ दिए, “त्यो मानिस जसलाई येशू भन्दछौ उहाँले धुलोबाट हिलो बनाउनु भयो। उहाँले त्यो मेरो आँखामा राखिदिनु भयो। तब उहाँले मलाई भन्नुभयो, “सिलोआममा जाऊ र पखाल। तब म सिलोआममा गँए र पखालें। अनि तब मैले देख्ने थालें।
12Da sagde de til ham: "Hvor er han?" Han siger: "Det ved jeg ikke."
12मानिसहरूले त्यस मानिसलाई सोधे, “त्यो मान्छे कहाँ छ?” त्यस मानिसले भन्यो, “मलाई थाहा छैन।”
13De føre ham, som før var blind, til Farisæerne.
13त्यसपछि मानिसहरूले त्यस मान्छेलाई फरिसीहरूकहाँ ल्याए। यो त्यही मानिस थियो जो पहिला अन्धो थियो।
14Men det var Sabbat den Dag, da Jesus gjorde Dyndet og åbnede hans Øjne.
14येशूले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येशूले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो।
15Atter spurgte nu også Farisæerne ham, hvorledes han var bleven seende. Men han sagde til dem: "Han lagde Dynd på mine Øjne, og jeg toede mig, og nu ser jeg."
15फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, “कसरी तिमीले तिम्रो दृष्टि पायौ?” त्यस मानिसले उत्तर दियो, “उहाँले धूलोको हिलो मेरो आँखामा राखिदिनु भयो। मैले मेरो आँखा पखालें र अब मैले देख्नु सकें।”
16Nogle af Farisæerne sagde da: "Dette Menneske er ikke fra Gud, efterdi han ikke holder Sabbaten." Andre sagde: "Hvorledes kan et syndigt Menneske gøre sådanne Tegn?" Og der var Splid imellem dem.
16कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।” अन्य मानिसहरूले भने, “तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्तैन।” ती यहूदीहरू आपसमा सहमत हुन सकेनन्।
17de sige da atter til den blinde: "Hvad siger du om ham, efterdi han åbnede dine Øjne?" Men han sagde: "Han er en Profet."
17यहूदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्यो अनि तिमीले देख्न सक्यौ। तिमी उसको बारेमा के भन्छौ?” त्यस मानिसले उत्तर दिए, “उहाँ एउटा अगमवक्ता हुनुहुन्छ।”
18Så troede Jøderne ikke om ham, at han havde været blind og var bleven seende, førend de fik kaldt på Forældrene til ham, som havde fået sit Syn.
18यहूदीहरूले त्यस मानिस त्यसरी निको भएको घटनामा विश्वास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्वासै गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए।
19Og de spurgte dem og sagde: "Er denne eders Søn, om hvem I sige, at han var født blind? Hvorledes er han da nu seende?"
19अनि यहूदीहरूले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्यो?”
20Hans Forældre svarede dem og sagde; "Vi vide, at denne er vor Søn, og at han, var født blind.
20त्यसको आमा-बाबुले उत्तर दिए, “हामी जान्दछौ यो मेरो छोरो हो। अनि हामी जान्दछौ यो जन्मन्दै अन्धो थियो।
21Men hvorledes han nu er bleven seende, vide vi ikke, og hvem der har åbnet hans Øjne, vide vi ikke heller; spørger ham; han er gammel nok; han må selv tale for sig."
21तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैले दिने छ।”
22Dette sagde hans Forældre, fordi de frygtede for Jøderne; thi Jøderne vare allerede komne overens om, at dersom nogen bekendte ham som Kristus, skulde han udelukkes af Synagogen.
22उनको आमा - बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि जजसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्।
23Derfor sagde hans Forældre: "Han er gammel nok, spørger ham selv!"
23यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोघ्नु होस्।”
24Da hidkaldte de anden Gang Manden, som havde været blind, og sagde til ham: "Giv Gud Æren; vi vide, at dette Menneske er en Synder."
24तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।”
25Da svarede han: "Om han er en Synder, ved jeg ikke; een Ting ved jeg, at jeg, som var blind, nu ser."
25त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।”
26De sagde da til ham igen: "Hvad gjorde han ved dig? Hvorledes åbnede han dine Øjne?"
26यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पारयो?”
27Han svarede dem: "Jeg har allerede sagt eder det, og I hørte ikke efter. Hvorfor ville I høre det igen? Ville også I blive hans Disciple?"
27त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”
28Da udskældte de ham og sagde: "Du er hans Discipel; men vi ere Mose Disciple.
28यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अपशब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं।
29Vi vide, at Gud har talt til Moses; men om denne vide vi ikke. hvorfra han er."
29हामी जान्दछौं कि परमेश्वर मोशासंग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”
30Manden svarede og sagde til dem: "Det er dog underligt, at I ikke vide, hvorfra han er, og han har åbnet mine Øjne.
30त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्भको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो।
31Vi vide, at Syndere bønhører Gud ikke; men dersom nogen er gudfrygtig og gør hans Villie, ham hører han.
31हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ।
32Aldrig er det hørt, at nogen har åbnet Øjnene på en blindfødt.
32यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो।
33Var denne ikke fra Gud, da kunde han intet gøre."
33त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएनन्।”
34De svarede og sagde til ham: "Du er hel og holden født i Synder, og du vil lære os?" Og de stødte ham ud.
34यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए।
35Jesus hørte, at de havde udstødt ham; og da han traf ham sagde han til ham: "Tror du på Guds Søn?"
35यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”
36Han svarede og sagde: "Hvem er han, Herre? for at jeg kan tro på ham."
36त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।”
37Jesus sagde til ham: "Både har du set ham, og den, som taler med dig, ham er det."
37येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसंग अहिले बोलिरहेकोछ।”
38Men han sagde: "Jeg tror Herre!" og han kastede sig ned for ham.
38त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो।
39Og Jesus sagde: "Til Dom er jeg kommen til denne Verden, for at de, som ikke se, skulle blive seende, og de, som se, skulle blive blinde."
39येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”
40Nogle af Farisæerne, som vare hos. ham, hørte dette, og de sagde til ham: "Mon også vi ere blinde?"
40कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”
41Jesus sagde til dem: "Vare I blinde, da havde I ikke Synd; men nu sige I: Vi se; eders Synd forbliver."
41येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”